स्थलगत : बडीखेलमा नाङ्लो पर्म

नाङ्लो बुन्ने पुख्र्यौली पेसा धान्दै आएका धने पहरी छिमेकमा ‘पर्म’का लागि भेटिए ।

‘मेरो घर हैन, पर्ममा आएको,’ बिहानैदेखि फटाफट नाङ्लो बुन्न सघाइरहेका धनेले सुनाए, ‘हाम्रो यहा“ यस्तै चलन छ ।’
खेतीपातीमा ‘पर्म’ जाने परम्परा छ । बडीखेल पस्मा गाउ“मा भने ‘नाङ्लो पर्म’ रहेछ । ‘खेतीपातीमा पर्म जाने गरिन्छ,’ ४० वर्षीय धने भन्छन्, ‘गाउ“मा एकले अर्कालाई सघाउने चलन हुन्छ । नाङ्लो बुन्नमा पनि हामी एकअर्काको घरमा जाने गरेका छौं ।’

‘बजारमा प्लास्टिकका नाङ्ला छ्यापछ्याप्ती छन्, त्यसले असर पारेको छैन ?’

प्रश्न खस्दैगर्दा वरिपरि हेर्दै धने खिसिक्क हाँसे । त्यसपछि थपे, ‘केही फरक पारेको छैन, बाँसको नाङ्लोजस्तो अरु हुनै सक्दैन । खोज्दैखोज्दै यही“ दैलोमै किन्न आइपुग्छन् ।’

गाउँले रविना पहरीको घरमा ‘पर्म’ आएका धनेका अनुसार नाङ्लो बुन्न ‘तामा बा“स’ प्रयोग हुन्छ । ‘एउटा बाँसबाट झन्डै पन्ध्र वटासम्म नाङ्लो तयार हुन्छ,’ उनले राजधानीसँग भने, ‘यो गाउ“मा चार वटा घरमा मात्रै नाङ्लो बनाउने गरिन्छ ।’
चाडपर्वका बेला ‘नाङ्लो पर्म’ अझ बढी चल्छ । ‘त्यो बेला त झन् भ्याइनभ्याई हुन्छ,’ पस्मामा विवाह गरी आएपछि नाङ्लो बुन्न सिकेकी ३० वर्षीया रविना पहरी भन्छिन्, ‘चाडबाडमा डालो–नाङ्लोगरी दिनको ४० वटासम्म बुनेर पर्म गरिन्छ ।’

प्रतिनाङ्लो बजार मूल्य पा“च सयसम्म पर्छ । तर, दैलोमै लिन आउनेले तीनदेखि चार सयसम्म तिनुपर्छ । ‘बजारमा लगेर तीन सयमै पनि दिन्छौं,’ धने भन्छन्, ‘हामीले लगेर दिने हो पसलेले आफ्नै भाउमा बेच्ने गर्छन् ।’



गोदावरी नगरपालिकाअन्तर्गत बडीखेलमा कच्चा पदार्थ तामा बा“सको समस्या छ । बा“सका सामग्री बुन्ने मुख्य थलोमै कच्चा पदार्थ प्रशस्त नपाइने स्थानीय गुनासो छ । नाङ्लो–डालो बुन्न तामा र ¥याक तथा कुर्सीका लागि बेत–निगालो बा“स आवश्यक पर्छ ।

‘बाँस पाउनै समस्या छ, यी बा“स पनि तराईबाट ल्याउनुपर्छ,’ धने समस्या विस्तार लगाउ“छन्, ‘प्रशस्त बा“स नहु“दा बजारको मागअनुसार काम गर्न सकिरहेका छैनौं ।’

बडीखेल हरामूलकी मनीषा पहरी बाँसको चोयाबाट बुनेको नाङ्लोबाटै सिंगो परिवार आश्रित रहेको बताउ“छिन् । ‘वडाले पनि सहयोग गर्ने गरिरहेको छ,’ ३० वर्षीया मनीषा भन्छिन्, ‘हामी पनि सक्दो लागिपरेका छौं ।’



त्यसो त, गोदावरी नगरपालिकाले आवश्यक प्रशिक्षणस“गै बजार प्रबद्र्धनसमेत सहयोग गरिरहेको जनाएको छ । बडीखेल–४ वडाध्यक्ष मुकुन्द पहरीका अनुसार पहरी जातिको पुख्र्यौली पेसा जोगाउन व्यवसायीकरण आवश्यक देखिएको छ ।

‘बाँसबाट विभिन्न सामान बनाउनु पहरीहरूको पुख्र्यौली पेसा हो,’ वडाध्यक्ष पहरी भन्छन्, ‘यो सीप अझ माथि उकास्न प्रशिक्षणका साथै व्यवसायीकरणका लागि प्रयास गर्दैछौं ।’

कुनै बेलाको पुरानो बस्ती ‘कोड्कु’ अहिले बडीखेलको रूपमा प्रसिद्ध छ । सात सय घरधुरी रहेको बडीखेलमा ७० भन्दा बढी प्रतिशत बाँसकै काममा आश्रित छन् । यही सीप प्रवद्र्धनका लागि प्रदेश सरकारले समेत २५ लाख बजेत बिनियोजन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 731 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा नयाँ समीकरणः उपमेयरमा एमालेकी गुरुङको अग्रता बढ्यो