काँग्रेस पनि कता कता अल्मलिएकाे छ : डा कोईराला

 काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार के गर्दैछ भन्ने कसैले भन्ने अवस्था नरएको बताएका छन् । बिश्वब्यापी कोरोना माहामारीका कारण त्रासमा भएका जनतामा कोरोना परीक्षण दर बढाउनुपर्ने भएपनि त्यसमा सरकार बेखबर भएको उनले बताए ।  आफूलाई पनि सरकार छ कि छैन भन्ने’bout भ्रम भईरहेको उनको जिकिर छ ।

उनले नेपाली काँग्रेस र पार्टीका भातृसंस्था नेविसंघ, तरुण दल, महिला संघलगायत सबै भातृ तथा शुभेच्छुकले भ्रष्टचारमा रुमलिएको, पदलोलुपका लागि आन्तरिक झगडामा ब्यस्त भएको सरकारको भर नपरी आफैं कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारको प्रयासमा रहनुपर्ने जिकिर गरेका छन् ।

डा कोईरालाले सामाजिक दुरी भन्दा भौतिक दुरी कायम गर्नुपर्ने बताउँदै सुनसरी सभापति राजीव कोईराला र सचिव केदार भण्डारीलाई पनि कोरोना लागेर निको भएको दृष्टान्त दिएका छन् । कसलाई छ वा कसलाई कोरोना छैन भन्दा पनि कोरोनाबाट कसरी बच्ने भन्ने कुरा महत्वपूर्ण भएको बताए ।

डा कोईरालाले मुलुकको राजनीति अत्यन्तै तरल अवस्थामा गएको जिकिर गर्दै दुईतिहाईको सरकार पनि छ कि छैन भन्ने अवस्थामा लागेको टिप्पणी गरेका छन् । उनले नेपाली काँग्रेसको अधिवेशन सकेसम्म फागुनमा र सकिएन भने चैत बैसाख सम्म अधिवेशन जसरी पनि सम्पन्न नगरे काँग्रेसको भविश्य समाप्त हुनसक्ने बताएका छन् ।

उनले सरकार बेखबर र जनताप्रति उत्तरदायी हुननसकेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि सरकारका गलत कृयाकलापबिरुद्ध रचनात्मक बिरोधमा उत्रन नसकेको भन्दै नेतृत्वको घुमाउरो पारामा आलोचनासमेत गरेका छन् । उनले अधिवेशन समयमा गर्नुपर्ने भएपनि काँग्रेस कता कता अल्मलिएको देखेको बिश्लेशण गरेका छन् । सम्पर्क समितिले अधिवेशन समयमा गराउन काँग्रेस नेतृत्वलाई दबाब दिन आग्रह गर्दै जिल्लामा कृयाशील सदस्यताको बिषयमा चनाखो भएर लाग्न निर्देशनसमेत दिए । उनले काँग्रेसमा अधिवेशनका बेलामात्र चलायमान हुने परम्परालाई हटाउँदै १२ महिला र ३६५ दिन नै चलायमान हुँदामात्र काँग्रेस बलियो हुने बताए । उनले समाबेशीता र मेरिटोक्रेशीलाई कसरी लाने भन्नेमा काँग्रेसले बहस गर्नुपर्ने विचार ब्यक्त गरेका छन् ।

डा कोईरालाले नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिको रक्तदाल कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै नेपाली काँग्रेसले आफ्नो पार्टीका आधारभूत सिद्धान्तमा कुनै पनि हालतमा कम्परमाईज नगर्ने जिकिर गरेका छन् । उनले संघीयता धरापमा पर्न थालेको बताउँदै प्रधानमन्त्री ओलीले नै संघीयता धरापमा पर्ने कार्यको नेतृत्व गरेको हो कि भन्ने देखिन थालेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको निर्णय : एकीकृत समाजवादी माओवादीकाे बराबर हैषियत !