Friday, January 15, 2021
Home भर्खरै नेकपामा दुई लाइन संघर्षको बीजारोपण

नेकपामा दुई लाइन संघर्षको बीजारोपण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ण्का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि पार्टीभित्र स्पष्ट रूपमा दुई लाइनको संघर्ष सुरु भएको छ ।

२८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसपछि प्रत्युत्तर दिँदै शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्को राजनीतिक प्र्रस्ताव पेस गरेका छन् । अध्यक्ष ओली र दाहालले पेस गरेको प्रस्तावमा एकले अर्कोमाथि गम्भीर आरोप लगाएका छन् । दुई अध्यक्षले एक आपसमा गम्भीर दोषारोपण गर्दै छुट्टाछुट्टै प्रस्ताव पेस गरेपछि पार्टीमा दुई लाइन संघर्षको बीजारोपण भएको हो ।

स्थायी कमिटीका निर्णय कार्यान्वयन, मन्त्रीपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, पर्सामा पार्टी कार्यकर्ताको हत्या, कर्णाली प्रदेश विवादलगायतका विषयबाट सुरु भएको विवाद उत्कर्षमा पुग्दै अहिले आएर लिखित रूपमै आरोप–प्रत्यारोप सुरु भएपछि पार्टी नै विभाजन नजिक पुगेको विश्लेषण नेताहरूले समेत गर्न थालेका छन् ।

कमरेड प्रचण्डले एकतर्फी ढंगले प्रस्ताव प्रस्तुत गरेपछि अहिलेको संकट उत्पन्न भएको हो । २६ भदौको स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्नु नै विवाद समाधानको उत्तम विकल्प हो ।
– प्रदीपकुमार ज्ञवाली, स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री

नेकपा स्थायी कमिटीका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत २६ भदौमा स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन नै विवाद समाधानको सबैभन्दा उत्तम विकल्प भएको बताएका छन् । दुवै अध्यक्षले साझा प्रस्ताव ल्याएको भए राम्रो हुने बताउँदै अहिले पनि दुवै प्रस्तावका राम्रा पक्षलाई समेटेर साझा प्रस्ताव तयार गरे पार्टीको हितमा राम्रो हुने उनले बताए ।

‘कमरेड प्रचण्डले एकतर्फी ढंगले प्रस्ताव प्रस्तुत गरेपछि अहिलेको संकट उत्पन्न भएको हो,’ ज्ञवालीले भने, ‘२६ भदौको स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्नु नै विवाद समाधानको उत्तम विकल्प हो ।’

नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अध्यक्षद्वय ओली र दाहालले आरोप–प्रत्यारोपमा लागेर पार्टी नै फुटाउने दिशामा अग्रसर रहेको बताए । शीर्ष नेताहरूको व्यवहारले पार्टी गम्भीर संकटमा पुगेको उनले बताए ।

‘आरोप प्रत्यारोप मात्रै छन् । आफूतिर कोही पनि फर्किएका छैनन् । दुवै अध्यक्षले आफूतिर फर्किएर समीक्षा गर्नुप¥यो । एकले अर्कोलाई आरोप लगाएर मात्र समस्या समाधान हुँदैन,’ गजुरेलले भने, ‘वैचारिक राजनीतिक बहस भएको भए त्यसले नेताहरूको स्तर पनि बढाउँथ्यो ।’

स्थायी कमिटी सदस्य पम्फा भुसालले पार्टी एकता अहिले गम्भीर मोडमा पुगेको बताएकी छन् । प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदन पार्टीको समस्या समाधान गर्ने गरी आउने अपेक्षा गरे पनि त्यस्तो नपाएको उनले बताइन् । अध्यक्षद्वयले आत्मसमीक्षा गरेर अगाडि बढे मात्रै पार्टी एकताको रक्षा हुन सक्ने उनले बताइन् ।

आरोप प्रत्यारोप मात्रै छन् । आफूतिर कोही पनि फर्किएका छैनन् । दुवै अध्यक्षले आफूतिर फर्किएर समीक्षा गर्नुप-यो । वैचारिक राजनीतिक बहस भएको भए त्यसले नेताहरूको स्तर पनि बढाउँथ्यो ।
– हरिबोल गजुरेल, स्थायी कमिटी सदस्य

नेकपा स्थायी कमिटीका सदस्य बेदुराम भुसालले पार्टीभित्र आरोप–प्रत्यारोपको शृंखला जारी रहेकाले सहमतिको सम्भावना कम रहेको बताए । अब पार्टी बैठकमा छलफल गरेर निर्णय गरी अगाडि बढ्नुको विकल्प पनि नरहेको उनले बताए ।

यो पनि पढ्नुहोस   सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

‘२६ भदौको निर्णय कार्यान्वयनमा फर्कियौं त प्रधानमन्त्रीले भन्नुभएको छ । तर, निर्णय कार्यान्वयनमा मेरो पनि गल्ती–कमजोरी रहयो भन्ने स्वीकार गर्नुभएन,’ भुसालले भने, ‘कमजोरी स्विकार्ने एक–दुई शब्दसमेत छैन । यदि आफ्नातर्फका कमजोरी पनि स्वीकार गरेको भए उहाँले भनेजस्तो विकल्पमा जाने स्पेस बाँकी हुन्थ्यो ।’

दुवै अध्यक्षको प्रस्तावपछि अझै आरोप–प्रत्यारोपको शृंखला जारी नै रहने भएकाले सहमतिको सम्भावना नभएको उनले बताए । पार्टी बैठकमै छलफल गरेर टुंगो लगाउनुको विकल्प नभएको उनले बताए ।

छलफलका क्रममा कमिटीले दुवै अध्यक्षको प्रतिवेदन ठीक नभएको र अर्को बनाउने भनेर कुनै नेताको नेतृत्वमा टिमलाई जिम्मा दिएर तेस्रो विकल्प रोज्ने कुराचाहिँ हुन सक्ने उनले बताए । तर त्यो टिममा दुई अध्यक्षले राखेको नेता मात्रै मान्य नहुने बताउँदै उनले दुवैतिरका कमी कमजोरी औल्याउने नेताहरूसमेत आवश्यक पर्ने बताए ।

अध्यक्षद्वयले आत्मसमीक्षा गरेर अगाडि बढे मात्रै पार्टी एकताको रक्षा हुन सक्छ
पम्फा भुसाल, स्थायी कमिटी सदस्य

सचिवालय बैठकमा दुवै अध्यक्षले आरोप–प्रत्यारोपसहितको प्रस्ताव पेस गरिसकेपछि थप छलफलका लागि अर्को बैठक १६ मंसिरमा बस्ने नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

विवाद समाधानका लागि बाटो खुल्यो : वामदेव

नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्रको विवाद समाधानका लागि बाटो खुलेको बताएका छन् ।
पार्टी बाहिर छरिएर रहेका विचार पार्टीमा भित्रिएका र बैठकमा छलफल गरी त्यसलाई समाधान गर्न सकिनेमा गौतमले जोड दिएका हुन् ।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिँदै बुझाएको प्रस्तावको प्रत्युत्तर पेस गरेका थिए । त्यसैको प्रतिक्रिया जनाउँदै गौतमले बैठकका माध्यमबाट छलफल हुने र त्यसैबाट समस्या समाधान हुनेमा जोड दिएका हुन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै गौतमले भनेका छन्, ‘पार्टी बाहिर छरिएका हाम्रा विचार आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौं । किनकि पार्टीको जीवन कमिटीका बैठकमा हुन्छ र बैठकको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठकका लागि छलफल सुरु गर्नासाथ पार्टीको पुनर्जीवन सुरु भइहाल्छ ।’

त्यस्तै पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीका एक जना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्नेमा जोड दिएका छन् । तर महासचिवले त्यसको व्यवस्थापनमा ध्यान पु¥याउन नसकेको आरोप नेता गौतमको रहेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पु-याउन नसक्नेलाई के भन्नु ? यति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।’

(Visited 268 times, 1 visits today)
Loading comments...

आजको समाचार

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

विद्युतीय सवारी साधनमा सरकार नै बाधक

काठमाडौं । विद्युतीय सवारी साधन प्रयोग वृद्धिसहित न्यून इनधन, वातावरण स्वच्छ र घाटा कम गर्न सहयोग पु¥याउने काममा सरकार स्वयं बाधक देखिएको छ ।...

चिसो आङमा जब न्यानो पर्याे…

महादेवटार, भीमफेदी (मकवानपुर) । सुकराम तामाङ कक्षा ४ मा पढ्छन् । आज अलि बढी नै दंग देखिएका उनले चित्र बनाएबापत पुरस्कारमा ‘चकलेट’ पाएका छन्...

मार्नुसको सतक, भारतविरुद्ध अस्ट्रेलिया बलियो स्थितिमा

बिसवन । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदा ५ विकेटको नोक्सानमा २७४ रन बनायो । अस्ट्रेलियाका लागि मार्नुस लबुसचेनीले सतकीय पारी खेले...

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

काठमाडौं । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका...

साताका लोकप्रिय समाचार

स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन सकस बन्दै

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन गर्ने कार्यक्रम अघि सारे पनि कार्यान्वयनमा सकस देखिएको छ । सरकारको नीति तथा कार्यक्रम २०७७-७८ मा...

न्याय सम्पादनमा अवरोध नहोस्

प्रतिनिधिसभा विघटन भएलगत्तै यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्चले संविधानले व्यवस्था गरेअनुसार नै संवैधानिक इजलास खडा गरी यसमा सुनुवाइ जारी...

ओलम्पिक कमिटीका अध्यक्षलाई पितृशोक

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित...

नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा पुनः ज्योत्सना

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा पुनः ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । शनिबार राजधानीमा सम्पन्न संघको १६औं वार्षिक साधारण सभा तथा...

एक साताको फरकमा आगलागि हुन थालेपछि लोखरममा त्रास

सप्तरी, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ स्थित लोखरम टोलमा एक÷एक साताको फरकमा आगलागि हुँदै आएको छ । पछिल्लो पटक शुक्रबार मध्य राती स्थानिय...

ट्रेन्डिङ

नेपाल आउने अब सबै जना क्वारेन्टाइनमा

काठमाडौं । गृह मन्त्रालयले विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्न निर्देशन दिएको छ । आइतबार गृह मन्त्रालयले विदेशबाट नेपाल प्रवेश गर्ने...

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना पुष्टि

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६४ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार धनुषा जिल्लामा २१ जना, सर्लाही...

लाजियो हार्दा युभेन्टसलाई फाइदा

रोम । इटालियन सिरी ‘ए’अन्तर्गत बुधबारको खेलमा दोस्रो स्थानको लाजियो एटलान्टासँग पराजित हुँदा शीर्षस्थानको युभेन्टसलाई फाइदा पुगेको छ । २–० को अग्रतालाई जोगाउन नसक्दा...

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली । कर्णालीमा आज प्रदेश स्थापना तथा शहीद दिवस मनाइँदैछ । यस अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका...

मन्त्रिपरिषद पुनर्गठन हुने, नयाँ मन्त्री छान्ने जिम्मा ओली प्रचण्डलाई

काठमाडौं । पार्टी कार्यालय पेरिस डाँडामा आइतबार बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयले प्रवेश पाएको छ । पार्टी एकताको बाँकी काम टुंग्याउने सन्दर्भमा बसेको...

कैलालीमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, एक जना घाइते

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–८ उदासीमा आज माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो खन्ने क्रममा माथिबाट खसेको...

दीपिका र रणवीर पनि उत्रिए सहयोगमा

मुम्बई । बलिउडमा यतिबेला स्टार कलाकारहरू मन खोलेर सरकारलाई कोरोनाविरुद्धको संक्रमणमा आर्थिक सहयोग गरिरहेका छन् । आर्थिक सहयोगसँगै सलमान खान, शाहरुख...

रोनाल्डो पहिलो अर्बपति फुटबलर

लन्डन । पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो फुटबलबाट १ बिलियन कमाइ गर्ने पहिलो फुटबल खेलाडी बनेका छन् । बेलायती पत्रिका फोब्सले...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

भर्खरै

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

इतिहासकै ठूलो आइपीओमा पहिलो दिनमै पर्यो ३ करोड ७० लाख कित्ता आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एक्ड क्लियरिङ...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

धेरै पढिएका

राउटेको माघि : केटाकेटीलाई भूत प्रेत नलागोस् भन्दै चल्लाको बली

दैलेख । राउटे समुदायले माघे संक्रान्तिलाई महत्वका साथ मनाउने गरेका छन् । दक्षिण एशियाको एकमात्र घुमेन्त जाति राउटे समुदायले गैरराउटे झै चाडपर्व नमनाए पनि...

पृथ्वीनारायणको दिव्योपदेशलाई सहमतिको आधार बनाऔं !

आज पुस २७ गते । पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती र राष्ट्रिय एकता दिवस हो । नेपालको इतिहासलाई मान्ने हो भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको त्याग,...

नेकपाका दुवै अध्यक्षलाई फेरि निर्वाचन आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पठाएको पत्र नमिलेको भन्दै दुवै अध्यक्षलाई पुनः सात दिनभित्र पत्र...

एमसीसीबारे टुंगो नलगाउदा दैनिक अरबौंको विजुली खेर जान्छ : टोपबहादुर रायमाझी

काठमाडौं । उर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसीलाई खारेज गर्ने कि लागू गर्ने तत्काल निर्णय लिएर बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्बल नेपालको साक्षात्कारमा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)