Tuesday, January 26, 2021
Home Breaking News सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्न चीन प्रतिबद्ध

सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्न चीन प्रतिबद्ध

चीनका रक्षामन्त्रीको नेपाल भ्रमण

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । ८ घण्टे नेपाल भ्रमणमा आएका उनले विगतमा नेपालको राष्ट्र प्रमुखसँग चीनले गरेको द्विपक्षीय समझदारी कार्यान्वयनका लागि नेपाल भ्रमणमा आएको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त मन्तव्य दिँदै उनले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताए ।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो,’ उनले भने । २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौं आएका उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका थिए । भेटका क्रममा झन्डै एक वर्षदेखि रोकिएका तालिम तथा शिक्षार्थ आदान प्रदानका कार्यहरू फेरि सुरु गर्ने विषयमा छलफल गरेका छन् ।

भारतीय सुरक्षा निकाय र प्रशासनका प्रमुखको नेपाल भ्रमण बाक्लिएपछि चीनले नेपाल भ्रमणमा चासो देखाएको हो

सैनिक मुख्यालयमा भएको भेटवार्तामा कोरोना भाइरस (कोभिड—१९)का कारण रोकिएको सहयोग, सहकार्य र अभ्यासहरूलाई निरन्तरता दिने विषयमा सहमति भएको छ । दुई देशको सैनिकबीच हुने संयुक्त सैन्य अभ्यासको विषयमा भने मिति खुलाइएको छैन ।

त्यस्तै चिनियाँ रक्षामन्त्री वेइले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटमा विगतमा भएको दुई देशबीचको द्विपक्षीय समझदारीको विषयमा छलफल भएको थियो ।

सन् २०१६ मा आफू चीन भ्रमणको क्रममा भएको व्यापार र पारवहन सम्झौता र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौताको विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यस्तै गत वर्ष नेपाल र चीनबीच द्विपक्षीय २० वटा समझदारीमा हस्ताक्षर भएको विषय कार्यान्वयनमा जोड दिइएको छ ।

त्यतिबेला चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । गत वर्षको अक्टुबरमा भएको सम्झौतामा दुई देशबीच भएको सहमतिअनुसार अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीका लागि संयन्त्र निर्माण गरिने उल्लेख छ ।

यो पनि पढ्नुहोस   ‘गल्ती सच्याएर आउनुस्’

त्यस्तै, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने र औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने सहमति भएको छ । यसबाहेक स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा मिलेर काम गर्ने पनि सहमति भएको थियो । त्यस्तै, काठमाडौं महानगरपालिका र नान्सी सहर तथा बुटवल उपमहानगरपालिका र सियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको थियो ।

नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवद्र्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुक्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जा, रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडांै सडक स्तरोन्नति, मदन भण्डारी विश्व विद्यालयलगायतका क्षेत्रमा काम गर्ने सहमति भएको थियो । सो समझदारी कार्यान्वयन गर्ने दिशामा चीन प्रतिबद्ध रहेको चिनियाँ रक्षामन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा स्पष्ट पारेका छन् ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले गत वर्ष अक्टोबरमा दुई दिने नेपाल भ्रमण गरेपछि चीनबाट नेपालतर्फ उच्चस्तरको भ्रमण भएको थिएन । चीनबाट विरलै मात्रामा हुने उच्च तहका नेताको भ्रमण चिनियाँ राष्ट्रपति सी को भ्रमणपछि दोस्रो हो ।

भारतको चीनसँगको सीमा विवादकै कारण चिसोपना भइरहेको बेला नेपालमा चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई भारतले विशेष चासोका साथ हेरेको छ । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण आकस्मिक रूपमा तय भएको हो । भारतीय सुरक्षा निकाय र प्रशासनका प्रमुखको नेपाल भ्रमण बाक्लिएपछि चीनले नेपाल भ्रमणमा चासो देखाएको हो ।

पछिल्लो समय भारत–अमेरिकाको गठबन्धनसँगै चीनले नेपाललगायत अन्य मुलुकमा आफ्नो उपस्थिती बलियो बनाउने रणनीतिका साथ अगाडि बढेको हो । चीनले भारतसँग सीमा जोडिएको र प्रभाव रहेको मुलुकमा नयाँ रणनीति बनाएर भ्रमण गरेको हो ।

खासगरी पछिल्लो समय भारत र चीनबीच रहेको लद्दाकको सीमा विवादका कारण दुई देशबीच चिसोपना आइरहेको छ । लद्दाकको सीमा विवादकै कारण गत १५ जुनमा चिनियाँ सैनिकको आक्रमणबाट भारतीय २० सैनिक मारिएका थिए । त्यसपछि दुई देशबीच आएको चिसोपना मत्थर भइसकेको छैन । यस्तो अवस्थामा चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई भारतले विशेष चासोका साथ हेरेको छ ।

(Visited 100 times, 1 visits today)
Loading comments...

आजको समाचार

भारतको ७१औं गणतन्त्र दिवसको सार्थकता

स्वतन्त्रता संग्रामको गर्भबाट भारतीय गणतन्त्रको स्थापना हुन सकेको हो । त्यसर्थ, प्रस्तुत आलेखमा भारतीय स्वतन्त्रता संग्रामको बारेमा चर्चा गरिएको छ । साथै, भारतको प्रजातन्त्रितक...

सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन गर्ने

लमजुङ । लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले अबको आठ महिनाभित्रै परीक्षण उत्पादन गर्ने भएको छ । आयोजनाले २०७८ साल असोज महिनाभित्रै विद्युत्को परीक्षण...

‘गल्ती सच्याएर आउनुस्’

देउखुरी । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला...

पूर्वभीआईपीका सुरक्षा कटौती जायज

सरकारले पूर्वप्रधानमन्त्री, गृहमन्त्री तथा उच्च पदस्थहरूले आफ्नो व्यक्तिगत सु्रक्षाका लागि प्रयोग गरिरहेका सुरक्षाकर्मीको संख्या कटौती गर्ने गृहकार्य अघि बढाएको छ । यसअघि पनि सुरक्षाकर्मी...

प्रधानमन्त्री ओलीले पढ्ने संविधान फरक छ र ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि नवौं दिनको बहस नसकिएपछि मंगलबारका लागि ‘हेर्दाहेर्दै’ राखिएको छ । सोमबार भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा र...

साताका लोकप्रिय समाचार

१७ नेपालीको शव लिन नेपाली जहाज मलेशिया उड्ने

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ...

नक्कली पिसिआर रिपोर्ट देखाएर दुबई जान खोज्ने पक्राउ

काठमाडौं । नक्कली पिसिआर रिपार्ट बनाएर दुबई जान खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक...

पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको सुरक्षा कटौती गरिँदै

काठमाडाैं ।  सरकारले पूर्वप्रधानमन्त्री, गृहमन्त्री तथा उच्च पदस्थले ठूलो संख्यामा सुरक्षाकर्मी राखेर दुरुपयोग गरेको पाइएपछि ठूलो संख्यामा सुरक्षाकर्मी कटौती गर्ने गृहकार्य अघि बढाएको छ...

एक नवीन क्रान्तिको खाँचो !

हालको राजनीतिक आन्दोलन एक जना प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्री बनाउने उद्देश्यमा केन्द्रित देखिन्छ । न्यायसम्मत बहस अदालतको हातमा छ, मात्रै यसभित्रको एउटा भाष्यले पिरोल्छ...

‘गल्ती सच्याएर आउनुस्’

देउखुरी । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला...

ट्रेन्डिङ

अरिंगालले लियो रमिलाको ज्यान

सप्तरी । अरिंगालले टोकेर गम्भीर घाइते भएकी सप्तरीका एक महिलाको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका १ बस्ने राजेश भन्ने...

नमुना विद्यालय : जहाँ स्कुले विद्यार्थीले पढाइसंगै भात पकाउन सिक्छन्

 
यो पनि पढ्नुहोस   कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
सिन्धुपाल्चोक । गाउँपालिका भरीका माध्यमिक शिक्षा एकै विद्यालयमा दिने उद्देश्य राखेर सिन्धुपाल्चोकमा पहिलो पटक हेलम्बु गाउँपालिकाले ‘नमुना विद्यालय’ निर्माणको सुरुवात गरेको छ । सामुदायिक विद्यालयको...

बैतडीमा खानेपानीको मुहानमा ११ मरेका गाई भेटिए

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकाको वडा नं ६ स्थित खानेपानीको मुहानमा मरेका ११ ओटागाई फेला परेका छन् । सिगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला...

कोरोना प्रभाव : मनोवैज्ञानिक त्रासमा छन् अमेरिकामा नेपाली

वासिङ्टन डिसी । कोरोना भाइरसको महामारीले आक्रान्त अमेरिकामा बस्दै आएका नेपाली भाषीहरुमा मनोवैज्ञानिक असर देखिन थालेको छ । कोभिड–१९ को प्रकोपले यहाँ मानिसको मृत्यु...

अमूल्य निधि : योगी नरहरिनाथ

योगी नरहरिनाथको जन्म विक्रम संवत् १९७१ फाल्गुण १७ र स्वर्गारोहण २०५९ साल फाल्गुण १४ गते भएको थियो । नेपालका अमूल्य निधि योगीजी...

कालिकोटमा विपन्नलाई नगदसँगै खाद्यन्न

कालिकोट । तथ्यांक संकलनमै अल्झिएका यहाँका स्थानीय तहले राहत वितरण सुरु गरेका छन । लामो समयको लकडाउनका कारण समस्यामा परेका यहाँका श्रमिक...

राज्यमन्त्री मानन्धर लामो समय गीत गाएर विश्व रेकर्ड कायम गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वल्ड बुक रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउने कार्यक्रमको आज...

अब पालो हल्ककी बहिनीको

दि तपाईं अंग्रेजी फिल्म, खासगरी मार्वेल सिनेमेटिक युनिभर्सबारे चासो राख्नुहुन्छ भने ‘हल्क’को अर्थ त पहिल्याइ रहनै परेन । अब यो सोच्नूस्, के हुन्छ ?...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

भर्खरै

प्रकाशमा प्रदीप खडकाको नायिका रेणु

काठमाडौं । अभिनेता प्रदीप खड्काको जोडीको रूपमा नवोदित अभिनेत्री रेणु योगी चयन भएकी छन् । नयाँ चलचित्र ‘प्रकाश’का लागि रेणु योगी चयन भएकी हुन्...

१७ माघबाट साताव्यापी ‘किताब जात्रा’

काठमाडौं । साहित्यिक कृतिहरूको प्रदर्शन तथा बिक्रीको उद्देश्यले आयोजना हुँदै आएको ‘किताब जात्रा’ यस वर्ष १७ माघ देखि २३ माघसम्म हुने भएको छ ।...

भन्सारमा आजदेखि राष्ट्रिय एकद्वार प्रणाली

काठमाडौं । नेपाल आजदेखि राष्ट्रिय एकद्वार प्रणाली सुरु भएको छ । विभागले तयार गरेको उक्त प्रणाली आज सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत...

टोटनह्याम एफए कपको प्रि-क्वाटरमा

लन्डन । वेकम्व वान्डरर्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै टोटनह्याम एफए कपको प्रि–क्वाटर फाइनलमा पुगेको छ । चौथो चरण अन्तर्गत अवे मैदानमा भएको खेलमा...

धेरै पढिएका

भारतले अनुदानस्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया आजबाट सुरु

काठमाडौं । भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार)देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका...

ललिता निवास जग्गा प्रकरणः सीआईबीको अनुसन्धान अन्तिम चरणमा

काठमाडौं । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको...

सम्झनामा तारादेवी

काठमाडौं । विगतझैं यसवर्ष पनि स्वर किन्नरी तारा देवीको पुण्य स्मृतिमो सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम हुने भएको छ । उनको १५औं स्मृतिमा...

भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाउने

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । भारतमा यही जनवरी १६ मा पहिलो चरणको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 105 times, 1 visits today)