सितोरिय कराते खेलाडी सम्मानित

बारा । बारामा सितोरिय कराते खेलाडी एक कार्यक्रमको बिच सम्मानित भएका छन् । कलैया उपमहानगरपालिका वडा नम्वर २७ बिजुलपुर रामपुरको विधालयमा एक कार्यक्रमको आयोजना गरी सितोरिय करातेका राष्ट्रिय स्तरका ख्याती प्राप्त खेलाडी रबि क्षेत्रीलाई सम्मानित गरेका हुन् ।

विधालयमा भएको सम्मनित कार्यक्रममा राष्ट्रिय स्तरका खेलाडी क्षेत्रीले खेलको माध्यमबाट गाउ टोललाई चिनाएकोमा गाँउका अगुवाहरुले नगद २० हजार तथा दोसल्ला ओढाई सम्मानित गरेका हुन् । खेलाडीेको मनोवल बढाउन सम्मानित कार्यक्रमको आयोजना गरिएको सम्मानित कार्यक्रमका समयोजक हरिनरायण कुशवाहाले जानकारी गराए ।

स्वास्थ्यको लागि खेल र खेल देशको लागि भएको हुनाले आफु सानै उमेरदेखि खेलमा रुचि राखेको हुनाले आज यो मुकाम हासिल गर्न सफल भएको क्षेत्री बताउँछन् । मैले देश विदेशमा भारत, क्यानेडा, मलेसिया गरि दर्जनौ भन्दा बढि प्रतियोगितामा भाग लिई गोल्ड मेडल समेत हानेको बताउँछन् ।

गोल्ड मेडल हान्ने खेलाडीमा बाराबाट आफु पहिलो खेलाडी समेत रहेको उनले बताए । नेपाल सरकारले समेत नगद तथा प्रशंसा पत्रबाट सम्मान गरेका क्षेत्री बताउछन । आफु राष्ट्रिय स्तरको रेफ्रि समेत रहेको बताए ।

आफु हुर्केको जिल्लाबाट सितोरिय कराते लोप हुँदै गएको भान भएकोले अव जिल्लामा रहेको खेलाडिको बनोबल बढाई करातेलाई विश्वसामु चिनाउने आफनो लक्ष्य रहेको उनले बताए । आफनो खेलको उच्च मुल्याकंन गरी सम्मान गर्ने अग्रजहरुलाई धन्यवाद दिएका छन् ।

सम्मानित कार्यक्रममा विधालयका प्रधानाध्यापक पुरन चौधरी, मकसुद अंसारी खेलकुद विकास समितीका सदस्य, अरुण चौधरी बास्केटबलका रेफ्रि लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

epaper

ताजा समाचार

बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००