नयाँ दिल्ली । नागरिकता कानुन संशोधन (सीएए) को विरोधमा सुरु भएको प्रदर्शनका क्रममा उत्तरपूर्वी दिल्लीमा हिंसात्मक भिडन्त भएको छ ।
एजेन्सी । भारतको नयाँदिल्लीमा सोमबारदेखि सुरु भएको हिंसाका क्रममा मंगलबार मौजापुर र ब्रम्हपुरी इलाकामा ढुंगामुढा सुरु भएको छ ।
दिल्ली हिंसामा अहिलेसम्म एक सुरक्षाकर्मी सहित ७ जनाको मृत्यु भएको छ । हिंसाका क्रममा १ सयभन्दा बढी घाइते भएका छन् ।
मंगलबार बिहानैदेखि ती क्षेत्रको अवस्था तनावपूर्ण रहेको छ । मंगलबार बिहानसम्ममा मौजपुर आसपासका क्षेत्रमा ४५ वटा आगजनीका घटना बाहिर आएका छन् ।
आगो निभाउन गएका तीन जना दमकलकर्मी समेत घाइते भएका छन् ।
दिल्लीको अवस्था बिग्रँदै गएपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले आपत्कालीन बैठक बोलाएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)






