प्रधानमन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण अपरिपक्व : डिला संग्राैला


काठमाडाैं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले प्रधानमन्त्री र शिक्षामन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण अपरिपक्व र अव्यवहारिक भएको टिप्पणी गरेकी छिन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा धारणा प्रस्तुत गर्दै उनले स्टेफन हकिङको भनाई उधृत गर्दै भनिन् ‘ज्ञानको सबैभन्दा ठूलो दुश्मन अज्ञानता होइन । ज्ञानको भ्रम हो ।’

यो भनाईमा जस्तै नेकपा सरकारले आफुलाई बहुत ज्ञानी छु भन्दै कुलपति समेत रहेका प्रधानमन्त्री र द्वन्द्वका बेला बुर्जुवा शिक्षा नपढ्न उर्दी जारी गर्ने शिक्षामन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण ज्यादै अपरिपक्क र अव्यवहारिक भएको धारणा राखिन् ।

दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरू महिनौंदेखि पदाधिकारी विहीन बनेको भन्दै उनले विश्वविद्यालयलाई सरकारको कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोजेको लगाइन् ।

६ वटा विश्वविद्यालय भदौ ७ गतेदेखि नेतृत्वविहीन भएको जानकारी गराउदै उनले विधिपूर्वक नेतृत्व छान्नुपर्ने विश्वविद्यालयमा पनि कलुसित राजनीतिको छाया परेको आरोप लगाइन् । ‘भागबण्डाका आधारमा नेतृत्व चयन नहोस् । तत्काल योग्य र सक्षम व्यक्ति नियुक्त गरियोस् ।’ उनले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग