उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ । अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ५ वटा शक्तिशाली बम विस्फोट गराएको ईलाका प्रहरी कार्यलय कटारीले जानकारी दिएको छ ।
राति सवा बाह्र बजेतिर ५ जनाको समुहमा आएका नकापधारी समुहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीको बि ब्लकमा रहेको ९ जना मजदुरहरुलाई नियन्त्रणमा लिई बम बिष्फोटन गराएको घाईते मजदुर नबिन मगरले बताए । अज्ञात समुहले एक मोटरसाईकल र एक स्काईभेटरमा पेट्रोल खन्याई आगजनी समेत गरेका छन् । आगजनीबाट मोटरसाईकल र स्काईभेटरको पूर्ण रुपमा क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । बम बिष्फोटनबाट ५ वटा स्काईभेटरमा क्षति पुगेको जनाएका छन् ।
अज्ञात समुहले सौर्य सिमेन्टको चुनढुङ्गा खानीमा बम विस्फोट गराएको हो । खानी क्षेत्रको एकै ठाउँमा ५ वटा बम विस्फोट गराएको हो । मध्येराती एक्कासी ठुलो आवाजमा बम विस्फोटनको आवाज गाउलेहरुले सुनेका थिए । बम बिष्फोटनपछि आतिएर भाग दौड गर्दा खानीमा कार्यरत ५ जना मजदुर सामान्य घाईते भएका छन् ।
घाइते हुनेहरुमा कटारी नगरपालिका–७ का २३ वर्षीय नवीन मगर, कटारी नगरपालिका– ८ का २४ वर्षीय बिष्णुबहादुर मगर, उदयपुरगढी गाउँपालिका– २ का २५ वर्षीय दुर्गाबहादुर तामाङ, मकवानपुर भिमफेदी गाउँपालिका– ९ का ३० वर्षीय सागर मोत्तान र शिवशंकर मोक्तान रहेको ईलाका प्रहरी कार्यालय कटारीका (डिएसपी) हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
उनीहरु सबैको जिल्ला अस्पताल कटारीमा उपचार भई रहेको छ । बम विस्फोटबाट भौतिक क्षति छ, मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) भिमबहादुर दाहालले जानकारी दिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारी र सशस्त्र प्रहरी बेस कटारीबाट गएको सुरक्षाकर्मिको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारको लागि अस्पताल पठाई अनुसन्धान गर्ने क्रममा बम बनाउन प्रयोग गरिएका टेप, प्लाष्टिकहरु फेला पारेका थिए ।
बम बिस्फोट र आगो लागिबाट अन्दाजी ३५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । घट्ना कुन समुहले घटाएको भन्ने खुल्न नसकेको, खोज तलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । घटनास्थलमा अझै २ वटा बम रहेको हुन सक्ने घाईते मजदुरले बताएका छन ।
बम विस्फोटको घटना’bout थप विवरण आउन बाँकी रहेको छ । गत मंसिर ६ गते राति ताप्ली गाउँपालिका कार्यालय भवनमा पनि अज्ञात समूहले एउटा बम विस्फोट गराएको थियो भने एउटा बम नेपाली सेनाको टोलीले १८ घण्टापछि डिस्पोज गरेको थियो । सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी बिप्लब समुहले केही महिना अघि चन्दा माग गरेको खानीका कार्यरत एक कर्मचारीले जनाएका छन् ।






