हातमा टिकट लिएर एक अर्कालाई ठेल्दै आफ्नो सिट ओगट्न सिंगल थिएटरको भ-याङमा हतार हतार पाइला चाल्ने दर्शकहरुले अबको केही महिना सिनेमा हलमा जाँदा फरक अनुभुति गर्नेछन् । मल्टिप्लेक्स हलमा पनि दर्शकहरुको प्रवेश र बसाई पहिलाको भन्दा भिन्न किसिमको हुने छ । मुखमा माक्स, हातमा सेनिटाइजर लगाएर सिनेमा हल प्रवेश गरेका दर्शक सामाजिक दुरी कायम गर्दै एक अर्काबाट टाढिएर सिटमा बसेका हुनेछन् । सिनेमा हलमा दर्शक र खाली सिट संख्या बराबर जस्तो देखिने हुँदा सिनेमा हलको सौन्दर्यमा केही कमी आएको महसुुुस् हुनेछ । त्यो अवस्थामा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने टेलिभिजन र युट्युब च्यानलका कार्यक्रम प्रस्तोताका लागि सिनेमा हलमा दर्शकको भिड लागेको दृष्यसहित फिल्म सफल भएको सन्देश दिन गा-हो पर्ने छ ।
विश्वभर महामारी निम्त्याएको ‘कोभिड–१९’ कोरोना भाइरसको महामारीले नेपाली सिनेमा बजारमा अहिलेसम्मकै ठूलो संकट निम्त्याएको छ । नेपालमा सिनेमा निर्माण र प्रदर्शन सुरु भएपछि लामो समय बजार शून्यमा झरेको यो पहिलो घटना हो । यस अर्थमा बजार सून्य छ । बिगत ८ महिनादेखि सिनेमा हल बन्द छन् भने सुटिङ स्थगन भएको छ । कलाकार एवं प्राविधिक स्वेच्छिक लकडाउनमा छन् । सिनेमा हल कहिले खुल्ने हो निश्चित छैन ।
कोरोना संक्रमण नियन्त्रणपछि पनि केही महिना सिनेमाको व्यापार आंशिकमा सिमित हुने भएकाले अन्य पेशाकर्मीको तुलनामा कलाकर्मी र प्राविधिकको आम्दानीको दायरा साँघुरो हुने निश्चित छ । कोरोना संक्रमण नियन्त्रण कहिले ? अहिलेसम्म अनुसन्धानकर्ताले ठ्याक्कै भन्न सकेका छैनन् । खोप नबन्नुजेल महामारी कायम रहने विभिन्न अनुसन्धाकर्ताको भनाई छ । महामारी नियन्त्रणपछि पनि छिटफुट रुपमा संकट देखिन सक्ने भन्दै सामाजिक दुरी कायम गर्दै व्यक्तिगत सरसफाईमा ध्यान दिएर मात्रै काममा जुट्न विश्वस्वास्थ्य संगठनले आग्रह गरेको छ । यसको असर सिनेमा क्षेत्रमा लामो समयसम्म देखिने सम्भावना उत्तिकै छ ।
प्रविधीको विकास हुँदैमा सिनेमाको बजार बढ्छ भन्ने छैन । यसको उदहारणको रुपमा नेपालको पुस्तक बजारलाइ हेर्न सकिन्छ । नेपालमा पछिल्लो समय वर्षमा एकसय बढी विभिन्न विधाका राम्रा पुस्तक प्रकाशन हुन्छन् तर, पाठकको संख्या पुस्तकको तुलनामा बढेको छैन । सिनेमामा पनि त्यहि सिद्धान्त लागु हुन्छ । तत्कालै नेपाली सिनेमामा नयाँ दर्शक थपिने होइनन् जो सिनेमा हलमा गएर हप्तै पिच्छे नयाँ नयाँ फिल्म हेरेर मनोरञ्जन लिन्थे तिनै दर्शकलाई डिजिटल प्लेटफर्ममा आकर्षिकत गर्नुपर्छ
कुनै पनि प्रकृतिका ठूला महामारीपछि आम मान्छेका लागि मनोरञ्जन आवश्यकता भन्दा परको विषय भइदिन्छ । यो प्राकृतिक नियम हो । व्यापार गर्नेहरु व्यापारमा केन्द्रित होलान् त पेशाकर्मीहरु पेशागत काममै फर्किन्छन् । काम गरेर खानेहरु पनि कामको खोजीमा जुट्लान् । त्यस्तो अवस्थामा मनोरञ्जन आवश्यकता भन्दा टाढाको विषय बनिदिन्छ । समग्र जनसंख्याको अनुपातमा हेर्ने हो भने अहिले पनि हाम्रो मुलुकमा औसतमा २ प्रतिशत मानिसले मात्रै फिल्म हेर्ने गर्छन् । हाम्रो मुलुकमा मनोरञ्जनका साधन सिमित भएकाले सिनेमा हलप्रति दर्शकहरुको आकर्षण बढी हुनुपर्ने हो । थोरै मान्छे सिनेमा हेर्ने काममा सहभागी हुनु भनेको ‘सिनेमा लिट्रेसी’ अभाव पनि हो ।
हल सञ्चालक– निर्माता सहकार्य
अहिलेसम्मको विभिन्न अध्ययन अनुसार नेपाली सिनेमाको सबै भन्दा ठूलो बजार नेपालमा सञ्चालित सिनेमा हल नै हुन् । प्रविधिको विकासले पछिल्लो समय विश्वबजार र डिजिटल प्लेटफर्मबाट पनि आम्दानीको सुरुवात त भएको छ तर, नेपालका नेपालकै सिनेमा हलबाट पाउने बराबरको आम्दानी अन्य बजारबाट गर्न सकिएको छैन ।
कोरोना संकटले अबको केही महिना सिनेमा हलबाट पहिला जस्तै आम्दानी सम्भव छैन । यसले फिल्म निर्माता र हलसञ्चालक दुवै पक्षलाई आर्थिक रुपमा कमजोर बनाउन भुमिका खेल्छ । कोरोना संक्रमण नियन्त्रणमा आएपछि सिनेमा हल सञ्चालन त होलान्, संक्रमणबाट जोगिनका लागि हलमा भएको सिट संख्याको अनुपातमा एकतिहाई वा बढीमा आधा दर्शक मात्रै राखेर सिनेमा देखाउन पाउने निती सरकारले बनाउन सक्छ । त्यो अवस्थामा एक शोबाट हुने आम्दानी पनि तिहाई वा आधामा झर्छ । अर्थात यदि कुनै सिनेमा हलमा एक शो सञ्चालन गर्दा एक लाख आम्दानी हुन्थ्यो भने अब बढीमा ५० हजार वा ३३ हजारमा सिमित हुन्छ । त्यही रकम निर्माता र हल सञ्चालकले बाँडेर लिनुपर्ने हुन्छ । यसको असर हलसञ्चालक र निर्माता दुबैमा पर्छ । यो अवस्थामा निर्माताले कति प्रतिशत पाउने हल सञ्चालकले कति प्रतिशत लिने ? संक्रमण नियन्त्रण नहुँदासम्म लागि दुई पक्षविच नयाँ खालको सहमति गरिनुपर्छ । यसका लागि चलचित्र निर्माता संघ र चलचित्र संघका नेतृत्व तहमा बस्नेहरुले भुमिका निर्वाह जरुरी हुन्छ । यो सहमति गर्दा के बिर्सन हुन्न भने सिनेमा हल सञ्चालक र फिल्म निर्माता एक अर्काका परिपुरक हुन् संकटको समयमा दुबै पक्ष एक अर्काको सहयोगीका रुपमा उभिनुपर्छ ।
अर्को महत्वपूर्ण कुरा सिंगै विश्व कोरोना संक्रमणको महामारीमा परेकाले विश्वबजारबाट हुने केही आम्दानीमा पनि गिरावट निश्चित छ । त्यसकारण आम्दानीको मुलथलो नेपालमा सञ्चालित सिनेमा घर नै हुन् भनेर मनन गर्नु जरुरी छ ।
चलचित्र संघको तथ्याङ्क अनुसार अहिले मुलुकभर १९६ वटा हल सञ्चालमा छन् । ती हलमा (एउटामा) औसतमा १० जना कर्मचारीले काम गर्छन् । लकडाउनका कारण कतिपय हलहरुले कर्मचारीलाई तलब दिन सकेका छैनन् भने कतिपय हल सञ्चालकलाई बैंकको लोन तिर्न समस्या परेको छ । यसपालीको बजेटमा चलचित्र संघको माग सम्बोधन नभएको भन्दै हल सञ्चालकले असन्तुष्टि जनाइसकेका छन् । यो अवस्थामा हल सञ्चालकलाई पनि मर्का नपर्ने र सरकारलाई अप्ठयारो नहुने गरी बोर्डले समन्वयकारी भुमिका निर्वाह गर्नुपर्छ । निर्माता संघको तथ्याङ्क अनुसार पाँचदेखि सात सय व्यक्ति फिल्म निर्माणमा सक्रिय छन् ।
डिजिटल बजार विस्तार
डिजिटल प्रविधीको उपयोग गरेर पनि पछिल्लो समय केही सिनेमाले आम्दानी गर्न थालेका छन् । सुरुमा हलमा प्रदर्शन भइसकेका फिल्मलाई युट्युबमा अपलोड गरेर थोरै आम्दानी गरेका निर्माताहरुका लागि अहिले फोपी, भिडियो पसल, सिनेमा घर जस्ता डिजिटल एप्सहरु बजारको विकल्पका रुपमा देखिएका छन् । यी एप्समा कतिपय हलमा रिलिज नभएका फिल्म पनि हेर्न सकिन्छ ।
पछिल्लो समय निर्देशक समाज विधान अनुसार दुई वर्षमा एकपटक चुनाव गर्ने र त्यसपछि मौन हुने गरेको छ । नेपाली फिल्म उद्योगमा निर्देशक समाजको स्थिति लगभग शून्य जस्तै छ ।
तर, प्रविधीको विकास हुँदैमा सिनेमाको बजार बढ्छ भन्ने छैन । यसको उदहारणको रुपमा नेपालको पुस्तक बजारलाइ हेर्न सकिन्छ । नेपालमा पछिल्लो समय वर्षमा एकसय बढी विभिन्न विधाका राम्रा पुस्तक प्रकाशन हुन्छन् तर, पाठकको संख्या पुस्तकको तुलनामा बढेको छैन । सिनेमामा पनि त्यहि सिद्धान्त लागु हुन्छ । तत्कालै नेपाली सिनेमामा नयाँ दर्शक थपिने होइनन् जो सिनेमा हलमा गएर हप्तै पिच्छे नयाँ नयाँ फिल्म हेरेर मनोरञ्जन लिन्थे तिनै दर्शकलाई डिजिटल प्लेटफर्ममा आकर्षिकत गर्नुपर्छ । त्यसका लागि इन्टरनेटको पहुँच त सामान्य कुरा भयो नै ‘डिजिटल लिट्रेसी’को पनि खाँचो पर्छ । जब हाम्रोमा सिनेमा लिट्रेसी नै कमजोर छ भने डिजिटल लिट्रेसी आफैंमा जटिल विषय हो ।
अर्को कुरा डिजिटल बजारले निर्माता मात्रै हैन दर्शकलाई पनि आर्थिक रुपमा फाइदा हुन्छ भनेर बुझाउन जरुरी छ । जस्तो मल्टिप्लेक्स हलमा गएर फिल्म हेर्दा एक जना दर्शकले एउटा टिकटको ३५० रुपैंया तिर्नुपर्छ भने त्यहि शुल्कमा त्यहि फिल्म घरमा भएका सबै परिवारले एकै पटक हेर्न मिल्छ । यद्यपि सिनेमा हलमा पाइने सुविधा घरमा सम्भव हुन्न ।
अब कस्ता चलचित्र बनाउने ?
फिल्म निर्माण भएको लामो समयसम्म हामी कहाँ कस्तो फिल्म बनाउने भन्नेमा खास बहस भएन । नेपाली सिनेमाको स्वरुप निर्धारण’bout बहस सुरु भएको ०६२/०६३ सालको आन्दोलनपछि नै हो । बहस अहिले पनि जारी छ । एकथरिको गुनासो छ ‘अझै हामीले हाम्रो चलचित्रको स्वरुप निर्धारण गर्न सकेनौं ।’ फिल्म निर्देशनमा लामो समयदेखि लागेका केही व्यक्तिहरुको काउन्टर जवाफ आउँछ, ‘हामीले खराब काम गरेका छैनौं फिल्म भनेको यस्तै हुनुपर्छ ।’ बहस आफैंमा राम्रो हो । बहसको सुरुवातले नै भविष्यमा राम्रा र मौलिक सिनेमा निर्माणको वातावरण सिर्जना गर्छ ।
विषय बस्तुमा ध्यान नदिई हतारमा चलचित्र बनाउने र फुर्सदमा पछुताउने एक खालको संस्कार जस्तै बनेको छ । चलचित्र बनाउनु अघि त्यसले उठान गर्न खोजेको विषय, त्यसमा अनुबन्ध पात्रहरुले समाजमा पार्न सक्ने प्रभावलगायतका विषयमा खासै अध्ययन गरिँदैन । यसलाई यसरी पनि बुझ्न सकिन्छ । कोरोना संकट केबल संकट मात्रै नभएर अवसर पनि हुनसक्छ । अब हाम्रा निर्देशकले फिल्म निर्माण गर्नुअघि धेरै कुरामा ध्यान दिनेछन् र दर्शकले चाहे जस्तै सिनेमा निर्माण हुने छ ।
निर्देशक समाजले निर्वाह गर्नुपर्ने भुमिका
विश्वब्यापी मान्यता अनुुसार सिनेमा निर्देशकको माध्यम हो । निर्देशकको माध्यम यस अर्थमा कि हरेक सिनेमा निर्देशकको दृष्टिकोण अनुसार निर्माण हुन्छ । आफ्ना दृष्टिकोण स्थापित गरेर काम गर्ने निर्देशकहरुकै पहलमा स्थापना भएको संस्था हो निर्देशक समाज ।
त्यसरी स्थापित संस्थाले निर्देशकको हक अधिकार स्थापना र क्षमता विकासका लागि भुमिका निर्वाह गर्नुपर्छ । तर, पछिल्लो समय निर्देशक समाज विधान अनुसार दुई वर्षमा एकपटक चुनाव गर्ने र त्यसपछि मौन हुने गरेको छ । नेपाली फिल्म उद्योगमा निर्देशक समाजको स्थिति लगभग शून्य जस्तै छ ।
फेरि उही कुरा दोहोरिन्छ । अब हामीले कस्ता फिल्म बनाउने र कसरी एउटै फिल्मबाट बढी भन्दा बढी दर्शक रिझाउने र उपलब्ध प्रविधीको उपयोग गर्दै आम्दानीका स्रोत बढाउने ? भनिन्छ, हामी भौगोलिक र सांस्कृति रुपमा हामी विश्वमै अब्बल मानिन्छौं । हामीसंग भएको मौलिक र सांस्कृतिक पक्षलाई फिल्मका माध्यमबाट भन्यौं भने विश्वभरका दर्शकलाई प्रभाव पार्न सक्छौं । विभिन्न अध्ययनहरुले पनि उल्लेख गरेको छ । हामीले किन हाम्रा मौलिक, सांस्कृतिक पक्षलाई फिल्ममार्फत उजागर गर्न सकेनौं ? गम्भीर समिक्षा गर्दै आगामी यात्रा तय गर्नुपर्छ ।
जब विदेशी बजारमा फिल्म प्रदर्शनको कुरा आउछ केबल काठमाडौंमा बसेर अब हामी यस्तो फिल्म बनाउने भनेर मात्रै हुँदैन । अब समाजको नेतृत्वमा एउटा यस्तो सम्मेलन आयोजना गरिनुपर्छ । जहाँ नेपाली फिल्मका निर्माता÷निर्देशक, विदेशी फिल्मका निर्माता/निर्देशक र वितरक विच अनुभव आदान प्रदान गर्दै नेपाली फिल्मलाई विश्वबजारमा लैजाने बाटो खोजिनुपर्छ । सिनेमाको विश्व बजार अथाह छ । त्यो बजारमा कसरी, कुन माध्यमबाट प्रवेश गर्ने बाटो खोज्ने काम अब गरिनुपर्छ ।
त्यो निर्देशकहरुलाई प्रविधिसंग साक्षात्कार गराउँदै क्षमता विकासका लागि विभिन्न प्रशिक्षणमा सहभागी गराउनुपर्छ । निर्देशक समाजले विस्तृत कार्ययोजनानै बनाउनुपर्छ । कस्ता निर्देशकलाई कस्ता प्रशिक्षणमा सहभागी गराउने भनेर ।
पारिश्रमिक घटाउ
अबका केही वर्ष कलाकार एवं प्राविधिकले पारिश्रमिक घटाएर काम गर्नुपर्छ भन्ने विषयमा पनि बहस सुरु भएको छ । तर, यो त्यति धेरै टाउको खियाउनुपर्ने विषय होइन । बजारको सामान्य सिद्धान्त छ । जब कुनै उत्पादन महंगो मुल्यमा बिक्री हुन्छ भने उत्पादनसंग सम्बन्धित कम्पनी एवं त्यस कम्पनीमा काम गर्ने कर्मचारीले राम्रो सेवा सुविधा र पारिश्रमिक पाउँछन् । यदि उत्पादन बजारमा बिक्री भएन भने उत्पादक मात्रै हैन । उत्पादकसंग जोडिएका अन्य कामदारको पनि पारिश्रमिक स्वत कम हुन्छ । फिल्म उद्योगमा पनि यहि नियम लागु हुन्छ ।
कुनै पनि फिल्म निर्माण गर्नुअघि निर्माताले एउटा निश्चित बजेट बनाएको हुन्छ । कलाकारलाई कति दिने प्राविधिकलाई कति दिने र कति लागतमा फिल्म निर्माण सम्पन्न गर्ने ? फिल्म सुटिङ गर्नु अघि निर्माता र कलाका एवं प्राविधिकबीच पारिश्रमिकको सवालमा लिखित सम्झौता गर्ने चलन भएकाले काम लिने र दिनेबीच छलफलको सम्भावना प्रशस्त छ । कुरो स्पष्ट छ । निर्माताले छुट्याएको बजेट कलाकारलाई चित्त बुझ्छ काम गर्छन् । यदि कुनै कलाकारलाई निर्माताले छुट्याएको बजेट चित्त बुझ्दैन निर्माताले आफ्नो बजेटले भ्याउने कलाकार खोज्छ र काम गर्छ । यस्तो अवस्थामा ‘मेरो गोरुको बा¥है टक्का’ भन्नेहरु छोडिन सक्छन् ।
चलचित्र विकास बोर्डको दायित्व
नेपाल चलचित्र विकास बोर्ड आम चलचित्रकर्मीहरुको अभिभावक संस्था हो । बोर्डले सरकार र चलचित्रकर्मीलाई जोड्ने काम पनि गर्छ । अहिलेको बोर्डको भुमिका भनेको सिंगो नेपाली चलचित्रलाई चलायमान बनाउनमा केन्द्रित हुनुपर्छ ।
सबै भन्दा पहिला बोर्डले चलचित्र क्षेत्रसंग सम्बन्धित विभिन्न संघसंस्थामा नेतृत्व गर्ने ब्यक्तिहरुसंग बसेर उनीहरुको कुरा सुन्नुपर्छ । अहिलेको खास समस्या के हो र समाधानका पहल के हुनसक्छ ? सामुहिक छलफलपछि निष्कर्ष निकाल्न सजिलो हुन्छ । कुनै एक व्यक्ति वा संस्थाको पहलमा समग्र चलचित्र उद्योगलाई अगाडी बढाउने सम्भव छैन । त्यसकारण यसै क्षेत्रमा क्रियाशिल व्यक्तित्वसंगको सहकार्यमा अघि बढ्नुपर्छ ।
समस्या धेरै थरि हुन सक्छन् । हल सञ्चालकका आफ्नै समस्या होलान्, निर्माताका आफनै खालका । प्राविधिक, कलाकार वा अन्य विधामा संलग्न व्यक्तिहरुको खास समस्या बुझेपछि समाधानका उपाय निकाल्न सजिलो हुन्छ ।
कोरोना संकट नियन्त्रण भए लगत्तै सामाजिक दुरी कायम गर्दै हल सञ्चालन गर्नुपर्ने हुन्छ । सरकारले विभिन्न उद्योग प्रतिष्ठानलाई कर तिर्न ताकेता गरिरहेको छ भने करको कहर हल सञ्चालकलाई पनि पक्कै होला । निश्चित प्रतिशत छुट गराउने हो वा केही महिना पछि तिर्ने व्यवस्था गर्ने बोर्डले हल सञ्चालक र सरकारबीच समन्वय गर्नुपर्छ ।
सिनेमा क्षेत्रलाई चलायमान गराउन हल सञ्चालनसंगै सुटिङ पनि सुरु गर्नुपर्छ । सुटिङको तयारीमा रहेका निर्माताहरु सामाजिक दुरी कायम गर्दै सुटिङमा जान सक्छन् । सुटिङमा माक्स, सेनेटाइजदेखि पिपिएसम्म आवश्यकता पर्न सक्छ । सुटिङमा जाने तयारीमा रहेका निर्माताका लागि स्वास्थ्य सामग्रीसहित सुटिङमा जाने बातावरण मिलाई दिने हो भने धेरै प्राविधिकहरुले राहत पाउनेछन् ।
प्राविधिकहरु वास्तविक श्रमजीबी हुन् । यदि उनीहरुलाई श्रमसंग जोड्न सक्ने हो भने राहतको जरुरी पर्दैन र आम प्राविधिकको चाहना पनि यहि छ । ‘हामीलाई कामसंग जोडियोस् । राहत चाहिँदैन ।’ उनीहरुले भन्ने गरेका छन् ।
तत्कालै सेल्युल्वाईड फिल्मको सुटिङ नहोला । म्युजिक भिडियो, विज्ञापनलगायतका सुटिङलाई निरन्तरता दिन सकियो भने प्राविधिकहरुलाई पुरानै लयमा फर्काउन सकिन्छ । पुनः श्रमसंगै जोडन सकिन्छ ।
दीर्घकालिन निती
अध्ययन अनुसन्धानको पाटोलाई बोर्डले वार्षिक क्यालेन्डर बनाएरै अघि बढ्नुपर्छ र विज्ञहरु सम्मिलत गराएर हरेक वर्ष कम्तीमा एउटा विषयमा अध्ययन गरियो भने आगामी दिनमा कसरी अघि बढ्ने वा कस्ता चलचित्र बनाउने मार्ग प्रसस्त गर्न सकिन्छ
सबैभन्दा खट्केको पाटो भनेको सिनेमा सम्बन्धि अध्ययन अनुसन्धानको अभाव हो । हामी कहाँ अहिलेसम्म मुलुकको कुन भेगका दर्शकले सिनेमाबाट के अपेक्षा गर्छन् ? वा दर्शकले कस्तो चलचित्र मन पराउँछन् ?, किन हलमा जान्छन् वा किन जाँदैनन् ? अध्ययन भएकै छैन । जब हामी हाम्रै मुलुकभित्र बस्ने दर्शकका इच्छा र चाहना’bout बेखबर छौं भने विदेशमा बस्ने स्वदेशी एवं विदेश दर्शकको चाहना हाम्रो बुता भन्दा पनि परको विषय हो । अनुसन्धान गर्नुपर्ने विषय अरु धेरै छन् । सिनेमा क्षेत्रसंग सम्बन्धित पनि धेरै विषयमा अनुसन्धान गर्नुपर्छ । अहिले कुन विषयमा हामी केन्द्रित हुँदा समग्र चलचित्र उद्योगलाई तत्कालिन फाइदा हुनसक्छ, विज्ञहरुसंग छलफल गरेर योजना बनाउनुपर्छ र अनुसन्धान कार्यलाई अगाडी बढाउनुपर्छ ।
अध्ययन अनुसन्धान केबल एक वर्ष वा एकपटक गरेर सम्पन्न हुने होइन । अध्ययन अनुसन्धानको पाटोलाई बोर्डले वार्षिक क्यालेन्डर बनाएरै अघि बढ्नुपर्छ र विज्ञहरु सम्मिलत गराएर हरेक वर्ष कम्तीमा एउटा विषयमा अध्ययन गरियो भने आगामी दिनमा कसरी अघि बढ्ने वा कस्ता चलचित्र बनाउने मार्ग प्रसस्त गर्न सकिन्छ ।
आशा गरौं, कोरोना संकटपछि हातमा सेनिटाइजर, मुखमा माक्स लगाएका कलाकार प्राविधिकहरु उत्साहका साथ फिल्म निर्माण जुट्ने छन् र उही शैलीमा हातमा सेनिटाइजर, मुखमा माक्स लगाएका दर्शकहरु सामाजिक दुरी कायम गर्दै सिनेमा हलमा प्रवेश गर्नेछन् र सिंगो नेपाली फिल्म उद्योगलाई चलायमान बनाउन भुमिका निर्वाह गर्नेछन् ।