सेयर बजारमा पहिरो, ११७ अंकले घट्यो

काठमाडौं । केन्द्रीय बैंकले सेयर धितो कर्जाको वर्तमान व्यवस्थामा पुनरावलोकन गर्ने भनेपछि सेयर बजार बेस्सरी प्रभावित भएको छ । हाल लगानीकर्ताले सेयर धितोमा ७० प्रतिशत सम्म कर्जा पाउँदै आएका छन् । १२० दिनको औसत मूल्यलाई आधार मानेर कर्जा दिइने गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत धितो कर्जाको वर्तमान व्यवस्थामा परिमार्जन गरिने भनेको छ ।

सोही कारण आइतबार बजार बेस्सरी प्रभावित भएको हो । यस्तै, केहीले कालोधन भित्रिएको र धितोपत्र बोर्डले नेप्सेले छानबिन गर्दैछ भन्ने हल्ला पनि फैलाएकाले पनि बजार प्रभावित भएको शेयर विश्लेषक बताउछन् ।

सेयर धितो कर्ता परिमार्जन हुनहुन्न

लगानीकर्ताहरुले अहिलेको अवस्थामासेयर धितो कर्जाको विद्यमान व्यवस्थामा परिमार्जन गर्न नहुने बताएका छन् भने ब्रोकर कमिसन घटाउन दबाब दिएका छन् ।

यसबाहेक बजार विरोधी केही हल्लाहरु फैलाइएकाले पनि लगानीकर्ता त्रसित भएको अनुमान छ । दिउसो २ बजे र १० मिनेट जाँदा नेप्से ११७ अंकले घटेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना