भ्रष्टाचार विरोधी आन्दोलन कुनैपनि हालतमा रोकिदैन : पुर्वमन्त्री साह

रौतहट । नेकपाका नेता तथा रौतहट क्षेत्र नं. ३ का संघिय संसद प्रभु साहले आफनो भ्रष्टाचार विरोधी आन्दोलन कुनै पनि हालतमा नरोकिने बताएका छन । पुर्व प्रधानमन्त्री माधब कुमार नेपालको पालामा तत्कालीन भौतिक बिकास तथा पुर्वाधार मन्त्री बिजय कुमार गछदारलाई अख्तियारले मुद्दा हालेपछि नेता साहले माधब नेपाल पनि भ्रष्टचारमा मुछिएको बताउँदै आएका नेता साहले आफनो अभियान नरोकिने बताएका हुन ।

नेता साहले गत २६ माघमा सामाजिक सञ्जाल फेसबुकमार्फत ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्याँस्पद भएको भन्दै टिप्पणी गरेपछि पार्टी महासचिब बिष्णु पौडेलले स्पष्टीकरणको लागि चिठी काटेका थिए ।
साहले पुर्व प्रधानमन्त्री माधब कुमार नेपाललाई लक्षित गर्दै प्रधानमन्त्रीय शासन प्रणालीमा प्रधानमन्त्री सर्वेसर्वा हुने तर भ्रष्टाचार गरे कानुन नलाग्ने व्यवस्था गलत भएको भन्दै आलोचना गरेका थिए ।

नेकपाकाका प्रदेश नं. २ का अध्यक्ष समेत रहेका साहले जस्तोसुकै परिस्थिति, दवाव आए पनि भ्रष्ट्रचार विरोधी अभियान नरोकिने ठोकुवा गर्दै भ्रष्ट्रचारमुक्त देश बनाएरै छाड्ने बताए । साहले भ्रष्ट्रचार विरोधी अभियान रोक्ने प्रयासलाई विफल पार्ने भन्दै भ्रष्ट्रचारमुक्त समाज निमार्णमा सदैव लागि रहने प्रतिवद्धता समेत गरे ।

मुलुकबाट भ्रष्टाचार अन्त्य नगरेसम्म कुनैपनि किसिमका विकास निमार्ण कार्य असम्भव रहेको भन्दै उनले भ्रष्ट्रचार नै देश विकासको वाधक भएको जिकीर समेत गरे । जनताले देशमा राजनितिक परिवर्तन भए विकासले गति लिने आश गरेपनि जनताको आशामा बिस्तारै तुषारोपात लाग्दै गइरहेको गुनासो उनले गरेका छन ।

नेता साहले बिद्यालयको प्रसासनिक भवन र आठ कोठे शैक्षिक भवनको शिलान्यास गदै भने ‘मुलुकमा राजनीतिक परिवर्तन भएपछि तीव्र गतिको विकास देख्न पाइन्छ भन्ने जनताको आशा थियो तर जनताले सोचे अनुरुप देशले विकासको गति समात्न सकेको छैन्, यसको प्रमुख कारण भ्रष्टचारनै हो ’ आफुहरुले सुरु गरेको भ्रष्टाचार विरोधी आन्दोलनमा केही तत्वहरुले निरन्तर वाधा उत्पन गरिरहेको जिकीर गर्दै नेता साहले भने ‘कुनै एक दल, व्यक्ति वा सरकारले चाहेर मात्र भ्रष्ट्रचारको अन्त्य नहुने भन्दै नेता साहले भ्रष्ट्रचार अन्त्य गर्न सबै देशवासी एकजुट भएर लाग्नु पर्छ ’ ।

रौतहटको मौलापुर नगरपालिका स्थीत लक्ष्मीनिया माविमा मंगलबार भएको साक्षारताको लागि साँस्कृतिक कार्यक्रममा पुर्व मन्त्री साहले भ्रष्टचार बिरोधी धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 610 times, 1 visits today)

epaper

ताजा समाचार

नवगायक दिलिप लिम्बुको एकै साथ दुई गीतको म्युजिक सार्वजनिक