Sunday, May 9, 2021
Home प्रदेश प्रदेश २ गाउँमा हात्ती आतंक, गाउँले रातभरी जागाराम

गाउँमा हात्ती आतंक, गाउँले रातभरी जागाराम

आधा दर्जन बढी घर भत्कियो, लाखौंको अन्नबाली नष्ट

,

सप्तरी, राजविराज । कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तिले शनिबार मध्य रात सप्तरीको शम्भुनाथ नगरपालिकाको विभिन्न वडामा आधा दर्जन घर भत्काउनुका साथै लाखौंको अन्नबाली नष्ट गरिदिएपछि स्थानिय त्रासमा छन् ।

राती १ बजेतिर हात्ति आक्रमणमा शम्भुनाथ नगपालिका वडा नं. २ र ७ मा आधा दर्जनभन्दा बढी फुसको संरचना भएको घर भत्किनुका साथै लाखौंको खाद्यान्न र खेतमा लगाइएका अन्नबाली नष्ट भएपछि स्थानिय त्रस्त भएका हुन् ।

चार पाँच वटा हात्तिको समूहले शम्भुनाथ नगरपालिका २ का मो. जाहागिर, मो. असराद्दिन, मो. हजरादिन तथा वडा न. ७ का सिमरित दास, सुकमार दास, भिम दास, राजकुमार दास, काशीकुमार दास लगायतको घर भत्काइदिएको पीडितहरुले बताएका छन् ।

हात्तिको आंतकपछि गाउँले त्रासमा जाग्राम बस्न थालेका छन् । सो क्षेत्रका बालबालिका पनि घर बाहिर निस्कन डर मानिरहेका छन् ।

स्थानिय मो. जाहागिरले भने, ‘हात्तिले अन्नबाली र घरमा क्षति पु-याउनुका साथै ज्यान समेत लिने सम्भावना बढाएपछि हाम्रो भोक र निन्द्रा दुबै हरेको छ ।’

कोशी टप्पु बन्य जन्तु आरक्षका हात्तिले ६ महिना यता मात्रै जिल्लामा दुई दर्जन भन्दा बढी घर भत्काएको प्रहरी तथ्याङ्कले देखाएको छ । यस्तै सय विगहा भन्दा बढी जग्गामा लगाइएको अन्नबाली नष्ट गरिसकेको सीतापुरका कृषक चिरन्जिबी दाहाल बताउँछन् ।

हात्ति आंतकबाट सर्वाधिक प्रभावित मानिएको शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, सप्तकोशी नगरपालिका, खडक नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाका बासिन्दाहरुले वर्षौदेखी नियन्त्रण र क्षतिपूर्ती माँग गर्दैै स्थानिय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आएका छन् । तर यसतर्फ हालसम्म कुनै ठोस पहल नभएको उनीहरुको गुनासो छ ।

स्थानिय कृषक इश्वर दाहालले भने, ‘गाउँमा हात्ति पसेको जानकारी गराएपछि प्रहरी आउने र हात्ति धपाउने बाहेक हालसम्म कुनै ठोस काम र उपाय हुन सकेको छैन् ।’ प्रदेश सभा सदस्य गोबिन्द न्यौपानेले जिल्लामा निरन्तर जारि रहेको हात्ति आंतकबारे संघीय र प्रदेश दुबै सरकारको ध्यानाकर्षण गराइसकिएको बताउँदै अविलम्ब यसको स्थायी समाधान खोज्नु पर्नेमा जोड दिएका छन् ।

(Visited 141 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

साताका लोकप्रिय समाचार

राजनीतिमा सामाजिक–आर्थिक क्षेत्रका सन्दर्भ

नेपालमा विभिन्न समयमा देखापरेका संघर्ष पछि गएर जातीय र धार्मिक आन्दोलन भई पर्वते, नेवार, मधिसेबीच हिन्दू–मुसलमानबीच संघर्षमा परिणत हुन्छ भनी सोच्नुहँुदैन । नेपालको २०३६...

दाजुको कुटाइबाट भाइको ज्यान गयो

उदयपुर । उदयपुरमा दाजुको कुटाईबाट भाइको ज्यान गएको छ । सामान्य घरासयी बिवादमा दाजु पुलकित चौधरीको कुटाईबाट त्रियुगा नगरपालिका– ९ चौकीबारीका खुसीलाल चौधरीको ज्यान...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

लिभरपुलको मैदानमा समर्थकको प्रदर्शन, खेल अवरुद्ध

लन्डन । इङ्लिस प्रिमियर लिगको म्यानचेष्टर युनाइटेडका समर्थकहरुले गएराती लिभरपुल विरुद्ध खेल सुरु हुनु अगावै मैदानभित्र पसेर आफ्नो क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेका...

दक्षिण एसियामा ‘सेफजोन’मा भुटान

काठमाडौं । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको...

ट्रेन्डिङ

परम्परा तोडेर कोरोना संक्रमितको शव काँधमा उठाउँदै महिला

काठमाडौँ । कोभिड-१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ...

जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

इटहरी । जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी ५ मा एक महिलालाई जबरजस्ती करणी गरी रकम समेत लुटपाट गरेको...

बिद्यार्थी नेता र पुर्व सैनिकको कालिज फार्म

पछिल्लो समय नयाँ व्यवसाय अँगाल्न युवापुस्ता लालायित देखिन्छन् । स्वदेशमा रोजगारी सम्भावना घट्दै जानु र विदेशी भूमिमासमेत श्रमको उचित मूल्य नपाउने अवस्था बढ्दै गएपछि...

प्रभु इन्स्योरेन्सको १६.३२ प्रतिशत लाभांश पारित

काठमाडौं ।  प्रभु इन्स्योरेन्स लिमिटेडको २४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । तीनकुने काठमाडांैस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को आर्थिक प्रतिवेदन पारित...

कांग्रेस केन्द्रीयसमितिको बैठक चैत ३० मा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी...

लम्जुङ पार्टी कार्यालयमा ओली समूहको तालाबन्दी, संयोजक कार्यालय छिर्न पाएनन्

लमजुङ । नेकपाको केन्द्रको किचलो लमजुङको जिल्ला तहमा पनि देखिएको छ । प्रधानमन्त्री एवं नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट युवा र विद्यार्थीले नेकपाको...

इटहरीमा कोरोना संक्रमितको संख्या १ सय नाघ्यो

इटहरी । इटहरी उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ । इटहरी उपमहानगरपालिकामा बुधबार थपिएका १४ जनासहित कोरोना संक्रमितको संख्या एक सय नाघेको...

जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ?

काठमाडौं । सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि...

सप्तरीमा कोरोनाबाट मृत्यु भएका बृद्धको परिवारका सबै जना संक्रमित

सप्तरी । पछिल्लो समय मुलुकमा कोरोना संक्रमित हुनेको दर घट्दै गएको बेला सप्तरीमा भने लगातार संक्रमित फेला पर्न थालेपछि स्थानियवासी त्रसित भएका छन् ।...

विद्युतीय सवारी साधनमाथिको अंकुश हटाउन माग

काठमाडौं । सरकारले प्रस्तुत गरेको बजेट वक्तव्यमा विद्युतीय सवारी साधन आयतमा थप कर लगाउने घोषणा गरेपछि सरोकारवाला निकायले यसको विरोध गरेका छन् । उनीहरूले...

जब प्रचण्ड पलौंटी मारेर सडकमा बसे (फोटोफिचर)

काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेपाल बन्द आहृवान गरेको दाहाल–नेपाल समूहका शीर्ष नेताहरु बिहीवार बिहानै सडकमा निस्किए । ललिलपुरको सातदोवाटो क्षेत्रमा अध्यक्ष पुष्पकमल...

करिअर बनाउन भन्दै टेनिस खेलाडी एडल्ट साइटमा आबद्ध

एजेन्सी । करिअर बनाउन भन्दै १९ वर्षिय टेनिस खेलाडी एन्जेलिना ग्रावक एडल्ट वेबसाइटमा आवद्ध भएकी छिन् । उनको भनाई अनुसार टेनिस खेल भन्दा यो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)