१५ लाख भन्दा बढीको सुन सहित दुई युवा पक्राउ

लहान । लहानमा प्रहरीले १९ तोला ९७ लाल सुनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीका अनुसार सादा पोसाकको प्रहरी टोलीले मंगलबार बिहान लहान नगरपालिका वडा नम्बर -१९,  स्थिति छर्रापट्टि चोकबाट दुई सय ३३ ग्राम (उन्नाइस तोला ९७ लाल) सुनसहित स्थानीय २४ वर्षिय मोहम मोतिवुल रहमान र २१ वर्षिय मोहमद मुर्तुजालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले को ३८ प २६३२ नम्बरको मोटरसाइकलमा लहान आउँदै गरेका रहमान र मुर्तुजालाई छर्रापट्टि चोकमा रोकेर चेकजाँच गर्दा सुन फेला परेपछि सुन र मोटरसाइकल सहित पक्राउ गरिएको हो ।

चेकजाँचको क्रममा चार वटा चेप्टो टुक्रा बनाई लुकाएर ल्याउँदै गरेको सुन प्रचलित बजार मूल्य अनुसार १५ लाख ५८ हजार रुपैयाँ रहेको एसपी चतुर्बेदीले बताए । प्रहरीले सुन र मोटरसाइकलसमेत गरी १६ लाख आठ हजार ७९ रुपैयाँ मूल्य कायम गरी कारबाहीका लागि ठाढी भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मौन अवधिमा सीमापारिबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी