पाथिभरा म्याराथनको उपाधी सोलुखुम्बूका सुमनलाई

ताप्लेजुङ । ताप्लेजुङमा भएको पाथिभरा म्याराथनको उपाधी सोलुखुम्बूका सुमन कुलुङ राईले जितेका छन् । ५४ किलोमिटरको दुरी कुलुङले ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा पार गरेका हुन् । पाँचथरका प्रताप थाम्सुहाङ दोस्रो भएका छन् । उनले निर्धारित दुरी ४ घण्टा १४ मिनेट ९ सेकेण्डमा पुरा गरे ।

यस्तै रुकुमका दिर्घराज बुढा तेस्रो भए । विहान ७ः५० बजेबाट सुरु भएको म्याराथनमा पुरुष तर्फ एक सय धावकले सहभागिता जनाएका थिए । म्याराथनका विजेताले नगद १ लाख ५१ हजार १एकसय ११, द्धितियले नगद १ लाख ११ हजार १ एकसय ११ र तृतिय हुनेले ५१ हजार १ एकसय ११ रुपैँया प्राप्त गरे ।


यता महिला म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन् । उनले निर्धारित ४५ किलोमिटरको दुरी ३ घण्टा ३८ मिनेट ५५ सेकेण्डमा पार गरिन् । त्रिभुवन आर्मीका सरिता बासी दोस्रो र धादिङकी रमिला तामाङ तेस्रो भएका छन् । महिला म्याराथनमा २४ जनाको सहभागिता रहेको थियो । बिजेताले नगद ८१ हजार १एकसय ११ रुपैंया, द्धितिय हुनेले नगद ५१ हजार १एकसय ११ रुपैंया र तृतिय हुनेले ३१ हजार १एकसय ११ रुपैंया पाउने छन् ।

धावकहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्दै संस्कृति पर्यटन तथा उडयन मन्त्री योगेस भट्टराई । तस्बीरः सुबास आचार्य

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोरखामा वडा अध्यक्षसहित ९ पदमा एकजनाको मात्र मनोनयन दर्ता