राजविराज । नेपाली भूमीमा हतियारसहित प्रवेश गरेका भारतीय प्रहरीको समूहले एक नेपाली यूवालाई हातपात गर्दै नियन्त्रणमा लिएर गएको भन्दै आक्रोसित आफन्तजन तथा स्थानीयले मंगलबार सप्तरीको बलानबिहुल गाउँपालिका बजार क्षेत्रमा प्रदर्शन तथा प्रहरी चौकी घेराउ गरेका छन् ।
सोमबार मध्यराती हतियारसहित प्रवेश गरेका भारतीय प्रहरीको समूहले घरमा सुतिरहेका बलानबिहुल गाउँपालिका ४ बेल्हीका २२ वर्षिय अभिनन्दकुमार यादवलाई हातपात गर्दै लगेको भन्दै आफन्त तथा स्थानीयले यसरी बिरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गर्नुका साथै प्रहरी चौकी बेल्ही घेराउ समेत गरेका छन् । “हामी चौठचन्द्र पर्वको प्रसाद ग्रहण गरि सुत्न लागेका बेला राती १२ बजेतिर अचानक ४÷५ जनाको समूहमा हतियारसहित आएका भारतीय प्रहरी जबरजस्ती घरमा प्रवेश गरी छोरा अभिनन्दलाई हातपात गर्दै लगे, बुबा बिनोदले भने –कारण सोध्दा केही भनेनन् उल्टै हामीलाई पनि हातपात गरे ।”
राती १२ बजे दादागिरी शैलीमा भारतीय प्रहरी गर्नु र नेपाली यूवालाई लिएर जाँदा पनि सीमामा तैनाथ नेपाल प्रहरीले कुनै अवरोध नगर्नु आश्चर्यको विषय रहेको गाउँलेहरुको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक हेमराज घिमिरेले उक्त घटनाको विषयमा अनुसन्धान गर्दै जाँदा भारतमा भएको कुनै अपराधीक घटनाको छानबिन गर्ने क्रममा अभिनन्दलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर गएको पत्ता लागेको बताए ।
यस’bout सीमा क्षेत्रका सुरक्षा अधिकारीसँग समन्वय भइरहेको र छिट्टै थप कुरा बताउन सकिने उनले जानकारी दिए ।
सम्बन्धित समाचार
अशक्त र ज्येष्ठ नागरिकलाई घरैमा परिचयपत्र नविकरण
नुवाकोट पुगेर अग्रगामी युवा मोर्चाले बाढीपीडितलाई वितरण गर्यो राहत सामाग्री
मुस्लिम समुदायद्वारा जुमाका क्रममा रकम जुटाएरु बाढीपीडीतलाई सहयोग
बाढीमा मधेश प्रदेशका अझै १७३ जना सम्पर्क बाहिर
मोटरसाइकल चोर्न आएका चोर आफ्नै बाइक छाडेर भागे, चप्पल पनि घटनास्थलमै
रसुवा बाढी पीडितलाई सिन्धुली कारागारका कैदीबन्दीको सहयोग
अढाई महिनापछि बलात्कार आरोपी पक्राउ
प्रेम विवाहको दुई महिनामै सुमेदीको रहस्यमय मृत्यु






