प्रभु लाइफको आइपीओ सोमबारदेखी

काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सले मंसिर २९ गते सोमबारबाट आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

पुस २ गतेसम्म आवेदन खुला हुनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने पुस १३ गतेसम्म पनि भर्न सकिनेछ । प्रभु लाइफको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।

लगानीकर्ताले मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी