थपिए १०४४ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप एक हजार ४४ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ७ हजार ४१४ जनाको पिसिआर परीक्षण भएकामा एक हजार ४४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म १८ लाख २० हजार ६१८ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ४६ हजार ६९४ पुगेको छ । अहिले देशभर १२ हजार १४८ कोरोना सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा एक हजार २७१ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ३२ हजार ८७२ रहेको छ ।

काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ५४१ जना सङ्क्रमित थपिएका छन् । चौविस घण्टामा कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएसँगै मृतकको कूल सङ्ख्या एक हजार ६७४ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
बालेन शाह : साना कुरा गर्दै ठूलो सपना देखाउँदै