Friday, June 18, 2021
Home Breaking News नेकपा विवाद : गुटगत भेलामै व्यस्त शीर्ष नेता

नेकपा विवाद : गुटगत भेलामै व्यस्त शीर्ष नेता

,

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष चर्किएको बेला गुटगत भेलाले तीव्रता पाएका छन् । पार्टीभित्रको विवाद समाधान गर्न आन्तरिक छलफलमा जुट्नुपर्ने शीर्ष नेता नै ती गुटगत भेलामा व्यस्त छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गुटगत भेला, बैठक र छलफलले तीव्रता पाएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एकले अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि विवादले उग्र रूप लिएको थियो । विवाद समाधानका लागि यसबीच ओली र दाहालका बीचमा छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । दुवै समूह आआफ्नै अडानमा अडिग भएपछि विवाद बढ्दै गइरहेको छ ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनको नाममा र दाहाल–नेपाल समूहले पार्टीकै नाममा खुलेरै समूहगत भेला, बैठक र छलफल गरिरहेका छन् । केही समयअघि ओलीले प्रदेश १ का साथै काठमाडांैमा फाउन्डेसनको नाममा भेला गर्दै जनताको बहुदलीय जनवाद (जबज) को पक्षमा वडास्तरसम्म कमिटी गठन गर्दै अगाडि बढ्न निर्देशन दिएका थिए ।

काठमाडांैको भेलामा उपप्रधान एवं सचिवालय सदस्य ईश्वर पोखरेलसहितका शीर्ष नेताहरू सहभागी थिए । प्रधानमन्त्री निवास बालुवाटारमा प्रायः दिनहुँ गुटगत छलफल हुने गरेको नेकपा स्रोतले जनाएको छ । पछिल्लो समय बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरूसँग छलफल गरेका छन् ।

यता दाहाल–नेपाल समूहले समेत गुटगत भेला तथा बैठकलाई तीव्रता दिएका छन् । दाहाल निवास खुमलटारमा प्रायः दिनहुँ दलगत छलफल हुने गरेको छ । थापाथली क्याम्पसमा विद्यार्थीहरूको गुटगत भेला गरेका दाहाल–नेपाल समूहले पछिल्लो समय बिहीबार पेरिसडाँडामा बाग्मती प्रदेशको अगुवा नेताहरूको भेला गरेका छन् ।

बाग्मती प्रदेशमा रहेका जिल्लाका पार्टी जिल्ला इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरूको सहभागिता रहेको छ । पार्टीभित्रको पछिल्लो विवादबारे छलफल भएको सो भेलाले जिल्ला–जिल्लामा यस्तै गुट भेला, बैठक र छलफललाई तीव्रता दिने निष्कर्ष निकालेको छ । भेलालाई अध्यक्ष दाहालका साथै वरिष्ठ नेता नेपालले सम्बोधन गरेका छन् ।

एकले अर्कोलाई कमजोर बनाउने उद्देश्यले आयोजित गुटगत भेलामा अर्को पक्षलाई गम्भीर आरोप लगाउने गरिएको छ । एकले अर्कोलाई पार्टी फुटाउनेसम्मको आरोप लगाउने गरेको नेकपा स्रोतको दाबी छ ।

नेकपा बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालले गुटगत भेलाको सुरुवात स्वयं प्रधानमन्त्री ओलीले गरेको आरोप लगाए । पेरिसडाँडा भेलामा सहभागी अध्यक्ष दाहालले पार्टीभित्रको पछिल्लो अवस्था के कस्तो छ भन्ने विषयमा नेताहरूबीच छलफल भएको स्वीकार गरेका छन् ।

२१ मंसिरको स्थायी कमिटी बैठकमा सहभागी नभएका प्रधानमन्त्री ओली २८ मंसिरको बैठकमा सहभागी हुने कि नहुने निश्चित छैन । तर गत बुधबार अध्यक्षद्वय ओली र दाहालका बीचमा छलफल भयो । दुई नेताका बीचमा छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले अध्यक्षद्वयका बीचमा सहमति गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए । एकले अर्कालाई आरोप लगाएर पार्टी विभाजन गर्नुभन्दा आपसमा सहमति गरेर पार्टी एकता जोगाउनु नै अहिलेको आवश्यकता रहेको उनले बताए ।

अध्यक्षद्वयका बीचमा सकारात्मक छलफलको सुरुवात भएको बताउँदै उनले २८ मंसिरको स्थायी कमिटी बैठक अघि सहमति हुने विश्वास व्यक्त गरे । बैठकबाटै दुवै अध्यक्षका प्रस्ताव फिर्ता वा खारेज गरेर साझा प्रस्ताव ल्याउने र अगामी केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन सक्ने अर्को विकल्प उनले सुझाएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रस्ताव खारेज हुनुपर्ने अडानमा छन् । तर, दाहालले सो प्रस्ताव सचिवालय हँुदै स्थायी कमिटीमासमेत पेस गरेपछि पार्टीभित्रको विवाद झन् चर्किएको छ ।

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नआउने अडान आफ्नो लिखित पत्रमार्फत स्थायी कमिटीलाई जानकारी गराइसकेका छन् । दुवै अध्यक्षले एकले अर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि दुवैलाई खारेज वा स्थगित गरी साझा प्रस्ताव तयार गर्नुपर्ने ओलीको अडान छ ।

तर अध्यक्ष दाहालसहित वरिष्ठ नेता नेपाललगायतका नेताहरूले दुवै प्रस्तावमा छलफल हुने र पार्टी बैठकले गर्ने निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने अडानमा छन् । पार्टीका शीर्ष नेता नै आ–आफ्नो अडानमा अडिग भएपछि विवाद बढ्दै जानुका साथै गुटगत भेलाले समेत तीव्रता पाएको छ ।

(Visited 305 times, 1 visits today)
Loading comments...

आजको समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

साताका लोकप्रिय समाचार

नेपाल एसियन कपको तेस्रो चरणमा, प्ले अफ खेल्नु नपर्ने

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले एसियन कपका लागि छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्दा अब प्ले...

वर्षायामसँगै कैलालीका नदीमा डल्फिन देखिन थाले

  धनगढी । वर्षायाम सुरू भएसँगै कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीका नदीमा देखिन्छन् । नदीमा पानीको सतह...

खुल्यो निषेधाज्ञामा कर उठाउने बाटो

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दीमै कर उठाउन बाटो खुला गरिदिएको छ । यसअघि निषेधाज्ञा खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र कर नतिरे...

को हुन् गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र ?

  पोखरा । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए ।...

राजमार्ग बन्यो, पुल बनेनन्, कोरोना संक्रमित २४ घण्टासम्म पनि अस्पताल पुग्न सकेनन्

  गुल्मी । गुल्मीको मालिका गाउँपालिका –७ घमिरका एक दम्पत्तिलाई जेठ २८ गते कोरोना पुष्टि भयो । जसमध्ये श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो...

ट्रेन्डिङ

हेलचेक्रयाइँ गरे फेरि लकडाउन

काठमाडौं । सरकारले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न अपनाउनुपर्ने सावधानी नअपनाई सर्वसाधारणले हेलचेक्रयाइँ गरे पुनः लकडाउन गर्ने तयारी गरेको छ ।...

बिल गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने, पारिवारिक गोप्यता भने कायम राख्ने सहमति

सिएटल, संयुक्त राज्य अमेरिका ।  विश्वका धनी व्यक्ति बिल गेट्स र उहाँकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गर्नुभएको छ । संसारको सबैभन्दा ठूलो परोपकारी कोष,...

सबै वडामा कोरोना संक्रमितको निगरानी अनिवार्य गर्नुपर्ने

तुलसीपुर । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका विषयमा तुलसीपुरमा वृहत छलफल भएको छ । कोरोना, चट्याङ, आगलागी र बाढीबाट बच्नका लागि गर्न सकिने पूर्व...

मेलम्ची बजारमा पहिरो : आठको मृत्यु, बरुवामा पहिरोले पुर्दा दम्पतीको मृत्यु

मेलम्ची । अविरल वर्षासँगै आएको पहिरोले मेलम्चीमा पुरीएका नौ कामदार मध्ये आठ जनाको शव फेला परेको छ । सोमबार बिहान आएको पहिरोले नौ कामदार...

पूर्व राजा ज्ञानेन्द्र पूर्वी पहाडी जिल्लामा

इलाम । पूर्व राजा ज्ञानेन्द्र शाह यतिखेर पूर्वी पहाडी जिल्लाको भ्रमणमा छन् । भ्रमणकै क्रममा आइतबार इलाम आएका पूर्व राजा ज्ञानेन्द्र एक रात बसेर...

मानव विहीन भए पर्यटकिय स्थल (फोटोफिचर)

काठमाडौं । लकडाउनको पाँचौँ दिन पाटन दरवार स्क्वायर परिसर सुनसान थियो । विश्व सम्पदा सूचीमा सुचिकृत सम्पदा अहिले मानव विहिन हुन पुगेको छ ।...

लकडाउनमा नाका सिल, तस्कर सक्रिय

बारा । कोभिड १९ ले गर्दा भारतसँग सिमा जोडिएका सम्पुर्ण नाकाहरु पुर्ण रुपमा बन्द गरिएको छ । दुई देशमा आवतजावत पुर्ण रुपमा बन्द भएपछि...

कोरोनाविरुद्ध सर्तकता : १५ दिनसम्म हाट बजार नलाग्ने

बर्दिया । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न यहाँ विशेष सर्तकता अपनाइने भएको छ । कोरोना भाइरससंक्रमणको रोकथाम तथा नियन्त्रणको लागि १६ बुँदे...

बैतडीमा क्वारेन्टाइनमा बस्नेको संख्या दिनप्रतिदिन बढ्दै

बैतडी । बैतडीमा भारतबाट आएर क्वारेन्टाइनमा बस्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतमा लकडाउन खुकुलो हुँदा भारतमा रोजगारी गर्न गएका नेपाली नागरिक धामाधम...

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौं । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल...

पुष्पकमल दाहाल प्रचण्डकी श्रीमति सीता दाहाल अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनि पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सीता दाहाल अस्पताल भर्ना भएकी छन् । प्रेसर, सुगर र पार्किन्सनको रोगी...

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)