प्रताप दास र कविताले ल्याए गोधुली…

काठमाडौं । गायक प्रताप दास र गायिका कविता श्रेष्ठको स्वरमा नयाँ गीत गोधुली–श्रोता दर्शकमाझ आएको छ । यो गीतको भिडियोलाई शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजेश कुमार श्रेष्ठको शब्द संगीतमा तयार भएको गीतलाई अमूल कार्कीले संगीत संयोजन गरेका हुन् । प्रताप दासले आफूले गायका गीतहरूमध्ये गोधुली कर्णप्रिय बनेको बताएका छन् ।

भिडियोमा दिनेश पाख्रिनको निर्देशन र दिक्षा पाख्रिनको कोरियोग्राफी रहेको छ । गीतको भिडियोलाई भुइसल लामाले निर्माण गरेका हुन् । गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागाईंको छायांकन रहेको छ ।

भिडियोमा नव प्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको छ । प्राकृतिक सौन्दर्यसहितको लोकेसनमा खिचिएको गीतमा नव प्रतिभा ज्ञानीमाया र हेरुकालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

नव प्रतिभा ज्ञानीमायाले तामाङ गीत संगीतसँगै नेपाली गीत संगीतमा पनि बिस्तारै आफ्नो दायित्व बढाउनेगरी भिडियोमा अभिनय गरेको बताएकी छन् । दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी कलाकार भुइँसाल लामाले भिडियो निर्माणसँगै बिस्तारै फिल्म निर्माणको तयारी रहेको समेत बताएकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 866 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ