Friday, April 23, 2021
Home प्रदेश प्रदेश ३ नौ महिनापछि काठमाडौँ–दिल्ली उडान

नौ महिनापछि काठमाडौँ–दिल्ली उडान

,

काठमाडौँ । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन् । नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण विसं २०७६ चैत १० ९२३ मार्च सन् २०२०० गतेदेखि काठमाडौँ–दिल्ली उडान स्थगित भएको थियो । कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब छ महिनापछि गत भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएको थियो । कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । यही मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।

भारतीय दुतावासले जारी गरेको एयर ट्रान्सपोर्ट बबल अवधारणाअनुरुप नेपाल एयरलाइन्सले उडान सञ्चालनको सम्पूर्ण तयारीका साथ बुकिङ खुला गरिसकेको छ । भारतीय एयरलाइन्सले पनि आजदेखि काठमाडौँ उडानका लागि बुकिङ शुरु गरेको जनाएको छ ।

काठमाडौँ–दिल्ली हालका लागि आगामी पुस २ गतेदेखि दैनिक दुई उडान गर्नेगरी बुकिङ शुरु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्सले काठमाडौँबाट दिल्ली एक उडान र इण्डियन एयरले दिल्लीबाट काठमाडौँ एक उडान भर्नेछन् । यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ ।

भारतसहित नेपालबाट हुने सबै अन्तरराष्ट्रिय गन्तब्यमा उडान खुला गरिएको प्राधिकरणले जनाएको छ । अहिले बङ्गलादेश, भूटान र थाइल्याण्डले काठमाडौँ उडान गरेका छैनन् अरु सबै गन्तब्यमा उडान सञ्चालन भइरहेको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले १६ मुलुकका गन्तव्यमा अन्तररष्ट्रिय उडान भर्दै आएका छन् ।

निगमको तयारी तीव्र

नेपाल एयरलाइन्सले काठमाडौँ–दिल्ली उडानको तयारी तीव्र पारेको छ । नेपाल एयरलाइन्सको अन्तरराष्ट्रिय उडान गन्तब्यको व्यापारिक हिसाबले भारतका गन्तब्य निकै राम्रो मानिन्छ । लामो समय उडान नहुँदा निगमलाई आर्थिकरुपमा निकै घाटा भएको छ । सामान्य अवस्थामा काठमाडौँ–दिल्ली दैनिक दुई उडान हुन्थ्यो । कोभिड महामारीकैबीच अहिले दैनिक एक उडान हुन लागेको हो ।

नेपाल एयरलाइन्सको उडान समय काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ११ः२० का लागि उडान तालिका निर्धारण गरिएको छ । बिहान ११ः०० बजेका लागि उडान अनुमति मागेकामा २० मिनेट ढिलागरी भारतीय पक्षबाट उडान अनुमति दिएको नेपाल एयरलाइन्सले जनाएको छ । यो गन्तब्यको उडानमा नेपाल एयरलाइन्सका वाइडबडी ए–३३० र वाइडबडी ए–३२० जहाजले आलोपालो गरेर उडान भर्नेछन् । यात्रुको मागबमोजिम दुवै जहाजले उडान गर्ने योजना रहेको नेपाल एयरलाइन्सका प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिए ।

भारतले आयोजना गरेको बबेल अवधारणाबाट निगम निकै उत्साहित भएर उडानको तयारी सकेको भन्दै प्रवक्ता श्रेष्ठले भारतका अन्य दुई गन्तब्यमा पनि विगतमा झैँ उडान हुने अपेक्षा गरिएको बताए । निगमले भारतका तीनसहित सात देशका नौ गन्तब्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । कम्पनीसँग अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाज छन् । रासस

(Visited 144 times, 2 visits today)
Loading comments...

आजको समाचार

नेपालगञ्जमा बिरामीलाई बेड छैन, अक्सिजन अभाव हुन थाल्याे

राँझा ।  बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

कर्णालीमा फ्लोर क्रस गर्ने चार जनालाई एमालेको कार्वाही

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्नेे चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

साताका लोकप्रिय समाचार

आठ लाख भूमिहीन

काठमाडौं । देशभरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ । सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी...

कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी

पेरिस । विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको विवरण अनुसार...

तीनै दिन नेप्सेको लगातार नयाँ रेकर्ड

काठमाडौं । गत साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन दिन सेयर कारोबार भएको थियो । सेयर बजार सूचक नेप्सेले गत साताको तीनैदिन एकपछि अर्को...

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

वैशाखमा परेको हिउँले जुम्लाका स्याउ बगैंचामा क्षति

जुम्ला । जुम्लामा सामान्यतः पुस, माग, फागुन महिनामा हिउँ पर्छ । तर यो वर्ष वैशाखमा हिमपात भएको छ । मंगलवारदेखि पर्न थालेको हिउँले जुम्लाका...

ट्रेन्डिङ

अध्यादेश तरंग र सहयोगीको भूमिका

गत साता नेपाली राजनीतिका हिसाबले निकै उत्कर्षमय बन्यो । ऐतिहासिक हिसाबले पनि उक्त साता महत्वपूर्ण थियो नै । पाँच वर्षअघि आएको प्रलयकारी महाभूूकम्प र...

‘राष्ट्रपति कार्यालयले सांसदको निवेदन दर्ता गरेको भए मुलुकमा दुर्घटना हुन्थ्यो’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले राष्ट्रपति कार्यालयले संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ नेकपाकै ८३ जना सांसदहरुको...

थप २०५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार...

डडेल्धुरा अस्पतालका २ जना स्वास्थ्यकर्मी सेती नदिमा बेपत्ता

 डडेलधुरा । डडेल्धुरामा कार्यरत २ जना स्वास्थ्यकर्मी शनिबार सेती नदिमा नुहाउने क्रममा बेपत्ता भएका छन् । डोटी जिल्लाको शिखर नगरपालिका १० गगनानस्थित सेती निदीमा नुहाउने...

सप्तरीमा नवजात शिशु फालिएको अवस्थामा भेटिए

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक नवजात शिशु फालिएको अवस्थामा फेला परेका छन् । ह्युमपाईप भित्र जिवितै फालेको अवस्थामा फेला परेका एक नवजात शिशुलाई...

नेपालमा कोरोना संक्रमित २४ घण्टामा ५ सय २ जनामा सीमित

काठमाडौं । विगत २४ घन्टामा ५०२ संक्रमित थपिएका छन् । ३ हजार १ सय १२ जनाको पीसीआर टेस्ट गर्दा २ सय ४ जना महिला...

आईओसीद्वारा ओलम्पिक कोष स्थापना

टोकियो । कोरोना भाइरस (कोभिड–१९)को महामारीविरुद्ध लड्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले ६ सय ५० मिलियन पाउन्डको कोष स्थापना गरेको छ । आईओसीको बोर्ड बैठकले...

संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल

ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताएकी छन् । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा...

बागमती प्रदेश सरकारको दुई वर्ष : ५० वटा ऐन निर्माण

मकवानपुर । बागमती प्रदेश सरकार स्थापनाको दुई वर्ष पुरा भएको छ । प्रदेश सरकारले यो दुई वर्षको अवधिमा ५० वटा ऐन निर्माण गरेको छ...

नक्कली स्वास्थ्यकर्मी पक्राउ

डडेल्धुरा । स्वास्थ्यकर्मीको परिचय बोकेर हिँड्ने दुई युवा पक्राउ गरेका छन् । लकडाउनको समयमा सवारी चेकचाज गर्ने क्रममा प्रहरीले दुई जनालाई नक्कली परिचयपत्र सहित...

जुम्ला कोरोना सङ्क्रमण मुक्त

जुम्ला । जुम्ला जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको...

समुदायस्तरमा कोरोनाको जोखिम बढेसँगै बाँकेमा निषेधाज्ञाको तयारी

कोहलपुर । जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि तीन दिनसम्मका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम अत्यधिक...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)