संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेलगत्तै अध्यक्ष दाहालले अध्यादेश असंवैधानिक भएको भन्दै तत्काल खारेजको माग गरेका हुन् ।

‘पार्टीहरूले पनि संसद अधिवशेन बोलाउन माग गरिहरहेको र संसद अधिवशेन नजिकै आइरहेको बेलामा जुन ढंगले अध्यादेश आएको छ । यो बदनियतपूर्ण छ। यसलाई तुरुन्तै खारेज गर्नुपर्छ’, उनले भनेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति