रौतहट । रौतहट बचत तथा ऋण सहकारी संघले आफ्नो २४ औ बार्षिक साधरण सभाको अबसर पारेर राजधानी दैनिकका रौतहट प्रतिनिधि रमेश तिमलसिनालाई सम्मान गरेको छ । सोमबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित साधरण सभामा पत्रकार तिमलसिनालाई प्रशंसा पत्र सहित सम्मान गरेको हो ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष समेत रहेका तिमलसिनालाई केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)का केन्द्रीय सदस्य घनश्याम अधिकारी र चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीले सम्मान गरेका थिए । सहकारी क्षेत्रमा कलम चलाएको कारण पत्रकार तिमलसिनालाई सम्मान गरेको आयोजक रौतहट बचत तथा ऋण सहकारी संघकी अध्यक्ष देबकी नेपालले बताएकी छन् ।
यसैगरी संघका संस्थापक अध्यक्ष कालिन्दी घिमिरे, निर्बतमान अध्यक्ष खडग बहादुर बम्जन,चन्द्रोदय साकोस र गणपति साकोसलाई सम्मानसहित प्रंशसा पत्र प्रदान गरिएको थियो । साधरण सभाका प्रमुख अतिथि समेत रहेका केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)का केन्द्रीय सदस्य अधिकारीले कानुन बिपरित कसैलाइ पनि सहकारी संस्था चलाउने छुट नभएको बताएका छन् ।
सहकारी संस्था बिधि र बिधानले चल्ने संस्था भएको हुदा बिधि र बिधान नाघेर संस्था चलाउने छुट नभएको उनको भनाइ थियो । केन्द्रिय सदस्य अधिकारीले बिधि र बिधानले चलेका सहकारीहरुलाइ पैसाको दुःख नहुने समेत बताए । त्यस्ता सहकारीलाई नेफ्स्कुनले सर्व सुलभ ब्याजदरमा ऋणको ब्यबस्था गरेको केन्द्रिय सदस्य अधिकारीको भनाइ थियो ।
त्यसैगरी चन्द्रपुर नगरपालिकाका नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले रौतहट बचत तथा ऋण सहकारी संघले गरेका कामहरुको प्रशंसा गरेका छन् । संघसंग सहकार्य भएर काम गर्न नगरपालिका तयार भएको नगर प्रमुख चौधरीले बताए ।
यसैगरी रौहतट बचत तथा ऋण सहकारी संघका निर्बतमान अध्यक्ष खडग बहादुर बम्जनले सघले गरेका गतिबिधिहरुलाई अझ तिब्र बनाउँदै लैजानु पर्ने बताएका छन् । कार्यक्रममा सर्लाही बचत तथा ऋण सहकारी संघका अध्यक्ष, बाबुराम घिमिरे तथा रौतहट संघका संस्थापक अध्यक्ष कालिन्दी कुमार घिमिरे, सल्लाकार बिभु पोखरेलले साधरण सभाको सफलताको शुभकामना दिएका थिए ।
रौतहट बचत तथा ऋण सहकारी संघकी अध्यक्ष देबकी नेपालको अध्यक्षतामा सम्पन्न साधरण सभामा अध्यक्ष नेपालले आफनो भावी रणनिति र संस्थाको प्रगतिको प्रतिबेदन पेश गर्नुभएको थियो । यसैगरी संघका कोषाध्यक्ष नरेन्द्र रानाले आर्थिक प्रतिबेदन र लेखा तथा सुपरिवेक्षण प्रतिबेदन लेखा समितिका संयोजक दिपक कुमार घिमिरेले पेश गएका थिए ।
संघका महासचिब देब बहादुर सापकोटाले संचालन गर्नुभएको उक्त कार्यक्रमलाई संघका सचिब वाल कुमार लामाले स्वागत मन्तब्य राखेका थिए । साधरण सभामा जिल्लाभरीका बिभिन्न सहकारी संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । यसैबिच सोही अबसरमा नेफ्स्कुनको संजाल समन्वय तथा सम्बन्ध गोष्टी पनि सम्पन्न भएको छ । उक्त गोष्टीको नेफ्स्कुनका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराइले सहजीकरण गर्नुभएको थियो ।






