काठमाडौं । एउटा गीत हिट भएपछि गायक गायिकाले त्यसको शृंखला ल्याउनेक्रम नेपालमा पनि मौलाएको छ । यस्तै, गायक शिव परियारले अघिल्लो गीत आँसुको अर्थ…को सफलतापछि यसको तेस्रो शृंखला ‘आँसुको अर्थ ३’ अन्तर्गत ‘तिमीले पो सक्यौ त…’ गीतको भिडियो सार्वजनिक गरेकी छन् ।
‘आँसुको अर्थ’ र ‘आँसुको अर्थ २’ गीतलाई दर्शक तथा श्रोताले मन पराए पछि ‘आँसुको अर्थ ३’ ल्याएको शिव परियारको भनाइ छ । आँसुको अर्थ…गीतको भिडियोलाई युट्युबमा २ करोड भन्दै बढीपटक हेरिसकिएको छ भने ‘आँसुको अर्थ २’ लाई ५२ लाखभन्दा बढी पटक हेरिसकिएको छ ।
यो गीतमा पनि विगतको जस्तै सञ्चारकर्मी रवि अधिकारीको शब्द रहेको छ । गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् । यो गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठले अभिनय गरेका छन् । उनको अभिनय मन छुने खालको छ । आँसुको अर्थमा जहाँ सकिएको थियो ‘आँसुको अर्थ ३’ को भिडियो त्यहीँबाट सुरु गरिएकको छ । भिडियोमा नायिका स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ । भिडियोलाई गायक परियार आफैंले निर्माण गरेका हुन् ।
यस भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । हरि हुमागार्इंको छायांकन र धमला विकासको सम्पादन रहेको यस गीतको भिडियोलाई गायक शिव परियारले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक छ ।






