थप ७४२ जनामा कोरोना पुष्टि, ७ जनाको मृृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६ हजार ३५१ जनाको परीक्षण गर्दा थप ७४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०७९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ४४ हजार ७४३ पुगेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ९७६ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ७ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १७९५ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

epaper

ताजा समाचार

मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक