आज नेकपा औपचारिक विभाजन हुने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आज मंगलबारबाट औपचारिक रुपमा छुट्टिने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहले समानान्तर केन्द्रीय कमिटी बोलाएपछि नेकपा औपचारिक विभाजन हुने पक्का भएको हो ।

दुबै पक्षले एक अर्कालाई कार्वाही गर्ने उद्घोष समेत गरेका छन् । ओली पक्षले पुष्पकमल दाहाल प्रचण्ड र नेपाल प्रचण्ड पक्षले ओलीलाई कार्वाही गर्ने उद्घोष गरेको छ ।

मंगलबार बस्ने दुवै पक्षको केन्द्रीय कमिटी बैठकपछि पार्टी विभाजनले औपचारिकता पाउने पार्टीकै नेताहरुको भनाई छ ।
ओली पक्षले बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटार र प्रचण्ड–नेपाल पक्षले दिउँसो १ बजे कार्की बेंक्वेट बबरमहलमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । नेकपामा ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा कांग्रेसले खोल्यो खाता