विभाजित नेकपाका दुबै समूहको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै समूहको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक आज बस्दैछ । केपी ओली समूहको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र दाहाल-नेपाल समूहको बैठक बबरमहलस्थित पार्टी प्यालेसमा बोलाइएको छ ।

ओली समूहको बैठकमा महाधिवेशन तयारी लगायतका विषयमा कुराकानी हुने बताइएको छ । सो समूहले मंगलबार विधान तथा पार्टी प्रवक्ता परिवर्तन गरेको थियो ।

दाहाल(नेपाल समूहले दुई अध्यक्ष पुष्पकमल दाहाल र माधब नेपालको बरियता तोक्ने र प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन अघि बढाउने विषयमा छलफल गर्ने बताइएको छ । साथै पार्टी पदाधिकारीसमेत चयन गर्ने तयारी छ ।

दुबै समूहले आफुलाई आधिकारिक दावी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । दुबैले चुनाव चिन्ह सूर्यमा दावी पेश गरेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नुवाकोटको बेलकोटगढी नगरपालिका –११ मा कांग्रेसको प्यानल नै बिजयी