Thursday, April 22, 2021
Home प्रदेश प्रदेश ३ ‘मातातीर्थको जग्गा : कैफियत छैन, भूमिहीन र जोताहाको पक्षमा छ’

‘मातातीर्थको जग्गा : कैफियत छैन, भूमिहीन र जोताहाको पक्षमा छ’

,

काठमाडौँ । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मातातीर्थ, महादेवस्थान, सतुङ्गल इचङ्गुलगायत क्षेत्रको जग्गा दर्ता गर्ने आफ्नो सरकारको पालामा गरिएको निर्णयमा कुनै कैफियत नरहेको प्रष्ट्याएका छन् । डा भट्टराईले लामो समयदेखि मोहीले कमाउँदै आएको हालको नेपाल ट्रष्टको नाममा रहेको जग्गा दर्ता गरिदिने उक्त निर्णय भूमिहीन र जोताहा किसानको पक्षमा रहेको बताए ।

तत्कालीन राजा महेन्द्रले फर्माइस विर्ता प्रथाअनुसार गरिब किसानलाई मोही बनाएर वितरण गरिएको जग्गापछि नेपाल ट्रष्टको नाममा ल्याइएता पनि उक्त जग्गा पूर्व राजपरिवारको नभएकाले वास्तविक जोताहा मोहीको नाममा जग्गा दर्ता गर्नका लागि तत्कालीन मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरेको पूर्वप्रधानमन्त्री भट्टराईले आजको प्रतिनिधिसभालाई जानकारी गराए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दुई वर्षे उपलब्धिको विषयमा यही फागुन ३ गते प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मातातीर्थलगायतको जग्गा सरकारले फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको जानकारी गराएका थिए ।

सोही विषय कोट्याउँदै डा भट्टराईले तथ्य प्रमाणअनुसार गरिएकाले उक्त निर्णय गलत नभएको जिकिर लिए । उनले यो जग्गा माफियाले चलखेल गरेको ललिता निवास प्रकरणजस्तो नभएको प्रष्ट पारे । डा भट्टराईले भने, ‘हामीले पनि जानेर नजानेर अन्त्यमा केही निर्णय गर्न पुग्यौँ, त्यो अलग्यै विषय हो, विल्कुलै भूमाफिया र केही व्यक्ति, सरकारी र कर्मचारीतन्त्रका मानिसले गरेको एउटा लुटै थियो, त्यो फरक प्रसङ्ग हो, त्यसबारे प्रक्रियामा गइसकेको हुनाले टुङ्गो लाग्ला ।’ उनले ललिता निवासको विषय भने आफूले पछि मात्रै थाहा पाएको जिकिर गरे ।

उनले मातातीर्थको विषयलाई ललिता निवास प्रकरणसँग जोड्न नहुनेमा जोड दिए । पछिल्लो समयमा विभिन्न आशङ्का उब्जिएकाले आफूले त्यसलाई प्रष्ट पार्ने प्रयास गरेको बताए ।

डा भट्टराईले राजा महेन्द्रको पालामा फर्माइस विर्ता प्रथा रहेको र विसं २०१६ मा विर्ता उन्मूलन भए पनि उन्मूलन नभएकाले राजा महेन्द्रले २०२६ सालमा राजपत्रमा जारी गरी पुनः दर्ता खुला गरेको बताए । उक्त सूचनामा राजाले ‘हाम्रो हक परित्याग गरेका छौँ, त्यो रैकर हुने छ त्यसलाई रैकरमा दर्ता गरियोस्’ भनेर उल्लेख भएको डा भट्टराईले बताए । त्यस समयमा विभिन्न कारणले विपन्न परिवारका सदस्यले जग्गा दर्ता गर्न नपाएकोसमेत उनले बताए ।

विसं २०४६ मा राजाको स्वकीय सचिवालयका केही सदस्यले दर्ता नगराएको प्रसङ्ग जोड्दै उनले विसं २०६७ मा नेपाल ट्रष्ट ऐन आयो । त्यो बेला राजपरिवारमा भएको जग्गा स्वतः नै ट्रष्टमा जान्छ भनेर सबैले एकमतले निर्णय गरेको समेत उनले जानकारी दिए । उनले भने, ‘त्यो रैकर भइसकेको जग्गा थियो, त्यो राजाको नाममा गलत ढङ्गले दर्ता गरिएको थियो, त्यसैले पीडित किसानले उजुरीसमेत गरेका थिए ।’

महान्यायाधिवक्ताको कार्यालयले २०६७ सालमा महत्वपूर्ण प्रतिवेदन बनाएको र त्यसैको सबैले अनुशरण गरेको उल्लेख गर्दै उनले आफ्नो सरकारले समेत सोही प्रतिवेदनको अनुशरण गरेको बताए ।

उक्त प्रतिवेदनमा हाल ट्रष्टमा आएका भनिएका जग्गा कुनकुन जग्गा वास्तविक ट्रष्टका हुन् वा हैन भन्ने विषयमा कानूनीभन्दा नीतिगत प्रश्न रहेको देखिँदा नेपाल सरकारले नीतिगत निर्णय गर्नुपर्ने देखिन्छ भन्ने उल्लेख रहेको डा भट्टराईले बताए ।

भूमिसुधार मन्त्रालयले २०६८ सालमा बनाएको अर्को समितिले पनि सोही प्रतिवेदनलाई आधार लिएको र पछि कानून मन्त्रालयको राय माग्दा पनि सोहीअनुसार नै राय दिएको डा भट्टराईले बताए । ‘त्यस कारण विसं २०६९ भदौ १ मा आफूले जानी बुझी नै उक्त निर्णय लिएको हुँ’, डा भट्टराईले थपे । उनले मालपोत कार्यालय कलङ्कीले पनि कार्यविधि पूरा गरेको देखिएको पछि तत्कालीन पुनरावेदन अदालतको आदेशमा देखिएको डा भट्टराईले बताए ।

तत्कालीन समयमा गोरखापत्रमा समेत सार्वजनिक सूचना जारी भएको र स्वयं ट्रष्टले पनि सूचना जारी गरेको उनको भनाइ थियो । त्यहाँ रहेको जग्गामा भूमाफियाले लाभ लिएको नभई वास्तविक पीडितले लिएको उनको जिकिर थियो । यो विषयमा नेपाल ट्रष्टलाई थाहा छैन भन्नु अर्थहीन कुरा भएको डा भट्टराईको भनाइ थियो ।

डा भट्टराईले तत्कालीन पुनरावेदन अदालतल पाटनले समेत मालपोत कार्यालय कलङ्कीको निर्णण अन्यथा नभनेको प्रसङ्ग जोड्दै त्यसमा जग्गा मिचेको भन्ने नदेखिने भनेकाले जोताको किसानको नाममा दर्ता हुनु राजनीतिक रुपमा सही छ भने । उनले आफूले कुनै कैफियत नगरेको दाबी गरे ।

आशङ्कातिर जान नहुनेमा जोड दिँदै उनले देशमा भ्रष्टाचार क्यान्सर रोगझै फैलिरहेको अवस्थामा सामूहिक उपचार गर्नुपर्ने बेला एक अर्कालाई दोषारोपण गर्नु गलत भएको बताउनुभयो । सबैलाई दोष लगाउँदा वास्तविक चोर उम्कन सक्नेतर्फ उहाँले ध्यानाकर्षण गराए । यसलाई विषयान्तर गर्न खोजिएको भन्दै उनले वर्तमान समयमा आफूलगायत सबैको सम्पत्ति छानबिन गर्ने बेला आएको समेत बताए ।

संविधान संशोधनका विषय बाहिर आएको कुरा जोड्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र समानुपातिक संसद्को व्यवस्था गर्नका लागि संविधान संशोधन जरुरी रहेको बताए । –नारायण ढुङ्गाना/सुशील दर्नाल

(Visited 187 times, 1 visits today)
Loading comments...

आजको समाचार

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

नौ महिनामा व्यापार घाटा १० खर्ब

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

साताका लोकप्रिय समाचार

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

सर्वदलीय बैठकको निष्कर्ष : एमसीसी अघि बढाऊ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी प्रमुख दलका नेताहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) अघि बढाउनुपर्नेमा जोड दिएका छन्...

नवनिर्वाचित पत्रकारले गरे पदस्थापन

सप्तरी, राजविराज । पत्रकार महासंघ शाखा सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सोमबार एक कार्यक्रमको आयोजना गरि पदस्थापना गरिएको छ । राजविराजस्थित शाखाको सभाकक्षमा आयोजित कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष...

कर्णाली प्रदेशः मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको व्हीप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावको सामना गर्दैछन । मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले कर्णाली संसदीय दलले व्हीप जारी...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

ट्रेन्डिङ

गुल्मीमा ३८९ जनाले जिते कोरोना, संक्रमितको सङ्ख्या न्यून

गुल्मी । गुल्मीमा हालसम्म ३८९ जनाले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार जिल्लाका सबै स्थानीय तहमा कुल ४२५ संक्रमित भएमध्ये ३८९...

भारत र चीनले प्रतिनिधिसभा विघटनको विरोध गरेनन्

काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटन भएको घटनालाई दुई छिमेकी राष्ट्र भारत र चीनले नेपालको आन्तरिक मामिला भन्दै थप टिप्पणी नगर्ने जनाएका छन् । उनीहरूले...

यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने

काठमाडौँ । काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा...

एमसिसी संसदबाट पारित हुने सम्भावना न्यून

काठमाडौं । विद्युत् प्रसारण लाइन र सडक सुधारका लागि अमेरिकाले नेपाललाई दिने ५० करोड अमेरिकी डलरबराबरको अनुदानसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता नेपालमा कार्यान्वयनको...

लयमा फर्कंदै लिभरपुल

लन्डन । लिभरपुल इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वेष्टह्यामलाई उसैको घरेलु मैदानमा एक गोलका विरुद्ध तीन गोलको...

रिपुमर्दिनी विद्यालयको अभिभावक दिवस सम्पन्न

काठमाडौं । नेपाली सेना कल्याणकारी योजना निर्देशनालयद्वारा सञ्चालित रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, बाँसबारीकोे १५ औ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भयो । ...

एउटा अध्यायको करिब करिब अन्त्य, बस्नेतले बालेका थिए– आशाको किरण

काठमाडौं । आजबाट सशस्त्र प्रहरी बलमा नेपाली सेनाको संख्या एक जना मात्रै बाँकी छ । संगठन स्थापनाताका नेपाली सेनाबाट सशस्त्र प्रहरीमा १ सय २०...

स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामाग्रि

राजविराज, सप्तरी । स्वास्थ्य सामाग्रिहरुको अभाव भइरहेको बेला राजविराज नगरपालिका कार्यालयलाई काठमाडौंस्थित एक गैरसरकारी संस्थाले बुधबार स्वास्थ्य सामाग्रि सहयोग गरेको छ । इम्प्याक्ट नेपाल काठमाडौंले...

दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु

कावासाेती ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा...

भिसासम्बन्धी बेलायत सरकारको नयाँ नीति, अदक्ष कामदारलाई भिसा नदिइने

लण्डन । बेलायत सरकारले सार्वजनिक गरेको नयाँ आप्रवासन योजनामा न्यून दक्षता भएका कामदारलाई भिसा नदिने बताएको छ । सो योजनामा बेलायतका रोजगारदाताहरूलाई सस्तो...

अनिश्चित समयका लागि डडेल्धुरा जिल्ला सदरमुकाम सिल

डडेल्धुरा । डडेल्धुरा जिल्लामा कोरोना संक्रमण बढेसंगै जिल्ला सदरमुकाम क्षेत्रलाई अनिश्चित समयका लागि सिल गरिएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना...

प्रदेश २ सरकारद्वारा दोस्रो चरणको राहत वितरण सुरु

सप्तरी, राजविराज । लकडाउनका कारण समस्यामा परेका विपन्नहरुका लागि प्रदेश २ सरकारले दोस्रो चरणको राहत वितरण कार्य सोमबार देखि सुरु गरेको छ । प्रदेश २...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)