दाह्री गुरुजीको करामत

बैतडी दोगडाकेदार गाउँपालिका–७ खोचलेकका जयसिंह ऐरीले गाडी चलाउन थालेकै ३० वर्ष पुग्यो । तीन दशकको ‘ड्राइभिङ’ यात्रा गजवको छ । उनी ‘दाह्री गुरु’बाट चर्चित छन् । ११ वर्ष भारतमा गाडी चलाएका जयसिंह त्यहाँ ‘दाह्री उस्ताज’ भनेर चिनिन्थे । उनले एकपटक किरिया बस्दाबाहेक कहिल्यै दाह्री खौरेनन् ।

जयसिंह अहिले ५२ वर्षका भए । ‘१२ वर्षको छँदा बुबासँग भारतीय बजार झुलाघाट गएको थिएँ, उतिबेला त्यहाँ रोकिराखेको जीप देखेको थिएँ,’ उनी भन्छन्, ‘त्यो जीप चारैतिरबाट मुसारेर आएँ । बेलाबेला त्यो गाडी भएको ठाउँमा गइरहन मन लागिरह्यो । सानै भए पनि यो गाडी चलाउन पाए हुन्थ्यो भन्ने मनमा लागेको थियो ।’

पहिलो चोटी गाडी देखेका उनी झुलाघाटबाट फर्केपछि पनि डाँडा ढल्किदाँसम्म फर्किफर्कि गाडीलाई हेरिरहन्थे । त्यतिबेलै उनले भविष्यमा ‘गाडी चलाउन पाउँ’ भनी प्रार्थना गरे । त्यसको तीन वर्षपछि जयसिंह भारत हानिए । पन्ध्र वर्षको छँदा भारत गएका जयसिंहले ६ वर्ष भारतमा चौकीदारी गरे । त्यसपछि उनले गाडी लाइनमा काम थाले । गाडीमा एक वर्ष सहचालक भए । त्यसपछि मात्रै उनले गाडी चलाउन पाए । ११ वर्ष भारतमा रहँदा उनले ठुला ट्रक–बसदेखि साना गाडीसम्म चलाए । भारतको राजधानी नयाँदिल्लीबाट विभिन्न ठाउँमा गाडी चलाउँथे । सुरुको तलब थियो, ३७५ भारु ।

जयसिंह पत्नीसहित भारतमै बस्थे । त्यहाँ रहँदा तीन छोरा र दुई छोरी जन्मिए । स्वदेश फर्किएको भोलिपल्टै जिल्लामा भर्खरै खनिएको सदरमुकामको सडकमा गाडी चलाउने मौका पाए । उतिबेला उनको मासिक तलब तीन हजार पुग्यो । अहिले जयसिंह पन्ध्र हजार तलब खान्छन् । ३० वर्ष गाडी चलाए पनि उनले गाडी भने किनेनन् । ‘आफ्नै गाडी किनेर चलाउने भन्दै भारतबाट फर्केको हुँ तर उतिबेला संकटकाल थियो । आँखैअघि एक–दुई गाडी जलाएको देख्नुप-यो, त्यसपछि गाडी किन्ने सोच नै हटाएँ,’ उनी सम्झन्छन् ।

भारतको राजधानी नयाँदिल्लीबाट विभिन्न ठाउँमा गाडी चलाउँथे । सुरुको तलब थियो–३ सय ७५ भारु

जयसिंह आफ्नो गाडीमा चड्नेलाई मख्ख पारेर यात्रा गराउँछन् । ‘दाह्री गुरुजी’को गाडीमा यात्रा गर्नेलाई उनी डेउडा, टुक्का, रमाइला घटना सुनाएर मक्ख पार्छन् । जयसिंहले लामो र छोटो दूरीका सबै गाडी चलाएका छन् । तर, अहिलेसम्म चलाएका गाडी सामान्य दुर्घटनासमेत भएका छैनन् ।

‘एउटा गाडी ब्रेक छैन भनेर चलाउँदा चलाउँदै आधा बाटोबाटै साहुलाई बुझाएँ तर साहुले अर्कै ड्राइभरलाई त्यो गाडी चलाउन दिएको ६ दिनपछि दुर्घटना भएछ,’ उनी भन्छन्, ‘पाँचजनाको निधन भयो । तर, मेरो हातबाट अहिलेसम्म दुर्घटना नभएकोमा आफूलाई भाग्यमानी ठान्छु ।’ उनका एक छोरा नेपाली सेना र अर्को प्रहरीमा कार्यरत छन् । एक छोरी डिग्रीमा अध्ययन गछिन् भने एक छोरा र एकछोरी कक्षा १२ मा छन् । श्रीमतिको भने १० वर्षअघि नै निधन भएको थियो ।

अझै पूरा ८ वर्ष गाडी चलाउने उनको धोको छ । ६० वर्षको उमेरसम्म मात्रै लाइसेन्स नवीकरण गर्न पाइने भएकाले उनी गाडी चलाउन पाइने पूरै अवधि यही पेसामा रमाउन चाहान्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालीकोटका नौवटै पालिकामा विप्लव नेतृत्व नेकपाले दियाे उम्मेदवारी