चिनियाँ विशेष प्रतिनिधिमण्डल राजनीतिक भेटवार्तामा

काठमाडौं । हिजो आइतबार चार दिने नेपाल भ्रमणमा आएको चिनियाँ विशेष प्रतिनिधिमण्डल आज राजनीतिक भेटवार्तामा जुटेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि (नेकपा) मा देखिएको विवाद’bout बुझ्न आएको उक्त प्रतिनिधिमण्डल राजनीतिक भेटवार्तामा जुटेको हो ।

चिनियाँ टोलीले आज नेता माधवकुमार नेपाल र पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछ । ४ दिने भ्रमणमा आएको टोलीले विभाजित नेकपाका दुवै घटकसँग भेटवार्ता गरेर एकता र सहकार्यका पहल गर्दै चिनियाँ सरोकार राख्ने बताइएको छ ।

टोलीको कम्युनिष्ट पार्टीबाहेकका प्रतिपक्षी र अरू दलका प्रतिनिधिसँग भेटघाट हुने’bout खुलाइएको छैन । प्रतिनिधिमण्डलको भेटघाट कार्यक्रम भने गोप्य राखिएको छ । विशेष प्रतिनिधिमण्डलले हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको चन्द्रकोटमा गठबन्धनका अध्यक्ष/उपाध्यक्ष विजयी