जुम्लाको बन्द विद्यालयमा भिषण आगलागी, डेढ करोडको क्षति

सांकेतिक तस्वीर

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर २ जर्मीस्थित भवानी आधारभुत विद्यालयमा आगलागी भएको छ । सोमबार बिहान साढे १० बजे अकस्मात आगलागी भएको तातोपानी २ का वडा अध्यक्ष कृष्ण बुढाले जानकारि दिए ।

आगलागीबाट कार्यालय नै ध्वस्त भएको उनले बताए । सोलारको व्याट्रीबाट आगलागी भएको अनुमान गरिएको छ । ‘गत चैतबाट विद्यालय बन्द थियो, भित्रबाटै आगलागी भएको हो’, उनले भने । ‘तीन साताअघि विद्यालयमा सोलार जडान गरिएको थियो, ब्याट्रीबाटै आगलागी भएको हाम्रो अनुमान छ । भएको आगलागीबाट करिव डेढ करोड बराबरको क्षति अचानक विद्यालयमा आगलागी भएको हो ।’ कार्यालयसहित दुई कोठा पुर्ण रुपमा ध्वस्त भएको वडा सचिव तेज बहादुर रावलले बताए । ‘कार्यालय भित्रका सबै कागजात, भौतिक सम्पती सबै खरानी भयो, विद्यालय नजिक पानीको मुहान नहुँदा हेरेर बस्ने बाहेक विकल्प थिएन’, वडा सचिव रावलले भने ।

तर स्थानीयले आगलागीप्रति शंका गरेका छन् । आगो स्थानीयवासी र प्रहरीको सहायताले नियन्त्रणमा लिईएको थियो । सुख्खा मौषम र विद्यालय नजिकै ठुलो पानीको स्रोत नहुँदा आगो नियन्त्रणमा कठिनाई भएको स्थानीय ससिला बुढाले बताइन् । उक्त विद्यालय २०६८ सालमा स्थापना भई २०७० सालमा जिल्लाकै दोस्रो नमुना विद्यालय घोषणा भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 465 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ