निगमको नाफा अघिल्लो वर्षभन्दा ४ अर्ब १२ करोडले वृद्धि

काठमाडौं । नेपाल आयल निगमको नाफा अघिल्लो वर्षको भन्दा ४ अर्ब १२ करोड रुपैयाँले बढेको छ । कोभिड महामारीका कारण देशभरि गरेको लकडाउनले गतआर्थिक वर्षको करिब साढे चार महिनामा निगमको इन्धन कारोबार ठप्पैजस्तै भएको थियो । त्यसका बाबजुद पनि निगमको अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को तुलनामा ४ अर्ब १५ करोड नाफा बढेको हो । यसैगरी निगमले अघिल्लो वर्षको भन्दा निगमले सरकारलाई १ अर्ब ३५ करोड रुपैयाँ बढी राजस्व तिरेको छ ।

निगमका अनुसार आर्थिक वर्ष २०७६-७७ मा निगम १२ अर्ब ८७ करोड रुपैयाँ नाफामा पुगेको छ । यसैगरी, १५ अर्ब २९ करोड रुपैयाँ सरकारलाई राजस्व बुझाएको छ ।

निगमले पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि ढुवानी खर्च घट्नुका साथै निगमले नाफाको रकम पूर्वाधार विकासमा खर्च गरी बचेको रकमलाई निक्षेपमा लगानी लगाई ब्याजमा समेत आर्जन गरी आप्mनो मुनाफामा बढाउन सफल भएको निगमले जानकारी गराएको छ ।

निगमको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५-७६ मा ८ अर्ब ७५ करोड नाफामा गरेको थियो । सोबाट ४ अर्ब १२ करोड रुपैयाँ नाफा बढाएर आर्थिक वर्ष २०७६-७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ नाफामा पु-याउन निगम सफल भएको हो । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अघिल्लो वर्षको नाफा रकमलाई ब्याज लगाई र पाइपलाइनमार्फत डिजेल आयातले ढुवानी खर्च कम गरी कोभिडको महामारी अवस्थामा पनि निगमलाई नाफा ल्याउन सफल भएको बताए ।

पौडेलले निमगलाई नाफामा ल्याउनेसँगै राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुग्नेगरी १५ अर्ब २९ करोड राजस्व तिरेको बताए । उनले निगमको नाफा रकमलाई ब्याजमा लगाई १ अर्ब ७७ करोड आम्दानी बढाएको बताए । कार्यकारी निर्देशक पौडेलका अनुसार अघिल्लो वर्षको नाफा रकमको ब्याजमार्फत ७६ करोड ५६ लाख रुपैयाँ आम्दानी बढेको थियो भने यसवर्ष नाफा रकमको ब्याजबाट १ अर्ब ७७ करोड रुपैयाँ आम्दानी बढाएको छ ।

यसैगरी, पौडेलका अनुसार पाइपलाइनबाट डिजल आयात गर्दा डिजल ढुवानी भाडा खर्च १ अर्ब ४७ करोड बचत भएको छ । अघिल्लो वर्ष निगमको इन्धन ढुवानी भाडा खर्च ५ अर्ब ६५ करोड रुपैयाँ भएको थियो भने यसवर्ष इन्धन ढुवानी भाडा घटेर ४ अर्ब १८ करोड रुपैयाँ मात्र खर्च भएको छ ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष इन्धन ढुवानी भाडा कम भई १ अर्ब ४७ करोड रुपैयाँ बचत भएको हो । निर्देशक पौडेलले पाइपलाइनमार्फत डिजेलको आयात र कोरोनाका कारण विगतको भन्दा पेट्रिलियम पदार्थको आयात कम भएकाले पनि ढुवानी खर्च गत वर्षभन्दा कम भएको जानकारी दिए ।

पाँच वर्षमा नेपाल आयल निगमको नाफा
आर्थिक वर्ष नाफा
२०७२-७३ १९ अर्ब ३६ करोड रुपैयाँ
२०७३-७४ ९ अर्ब ४५ करोड रुपैयाँ
२०७४-७५ ३ अर्ब ५८ करोड रुपैयाँ
२०७५-७६ ८ अर्ब ७५ करोड रुपैयाँ
२०७६-७७ १२ अर्ब ८७ करोड रुपैयाँ
स्रोत: नेपाल आयल निगम

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा मेयरको निर्णय : फोहोर व्यवस्थान आजैदेखी