Saturday, April 17, 2021
Home Not-to-be-missed महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

,

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैतमा हुने निर्वाचनको मिति नजिकिएसँगै अहिले व्यवसायीबीच चुनावी महोल तात्न थालेको छ । सो निर्वाचनका लागि महासंघमा आबद्ध व्यवसायीले अहिले धमाधम आगामी वरिष्ठ उपाध्यक्षमा भिन्दाभिन्दै समूह बनाएर आआफ्नो उम्मेदवारी घोषणा गर्ने क्रमले तीव्रता पाएको छ । जसका लागि व्यवसायीले आआफ्ना पक्षमा लबिङ गरिरहेका छन् ।

सोही तीव्रतासँगै महासंघको आगामी वरिष्ठ उपाध्यक्ष पदमा आईएमई ग्रुपका अध्यक्ष एवं व्यवसायी चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, चण्डीराज ढकाल, महासंघकै वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ, अन्य व्यवसायीहरू शशिकान्त अग्रवाल, साहिल अग्रवाल, कृष्ण ताम्राकार र लोकमान्य गोल्छालगायतको उपस्थिति थियो । सो कार्यक्रममा ६३ जिल्लाका जिल्ला अध्यक्ष तथा पाँच प्रदेशका प्रदेश अध्यक्षहरूको पनि उपस्थिति रहेको थियो । उनीहरूकै उपस्थितिमा ढकालले वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा उनले वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको पनि प्रशंसा गरेका थिए । ‘समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका ढकालले आगामी अध्यक्ष शेखर गोल्छालाई पनि सम्झिएका थिए । ‘महासंघको भावी अध्यक्षका रूपमा हामीले आगामी तीन वर्षका लागि एउटा डायनामिक नेतृत्वका रूपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं,’ ढकालले भने,’ उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशील समूह बन्नेछ । यो समूह महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकासँग नीतिगत डाइलगको क्षेत्रमा, सरोकारवाला र साझेदारहरूसँग साझेदारी गर्न सफल हुनेछ ।’

कार्यक्रममा सहभागी व्यवसायी एवं सम्बन्धित सरोकारवालाहरूबीच आफ्नो उम्मेदवारी घोषणा गर्दै ढकालले भने, ‘शेखर गोल्छाको डायनामिक व्यक्तित्वको नेतृत्वमा अब नयाँ समूह बन्दै छ । त्यो समूह बनेपछि एक÷एक जोडेर दुई होइन, ११ बन्नेगरी उहाँको नेतृत्वमा महासंघको गरिमा थप उचाइमा पु¥याउने काम गर्नेछौं ।’ उनले निजी क्षेत्रलाई बलियो र थप सशक्त बनाउनका लागि र राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले अहिले उद्योगी व्यवसायीले गरेको निर्णयले भोलि महासंघ थप सशक्त बन्ने र मुलुकको आर्थिक विकासमा सहयोग पु-याउने दाबी गरे ।

को हुन् ढकाल ?
नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति रहेका ढकाल यसअघि दुई कार्यकाल महासंघको कार्यसमितिको सदस्य भइसकेका सफल व्यवसायी हुन् । यसैगरी, उनी आईएमई गु्रप, ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिसहोम मिडिया प्रालिका प्रवद्र्धक पनि हुन् । त्यसैगरी, नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिका उपाध्यक्षको जिम्मेवारी वहन गरिरहेका ढकाल अहिले नेपालका लागि इन्डोनेसियाका अवैतनिक महावाणिज्य दूतसमेत हुन् । बागलुङ जिल्लाको सामान्य परिवारमा जन्मिएका ढकालले एउटा सहायकस्तरको जागिर छाडेर सबैभन्दा पहिले सानो लगानीमा कार्गो व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए । अहिले ढकालको जलविद्युत्, पर्यटन, सूचनाप्रविधि, ट्राभल्स एन्ड टुर्स, अटोमोबाइल र केबुलकारलगायतका करिब दुई दर्जनभन्दा बढी क्षेत्रको व्यवसायमा लगानी रहेको छ ।

(Visited 167 times, 1 visits today)
Loading comments...

आजको समाचार

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

साताका लोकप्रिय समाचार

च्याम्पियन्स लिगः सेमिफाइनल समीकरण पूरा

लन्डन । च्याम्पियन्स लिगको सेमिफाइनल खेल्ने टोली निर्धारण भएको छ । सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इग्लिस क्लब म्यान्चेस्टर सिटी तथा...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । कांग्रेसको सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । समसामयिक राजनीति, क्रियाशील सदस्यता विवाद समाधान र महाधिवेशनको कार्यतालिका फेरबदल लगायत...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

ट्रेन्डिङ

सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला : मन्त्री विश्वकर्मा

राजविराज । यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले वर्तमान सरकारले खेलकुदको विकासका लागि गाउँ गाउँमा खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताएका छन् । राजविराजमा...

जारको पानीको मूल्य बढाइयो

काठमाडौं । सरकारले पहिलो पटक उपभोक्तालाई मर्का पर्ने गरी प्रशोधित पिउने पानीको मूल्य निर्धारण गरेको छ । आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले...

पेटमा गर्भ रहेको हल्ला चलेपछि जाँताले हिर्काएर भतिजले गरे काकीको हत्या

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– ४ चारघरे गाउँकी धनमाया भुजेलको हत्या उनकै भतिजले गरेको रहस्य खुलेको छ । काकी भतिजविचको अवैध सम्बन्ध नै हत्याको...

कालोबजारी र जम्माखोरीविरुद्ध आक्रामक बन्दै प्रशासन

काठमाडौं । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा कालोबजारी, नाफाखोरी र जम्माखोरीविरुद्ध प्रशासनले आक्रामक कारबाही थाल्ने भएको छ । महाविपत्तिको समयमा कालोबजारी बढ्न सक्ने भएकाले...

पूर्वी नवलपरासीमा संक्रमितको संख्या १ सय १६ पुग्यो, शनिबार १७ जना थपिए

नवलपुर । पूर्वी नवलपरासीमा शनिबार थप १७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै नवलपुरमा संक्रमितको संख्या १ सय १६ जना पुगेको छ । १ सय...

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहद्वारा माइतिघरमा प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन सुरु गरेको छ । विरोध प्रदर्शनमा सबै केन्द्रीय सदस्य र...

नगर-गाउँसभा र नतिजामुखी कार्यान्वयन

संघ, प्रदेश र स्थानीय तह गरी तहगत संघीय संरचना निर्माण गरिएसँगै स्थानीय तहले नेपालको संविधानको धारा २१४, २२१ र २२६ अनुसार स्थानीय कार्यपालिका, नगर...

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ३ को मृत्यु, १० घाइते

पोखरा । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । ...

महिलाको शव व्यवस्थापन गर्न एम्बुलेन्ससहितको टोली भक्तपुरबाट गयो

भक्तपुर । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको शव व्यवस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली गएको छ । शव बोक्नका लागि एम्बुलेन्ससहितको टोली आज...

पोखराको मणिपालमा उपचाररत बिरामीमा कोरोना पुष्टि 

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत बिरामीमा कोरोना भेटिएको छ । दुर्घटनामा परी उपचारका लागि भर्ना गरिएका पर्वतका ३५ वर्षीय पुरुषमा कोरोना भाइरस...

मिचिएको भूमि फिर्ता लिन अन्तर्राष्ट्रिय अदालत जान सुझाव

काठमाडौं । भारतले मिचेको नेपाली भूमि फिर्ता नगरे ग्रेटर नेपालको मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालत जानुपर्ने माग तीव्र रूपमा उठ्न थालेको छ । भारतले पछिल्लोपटक...

खोलामा करेन्ट लगाई माछा मार्ने ९ जना प्रहरी नियन्त्रणमा

तनहुँ । अबैध रुपमा खोलामा करेन्ट लगाई माछा मार्नेहरु प्रहरी नियन्त्रणमा परेका छन्। जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. ४ सानोडुम्रे स्थित चुँदीखोलामा अबैध रुपमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)