Thursday, April 22, 2021
Home भर्खरै नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपाल जोखिममा

नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपाल जोखिममा

,

काठमाडौं । कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो ।

केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपि उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो या होइन भनेर जिन सिक्वेन्सिङ गरिएको छैन । नयाँ कोरोना भाइरस पहिलेको कोरोना भाइरसभन्दा तीव्र गतिमा सर्ने गरेको अध्ययनले पुष्टि गरेको छ । चिकित्सकका अनुसार नयाँ स्वरूपको भाइरस कडा प्रकृतिको भने होइन ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नयाँ स्वरूपको कोरोना भाइरस तीव्र गतिमा फैलिन्छ । उनले भने, ‘यो भाइरसले छिटो प्रभावित पार्छ । भारतसँगको खुला सिमानाका कारण नेपाल जोखिममा छ । जोखिम रोकथामका लागि सरकारले तीव्र तयारी गर्नुपर्छ ।’

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार भाइरसले पटक पटक म्युटेसन हुने र आफूलाई अपडेट गरिरहन्छ । उनले भने, ‘यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस होइन । भाइरस पटक पटक म्युटेसन हुन्छन् र आफूलाई अपडेट गरिरहन्छन् । यसअघि पनि २३ पटक नोबेल कोरोना भाइरसको म्युटेसन भएको थियो । कोरोना भाइरसको त ४ हजार पटकभन्दा धेरैपटक म्युटेसन भएको छ ।’ नयाँ स्वरूपको भाइरस निकै छिटो सर्ने भएकाले नियन्त्रण गर्न गाह्रो हुने बेलायती अधिकारीले बताएका छन् ।

भारतमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ । खुला सिमानाका कारण नेपाल जोखिममा छ । सम्भावित जोखिमलाई ख्याल गरेर तयारी थाल्नुपर्छ ।
– डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ

जनस्वास्थ्य विज्ञ डा. पाण्डेले भने, ‘यो प्रजातिको कोरोना भाइरस नेपालमा पनि आउन सक्ने सम्भावना छ । अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, दूरी कायम गर्ने, भीडभाडमा नजाने, भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने तथा हात नियमित रूपमा धुने गरेमा हामी यो भाइरसबाट बच्न सक्छौं । यसको घातक प्रभाव कम भएकाले डराउनुपर्दैन ।’ हाल सरकारले बेलायतबाट आवतजावत बन्द गरेको छ ।

दोस्रो लहरको खतरा
आत्मानुशासन नहुँदा कोरोनाको दोस्रो लहर आउने खतरा बढेको छ । व्यक्ति स्वयं सचेत नहुँदा र सरकारले हेलचेक््रयाइँ गर्नेमाथि कारबाही नगर्दा जोखिम थप बढेको हो । केही दिनयता परीक्षण घट्दा संक्रमितको संख्या घटेको देखिएको छ ।

अहिले दैनिकजसो प्रदर्शन, जुलुस र सभा गर्न थालिएको छ । जुलुसमा कुनै व्यक्तिमा संक्रमण देखिए आम व्यक्ति प्रभावित हुनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अझै कोरोना संक्रमणको उच्च जोखिममा रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जोखिम अझै कायम छ । उनले भने, ‘हिँड्दा, बस्दा र काम गर्दा एक अर्कालाई संक्रमणको आशंकामा राखेर मानिसबाट मानिसको दुरी कम्तीमा २ मिटर कायम गरौं । सधैं समुचित तरिकाले मास्क प्रयोग गरौं ।

हातको सरसफाइमा ध्यान दिऔं । हातले नाक, मुख र अनुहार छुने बानी हटाऔं ।’ उनले व्यक्तिको यस किसिमको बानी सुधार भए कोरोना संक्रमणबाट मात्र नभई धेरै किसिमका सरुवा रोगबाट बच्न सकिने बताए ।

बुधबार देशभर ५ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार ५ हजार १ सय १० जनाको पीसीआर परीक्षण भएको छ । बुधबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ६ सय जना उपचारपछि डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको छ ।

(Visited 307 times, 1 visits today)
Loading comments...

आजको समाचार

धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

साताका लोकप्रिय समाचार

माधव नेपाल समुहकाे ९ गतेकाे कार्यक्रम स्थगित

काठमाडाैं ।  नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले बिहीबार राखेको कार्यक्रम स्थगित गरेको छ । कम्युनिष्ट पार्टी स्थापनाको दिन (९ वैशाखमा) नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा...

कांग्रेसको निर्वाचन समिति संयोजकको जिम्मेवारी महादेव यादवलाई

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेव यादवलाई दिइएको छ । निर्वाचन समितिका संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा...

भारतबाट फर्केका पुरूषकाे काेराेनाबाट मृत्यु, एक सातामा पाँचकाे निधन

पर्सा ।  कोरोना सङ्क्रमणकै कारण पर्सामा आज फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४...

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै नेपालगन्ज

नेपालगन्ज । भारतमा दोस्रो चरणको कोरोना संक्रमण तीव्र रूपले फैलिएपछि त्यसको असर सीमावर्ती सहरमा पर्न सुरु भएको छ । पछिल्लो समय बाँकेमा अप्रत्याशित रूपमा...

ट्रेन्डिङ

साफ फुटबल बंगलादेशमा हुने

साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ...

चन्द पक्षसँगको सम्झौता पूर्ण कि अल्पविराम ?

श्रीप्रसाद प्रसाईं नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सरकारबीच भएको तीन बुँदे सम्झौताले भूमिगत रूपमा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको चन्द समूहलाई हालका लागि मूलधारको राजनीतिमा...

कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन : केसी

कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

छाडेकाे श्रीमानकाे खुकुरी प्रहारबाट मृत्यु

साेलुखुम्बु।   सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै...

गुल्मीका शिक्षकमा कोरोना देखिएपछि अस्पताल सिल

रुपन्देही । उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ । यही जेठ १...

स्याङ्जामा आइसोलेसनमा रहेका एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ४ एलादीका एक पुरुषको आइसोलेसनमा उपचारार्थ रहदै गर्दा मृत्यु भएको छ । असोज ५ गते भारतबाट आएका ४३ बर्षीय पुरुषमा...

बम विस्फोटको जिम्मा विप्लवले लियो

बाजुरा(मार्तडी) । चैत्र ३ गते जगन्नाथ गाउँपालिकाको गेट नजिकै बम विस्फोट गराएको जिम्मेवारी विप्लप समूहले लिएको छ । सरकारद्धारा प्रतिबन्ध गरेको नेत्र विक्रम...

कोरोनाले छिनेको खुसी : एकै परिवारका ३ जनाको मृत्यु

पोखरा । झण्डै एक शताब्दी उमेर बाँचिसकेका बाबु बिरामी परेपछि अस्पताल भर्ना भए । ४ छोरा र १ छोरीका पिता त्यसमा पनि नेकपा जिल्लास्तरमा...

कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

सुदूरपश्चिम । कोरोना सङ्क्रमित कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३...

कृषिमा बजेट सिलिङ ५ अर्ब घट्यो

काठमाडौँ । राष्ट्रिय योजना आयोगले कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ५ अर्ब रुपैयाँ घटाएर ३२ अर्बको बजेट सिलिङ पठाएको छ...

कोरोना त्रास : उच्च सतर्कता अपनाउन ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान, एकवल मियाँ,...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)