खाल्डोमा पुरिएका थारुको जीवित्तै उद्धार

दैलेखमा खाल्डोमा पुरिएका रेशम थारुलाई उद्धार गर्दै नेपाल प्रहरी ।

दैलेख । खाल्डोमा पुरिएका एकजनाको गएको बुधबार जिवित्तै उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरिक्षक राजेश कुमार तेलीको कमाण्डमा खटिएको १७ जना प्रहरी टोलीले ३५ बर्षिय रेशम थारुलाई खाल्डोबाट जिवित्तै उद्धार गरिएको हो ।

बर्दिया जिल्ला ठाकुर बाबा नगरपालिका ६ घर भएका थारु कामको शिलशिलामा दैलेख आएका थिए । जिल्ला सदरमुकाम दैलेखको नारायण नगरपालिका १ चारखम्ब स्थित दलबहादुर खत्रीको घरको खाल्डो निर्माण गर्ने क्रममा रेशम खाल्डोमा पुरिएका थिए ।

खाल्डोमा पुरिएका रेशमले टाउको मात्र देखिएको अवस्था खाल्डोमा पुरिएको अवस्थामा जिवित्तै उद्धार गरि स्वास्थ्य सेवा कार्यालय दैलेखमा पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । खाल्डोमा पुरिएका व्याक्तिलाई समयमै खबर हुँदा प्रहरी बचाउन सफल भएको स्थानीयबासी प्रभा विकले बताए ।

तर खाल्डोमा पुरिएका रेशम थारु भने खाल्डोमा माटो पुरिदा आफुले बाँच्ने आशा मरिसकेको बताए । ‘खाल्डोमा हल्का ढुंगा आउँदा बाहिर आउन प्रयास गरे । तर माटो ढिस्को पुरै पुरिदिएपछि बाँचिदैनकी जस्तो लागेको थियो । नेपाल प्रहरी मेरा लागि भगवान भैदिएको छ’, रेशमले भने ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नवनिर्वाचितको कार्यकाल आजबाट सुरु