खोप भित्रिएको सात दिनमा लगाउन सकिने

अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमण रोकथामविरुद्धको खोप प्राप्त भएको सात दिनभित्र लगाउन सकिने गरी आवश्यक पूर्वाधार तयारी अवस्थामा राखिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माइनस २० डिग्री सेल्सियस तापक्रममा राख्न मिल्ने खोप प्राप्त हुने अवस्था आए २० प्रतिशतलाई पुग्ने गरी सरकारी र निजी क्षेत्रका पूर्वाधार चालु अवस्थामा राखिएको छ ।

माइनस ७० डिग्री सेल्सियसमा राख्न मिल्ने खोप प्राप्त हुने अवस्था आए तीन प्रतिशत फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई पुग्ने गरी पूर्वाधार व्यवस्थापन गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोपका लागि चाहिने पूर्वाधार निर्माणको काम भइरहेको बताए । खरिद गरिएको खोप राख्न वेयर हाउस व्यवस्थापन गर्ने सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने योजना बनाएको छ ।

सरकारले कोभिड–१९ रोकथामविरुद्ध खोप आयात गर्ने तयारी तीव्र पारेको बताए पनि खोप आयातका लागि समय निक्र्योल हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ¥यापिड एक्सन प्लानमार्फत तयारी अघि बढाएको हो ।

कोभिड–१९ विरुद्धको खोप आयातका लागि खोप उत्पादन गरेका सातवटा देशमा डिप्लोमेटिक नोट पठाइएको छ । सरकारद्वारा गठित कोभिड भ्याक्सिन व्यवस्थापन सचिवालयका एक सदस्यका अनुसार नेपालले भारत, चीन, रसिया, अमेरिका, जर्मनी, अस्ट्रेलिया, बेलायतलगायतका देशलाई पत्र पठाएको छ । स्वास्थ्य मन्त्रालयका सचिव अर्यालले खोप आयात र प्रयोगका लागि औषधि र खोप प्रयोगसम्बन्धी संहिता पारित भएको जानकारी दिए । उनले भने, ‘कानुनी र व्यवस्थापनको पूर्वतयारी गरेका छौं । खोप उपयोगमा समस्या नआओस् भनेर औषधि ऐनमा संशोधन गरेका छौं ।’

– पूर्वाधार तयारी अवस्थामा
– निःशुल्क दिइने
– खोप राख्न वेयर हाउस व्यवस्थापनको काम बाँकी
– निजी क्षेत्रलाई आयातका लागि अनुमति दिइने

स्वास्थ्य सचिव अर्यालले भने, ‘गभर्मेन्ट टु गभर्मेन्ट प्रक्युपमेन्टका लागि पहिलो प्राथमिकताअनुसार २० प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउन अनुरोध गरेका छौं । यो सकारात्मक पहलका रूपमा विकास भएको छ ।’ उपचार व्यवस्थापन प्रभावकारी हुन सके मृत्युदर घट्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । कोभ्याक्समार्फत खोप आउन ढिलो भए निजी क्षेत्रलाई पनि आवश्यक पर्ने खोप आयातका लागि अनुमति दिने सरकारको तयारी छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या दिन प्रतिदिन घट्दै गएको छ । ६ कात्तिकमा सक्रिय संक्रमितको संख्या ४७ हजार सात सय ७०० पुगेकामा बिहीबार ६ हजार ३७८ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९१ हजार जनासम्म सक्रिय संक्रमित पुग्ने आँकलन गरेको थियो । मध्यम अवस्थामा ३९ हजारसम्म सक्रिय संक्रमित पुग्ने अनुमान गरिएको थियो । स्वास्थ्य मन्त्रालयका सचिव अर्यालका अनुसार कोरोना रोकथामका लागि ¥यापिड एक्सन प्लानअनुसार काम गरिएको छ । स्वास्थ्य सचिव अर्यालले भने, ‘हामीले माघ मसान्तसम्मको ¥यापिड एक्सन प्लान बनाइसकेका छौं । त्यसैअनुसार हामी अघि बढेका छौं । संक्रमण दर निकै घटेको छ ।’

सचिव अर्यालले दोस्रो लहरको जोखिम रोकथामका लागि आफूहरू लागिपरेको बताए । ७ मंसिरयता सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । यस्तै कोभिड–१९ विरुद्धको खोप आयातका लागि प्रक्रिया अघि बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार देशभर ५३४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ६ हजार जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १९ लाख ३२ हजार ४७७ पुगेको छ । बिहीबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८५६ पुगेको छ । हाल देशभर ३६२ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै देशभर बिहीबार २७२ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् । २३६ जना आईसीयू र ३६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश १ मा ११ जना आईसीयू र तीन जना भेन्टिलेटरमा, प्रदेश २ मा एक जना आईसीयू र दुई जना भेन्टिलेटरमा, बाग्मती प्रदेशमा ८६ जना आईसीयू र १९ जना भेन्टिलेटरमा, गण्डकीमा ६६ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५६ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १३ जना आईसीयू र एक जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा तीन जना आईसीयू र एक जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै देशभर हाल २ हजार ८७२ कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

कसरी प्रयोगमा आउँदै छन् कोरोनाविरुद्धको खोप ? 
हालसम्म विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्ध कुनै खोप सिफारिस गरेको छैन । खोप विज्ञका अनुसार विश्व स्वास्थ्य संगठनले सिफारिस गरेपछि मात्रै कोभ्याक्समार्फत भ्याक्सिन उपलब्ध हुन्छ । जसकारण पनि कोभ्याक्समार्फत नेपालमा खोप आउन केही ढिलाइ हुने देखिन्छ । नेपालको पूर्वाधार सुहाउँदो गुणस्तरीय खोप भिœयाउने सरकारको तयारी छ ।

तत्काल आवश्यक पर्ने कोभिडविरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई मात्रै भए पनि अमेरिकी फाइजर कम्पनीका खोप वितरण गर्ने पहल स्वास्थ्य मन्त्रालयले गर्दै आएको छ ।

विभिन्न देशले कोरोनाविरुद्धको खोप उत्पादन गरेर प्रयोगका लागि आफ्नै देशको नियामक निकायमार्फत अनुमतिसमेत पाइसकेका छन् । कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटी तथा औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले विकास गरेको खोपलाई यूके सरकारले आकस्मिक प्रयोग अनुमति दिएको छ । नेपालभित्र प्रयोग गर्न औषधि व्यवस्था विभागको अनुमति आवश्यक हुन्छ ।

यूकेको अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेका औषधि कम्पनीसँग मिलेर विकास गरेको खोप भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले बनाउँदै छ । सो खोपको प्रभावकारिता ७० देखि ९० प्रतिशत हुने बताइएको छ ।

कोभिड–१९ विरुद्ध विकास गरिएको फाइजर बायोएनटेक कोरोना भाइरस खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएपछि अमेरिकामा सर्वसाधारणले खोप लगाउन थालेका छन् ।

यस्तै मेलेसियन सरकारले फाइजर र बायोएनटेकद्वारा निर्मित खोपलाई मान्यता दिइसकेको छ । कोरोना भाइरसविरुद्व खोप प्रयोग गर्न ८ डिसेम्बरमा बेलायतले फाइजरलाई मान्यता दिएको थियो ।

बहराइन खोप प्रयोग गर्ने दोस्रो मुलुक बनेको थियो । फाइजरद्वारा निर्मित खोपलाई ४ डिसेम्बरमा सरकारले प्रयोग गर्ने मान्यता दिएको थियो । कोरोना भाइरसको महामारीलाई परास्त गर्न क्यानडा सरकारले १४ डिसेम्बरमा फाइजरलाई प्रयोग गर्न मान्यता दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

epaper

ताजा समाचार

रेसुङ्गामा लार्भा नष्ट एवं सरसफाई अभियान