विद्युत आपुर्तिमा गडबडी देखिएपछि, प्राधिकरणमा अनुगमन

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत प्राधिकरणको भार सम्प्रेशण केन्दमा आकस्मिक अनुगमन गर्दै आपुर्तिमा देखिएको समस्या तत्काल हटाउन निर्देशन दिएको छ ।

काठमाडौ उपत्यका लगायत देशका प्रमुख शहरमा विगत केहि दिनदेखि विद्युत आपुर्तिमा समस्या सिर्जना भएको गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरुले शनिवार बेलुकी ६ बजेदेखि ८ बजेसम्मको पिक समयमा प्राधिकरणको स्थगलत अनुगमन गरेका थिए ।

प्रधानमन्त्री कार्यालयको हेलो सरकार कक्षमा समेत विजुलीमा देखिएको गडबडीका ’boutमा व्यापक गुनासा र उजुरीहरु आएका थिए । प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियाको नेतृत्वमा गएको अनुगमन टोलीले प्राधिकरणमा दुई घण्टा सम्म बसेर समस्याको ’boutमा जानकारी लिएको थियो । प्रधानमन्त्रीको सल्लाहकार समुहले प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यसँग विजुली अवरुद्ध हुनाका कारण र समस्याका ’boutमा जानकारी लिदै तत्काल सबै प्रकारका समस्या समाधान गरेर उज्यालो नेपाल अभियानलाई सफल पार्न निर्देशन दिएको थियो । पछिल्ला दिनमा विजुली आपुर्तिमा गडबढ देखिदा सरकार माथि नै गम्भीर प्रश्न सिर्जना भएको थियो । प्राधिकरणले अघोषित लोडसेडिङ गरि समस्या सिर्जना गरिरहेको आरोप लागेको थियो ।प्राधिकरणको अनुगमनमा गएका प्रधानमन्त्रीका विकास विज्ञ थपलियाले अनुगमनको क्रममा शनिवार बेलुकी ६ देखि ८ बजेको समयमा माग अनुसार आपुर्तिमा कुनै समस्या नरहेको पाइएको बताए । उनले सोही समयको उच्च माग १४१० मेगावट रहेको र उपत्यकाको हकमा ३८२ मेगावाट रहेकोमा सोही अनुसार आपुर्ति नियमित भइरहेको पाइएको जानकारी दिए ।

प्राधिकरणका प्रवन्ध निर्देशक शाक्यले ट्रिपिङको सामान्य प्राविधिक समस्या भएकाले आपुर्ति बन्द भएपनि तत्काल सुचारु गर्ने गरिएको बताएका थिए । प्रधानमन्त्रीका विकास विज्ञ थपलियाले ट्रिपिङको समस्या आउन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिइएको जानकारी दिए । ‘विद्युतमा कुनैखाले गडबडी हुन नदिन प्रधानमन्त्रीको विशेष निर्देशन रहेकाले सोही अनुसार अगाडि बढ्न प्राधिकरणको नेतृत्वलाई सर्तक पारिएको विकास विज्ञ थपलियाले बताए । ‘प्राधिकरणले आपुर्ति सम्वन्धि सबै समस्या हटाउने प्रतिवद्धता जनाएको छ, लोडसेडिङ हुने भन्ने सबै कुराहरु भ्रम र हल्ला मात्रै हुन् । ’विकास विज्ञ थपलियाले राजधानी सँग भने ।

झ्याप्प झयाप्प बत्ती जान थालेपछि प्राधिकरणमा कुलमान घिसिङको अभाव महसुस् हुन थालेको छ भने प्रधानमन्त्री ओली र उर्जामन्त्री टोपबहादुर रायमाझीले लोडसेडिङ नियन्त्रणमा आफ्नै भुमिका दावी गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

कुरी-कुरी