हिमपातले वार्षिक परीक्षा प्रभावित बन्ने खतरा

बागलुङ । हिउँदमा बेसी झर्ने र बर्खा लेक (घर) फर्कने बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङ माथिल्लो क्षेत्रका स्थानीयको वार्षिक तालिका नै हो ।

हिउँदमा चिसो बढेपछि स्थानीयबासी पशुचौपया लिएर बेसी झर्छन् । हिउँदेबाली बेसीमै लगाउन छन् । गर्मी महिनाको सुरुवातसँगै साविक बोवाङ– ६, ७, ८ र ९ का स्थानीय पुनः बर्खे खेती लगाउन लेक जान्छन् ।

जाडोको समयमा अभिभावक बेसी झरे पनि विद्यालय उमेर समूहका बालबालिका भने अध्ययनको लागि जाडो खेपेरै भए पनि घरमा बस्न बाध्य हुन्छन् । यही साता परेको बाक्लो हिउँले ढोरपाटन नगरपालिका– ९ चिसापानी स्थित ज्योती आधारभुत बिद्यालयको पठनपाठन प्रभावित भएको छ ।

बस्तीदेखि विद्यालयसम्म डेढफिटसम्म बाक्लो हिउँ जमेको कारण बालबालिका विद्यालय आउन सकेका छैनन् । ‘चिसोमा आफैं पकाएर खाने विद्यार्थी विद्यालय आउन सकेका छैनन्’ ज्योती आधारभूत विद्यालयका प्रधानध्यापक टकबहादुर अदैले भने, ‘अभिभावक साथमा नहुँदा विद्यार्थीको पठन पाठन प्रभावित भएको छ ।’

प्रधानध्यापक अदैका अनुसार बाक्लो हिउँको कारण अभिभावक घर फर्खन सकेका छैनन । अभिभावक घर नआउँदा साना साना विद्यार्थी फागुन २७ गतेदेखि संचालन हुने वार्षिक परीक्षामा सहभागी नहुने खतरा बढेको प्रधानध्यापक अदैको भनाई छ । ‘यो जाडोमा विद्यार्थीलाई खाना पकाएर खान मुस्किल छ कसरी विद्यालय आउन सक्छन्’ उनले भने, ‘सम्पर्क भएका अभिभावकलाई घरफर्कन अनुरोध गरेका छौँ, कति सफल हुन्छ हेर्न बाँकी छ ।’

फागुन महिनामा मात्रै ३ पटक हिमपात भएको छ । बिद्यालयले पौष १५ गतेदेखि फागुन ३ गतेसम्म बर्षे बिदा दिएको थियो । अन्य बिद्यालयले बर्षे बिदा दिँदा सो बिद्यालयले भने जाडो बिदा दिँदै आएको छ । जाडो याम सुरु भएसँगै त्यहाँका स्थानिय जाडो छल्न बोबाङ, अधिकारी चौरलगायतका स्थानमा घुम्ती बसाई सर्ने गर्दछन् ।

तपाइको प्रतिक्रिया
(Visited 418 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेले टुंगायो सबै उमेदवार, भोली मनोनयन