केपी ओली इमान्दार तानाशाह : डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईल प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएकोे आरोप लगाएका छन् । दाहाल–नेपाल समूहले नयाँ बानेश्वरमा आयोजना गरेको अन्तर पार्टी अन्तरक्रिया कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ओली परिवर्तन विरोधी भएको बताए ।

ओली इमान्दार तानाशाह भएको भन्दै अहिले पनि केपी ओलीलाई पार्टीबाट ननिकालिएकोमा उनले प्रश्न गरे । ओलीलाई राजनीतिक क्यान्सरको उपाधी दिएका भट्टराईले राजनीतिक क्यान्सरले सबैलाई खान्छ भन्दै पार्टीभित्र देखिएको क्यान्सरलाई चाँडो फाल्न आग्रह समेत गरे ।

ओलीलाई बाह्य शक्तिको मतियार भएको टिप्पणी गरेका भट्टराईले ओलीले नियोजित ढंगले संविधान उल्ट्याएर देशमा अस्थिरता ल्याउने प्रयाश गरेको बताए ।

भट्टराईले संसद् विघटन विरुद्ध सबै एकजुट हुनुपर्ने भन्दै ओलीलाई नकिालेकाले दाहाल–नेपाल समुहप्रति शंकाको बातावरण भएको टिप्पणी गरे । ‘बिचैमा छोडिदिने पो हो कि हामी र कांग्रेसलाई पनि शंका छ ।’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 390 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमाललाई तीन पार्टीको समर्थन