सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा रहेको मालपोत कार्यालयका नायब सब्बा र एक जना लेखापढी व्यवसाय घुस रकमसहित पक्राउ परेका छन् ।
बिहिवार मालपोत कार्यालय हरिवनका नायब सुब्बा र लेखापढी ब्यवसायी ११ हजार घुस रकमसहित अख्तियारको टोलीले रङ्गे हात पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ । घुस रकम सहित पक्राउ पर्नेमा मालपोत कार्यलय हरिवनका नायब सुब्बा बेधनिधी बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो रहेका छन् ।
सेवाग्राहीसँग लालपूर्जा सच्याउन १८ हजार लाग्ने भन्दै घुस र कम मागेका थिए । नायब सुब्बाको आग्रहमा आफुले सेवाग्राहीसगँ घुस रकम बुझेको लेखापढी व्यवसायी महतोले बताए । लालपूर्जा सच्याउन पछि लेखापडिको काम गर्ने महतोसँग ११ हजारमा कुरो मिलेको सेवाग्राहीले बताए । घुस रकमसहित पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धाका लागि बर्दिवास कार्यालय पु-याएको अख्तियारले जनाएको छ । यस भन्दा अघि पनि सोही कार्यालयबाट घुस रकमसहित एक जना कर्माचारी पक्राउ परेका थिए ।






