Sunday, June 13, 2021
Home अर्थ भारतमा वर्डफ्लु देखियो, नेपालमा पनि उच्च सतर्कता

भारतमा वर्डफ्लु देखियो, नेपालमा पनि उच्च सतर्कता

,

काठमाडौँ । भारतका विभिन्न प्रदेशमा बर्डफ्लु देखिएपछि नेपाल पनि उच्च सतकर्ताको लागि सरकारले तयारी थालेको छ । नेपालमा बर्डप्mलु संक्रमण भित्रिन नदिइन कृषि तथा पशुपन्छि विकास मन्त्रालयले पशुसेवा विभागलाई बिहिरबाट आयात हुने पशुपन्छि तत्काल नेपाल भित्रिन नदिन निर्देशन दिएको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तरगतको पशुसेवा विभाग लगायत सबै सम्बन्धित निकायलाई भारत लगायतका सिमा नाकाबाट आयात हुने पशुपन्छि तत्काल रोक्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयका सह–सचिव डा. विमल कुमार निर्मलले बर्डफ्लु संक्रमण नेपालमा भित्रिन नदिइन मन्त्रालयले उच्च सतकर्ताका लागि नेपाल–भारत सीमाका सबै क्वारेन्टाइनलाई सचेत हुन विभाग मार्फत पत्राचार गरी सकेको बताए । उनले कुनै पनि नाकाबाट पशुपन्छि आयात हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए । नेपालमा कोरोना संक्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालयले विभिन्न प्रदेशमा रहेको भेटनरी प्रयोगशालामा कोभिड १९ को परिक्षण गर्दै आएको छ । ति प्रयोगशाला फिर्ता माग्ने तयारी भएको डा. निर्मलले जानकारी दिए ।

पशुपन्छिमा लाग्ने भाइरसको परिक्षण अन्य प्रयोगशालामा नहुने हुँदा कोभिड १९ को परिक्षणका लागि दिएको सबै भेटनरी प्रयोगशाला फिर्ता लिइने उनको भनाई थियो । बर्डप्mलु चेक जाँच गर्न भेटनरी प्रयोगशाला आवश्यक हुने उनको भनाई थियो । अहिले पनि विरगञ्ज, विराटनगर, चितवन र धनगढीका भेटनरी प्रयोगशाला कोभिड १९ को भाइरसको परिक्षण भइरहेको छ ।

डक्टरलाई कार्वाही

डा.निर्मलका अनुसार अब भेटनरी डाक्टरको सिफारिस गरेको पत्रविना एक जिल्ला वा प्रदेशबाट अर्का जिल्ला वा प्रदेशमा पशुपन्छि ओसार पसार गर्न नपाइने छैन । कुनै पनि भेटनरी डाक्टरको लापरवाहीले पशुपन्छिमा बर्डप्mलु संक्रमण पाइएमा सोही डाक्टरलाई कारवाहीमा गरिने उनले बताए । कुनै व्यापारीहरुले पशुपन्छि एक ठाउँबाट अर्का ठाउँमा ओसार पसार गर्नका लागि अनिवार्य रुपमा भेटनरी डाक्टरको सिफारीस पत्र चाहिने छ । चितवन, मकवानपुर, कास्की, काठमाडौँ लगायतका ६ वटा जिल्लाबाट संकलन गरेको ६२ वटा नमुना चेकजाँच गर्दा आजसम्म नेपालमा बर्डप्mलु संक्रमण नभेटिएको डा. निर्मलले जानकारी दिए ।

४ सय काग मरेको भेटियो

बर्डप्mलु संक्रमणबाट भारतका विभिन्न राज्य तथा प्रदेशसँगै हरियाणा, केरला, गुजरात, राजस्थान लगायतका दर्जन बढी क्षेत्रमा जिल्लामा कुखुरामा वर्डफ्लुको संक्रमण देखिएको छ ।

यसैगरी ४ सय बढी कागहरु मरेको पाइका छन् । डा. निर्मल भन्छन् ‘नेपाल नजिक भारतमा बर्डफ्लु फैलिएको हुँदा नेपालका तराइका २४ जिल्ला जोखिममा छन् ।’ २४ मध्ये सबै भन्दा बढी जोखिम चितवन, नवपरासी र रुपन्देहीमा छ । कुखुरा पालन धेरै भएको ठाउँमा जोखिम पनि हुने डा. निर्मलले बताए ।

नेपाल–भारत सीमाका सबै क्वारेन्टाइन चेक पोष्टलाई उच्च सर्तक रहन पशुसेवा विभागले पत्राचार गरेको छ । अब जोखिममा रहेका जिल्लाहरुमा ‘बर्डफ्लु रोग नियन्त्रण आदेश’को अधिकार प्रयोग हुन्छ । उक्त आदेश अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकमा कारबाही गर्ने कमिटी छ । उक्त कमिटीले संक्रमणयुक्त वस्तुलाई तत्काल नियन्त्रणमा लिएर नष्ट गर्ने र सम्वन्धित व्यक्तिलाई कारबाही समेत गर्न सक्छ । उक्त आदेश प्रयोगका लागि सम्वन्धित प्रमुख जिल्ला अधिकारीलाई समेत क्वारेन्टाइन चेक पोष्टमार्फत नै लिखित रुपमा पत्राचार गरिएको छ । अब कुनै एक ठाउँमा बर्डप्mलु संक्रमण भएको भेटियो उक्त क्षेत्रका सबै कुखुरालाई नष्ट गर्नुपर्ने हुन्छ । जङ्ली जनवार पशुपन्छि र गाईगोरुको मलबाट पनि वर्डफ्लुको संक्रमण हुन सक्ने हुँदा मानिसहरुले पनि सर्तक रहनु पर्ने डा. निर्मलको भनाइ छ ।

(Visited 124 times, 1 visits today)
Loading comments...

आजको समाचार

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

साताका लोकप्रिय समाचार

बेल्जियमसँग क्रोएसियाको हार

ब्रुसेल्स । फिफा वरीयताको शीर्षस्थानमा रहेको बेल्जियमले युरोकपअघिको तयारी खेलमा विश्व उपविजेता क्रोएसियालाई १–० ले पराजित गरेको छ । बेल्जियमको जितमा इटालियन च्याम्पियन इन्टर...

मुसहर बालकको हाइड्रोसिलको उपचार निशुल्क गरे डा. झाले

  सर्लाही । मुसहर बालकको निशुल्क उपचार गरेका डा गुणेश्वर झा अहिले सर्लाहीमा प्रसंसाको पात्र बनेका छन् । स्तुति सौम्या हेल्थ केयर मलंगवाका संचालक झाले...

कांग्रेस महाधिवेशन भदौ तेस्रो साता

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन पूर्वनिर्धारित मिति फेरि परिमार्जन गर्ने भएको छ । कांग्रेसले पार्टीको १४औं महाधिवेशन पूर्वनिर्धारित मितिलाई पार्टी केन्द्रीय समितिबाट सामान्य हेरफेर...

पार्टी जोगाउन ल्याए अध्यक्ष ओलीले ६ बुँदे एकता प्रस्ताव

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष...

अगस्टदेखि अमेरिकाले फाइजरको ५० करोड डोज खोप वितरण गर्ने

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ । ह्वाइट...

ट्रेन्डिङ

आफ्नै घरमा झुन्डिएको अवस्थामा रिनाको शव फेला

सप्तरी । राजविराजकी एक युवती आफ्नै घरमा झुण्डिएकी अवस्थामा फेला परेकी छिन् । राजविराज नगरपालिका वडा नं. ८ निवासी १८ वर्षिया रिनाकुमारी यादवको शव...

कोरोनासम्बन्धी नीति निर्माणमा महिला सहभागिता गराउन आदेश

काठमाडौं । कोभिड–१९ को रोकथामसँग सम्बन्धित कुनै पनि छलफल, योजना निर्माण, व्यवस्थापन, अनुगमनलगायत निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश...

शुल्क तिर्न नसक्दा शव अस्पतालमा

सउल । धादिङ, झार्लाङ निवासी मैती तमाङको गत सोमबार (जेठ १२ गते) यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा...

नगरसभा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । उपमहानगरपालिका– ७ का वडाध्यक्ष जानकीराम साह, सदस्य नाजिर हुसैन र...

प्रतिबन्धित लागु औषध सहित एक जना पक्राउ

  सर्लाही ।  सर्लाहीको लालबन्दी नगरपालिकामा प्रतिबन्धित लागु औषध सहित एक जना युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा लालवन्दी नगरपालिका वडा नं ९ बस्तीपुर...

निजामती सेवा : उमेर हद र खुला प्रवेश

सार्वजनिक प्रशासनको क्षेत्रमा निजामती सेवा मूल हो । अन्य सरकारी तथा सार्वजनिक क्षेत्रका सेवालाई बाटो देखाउने भएकाले यसको निर्देशक कानुनमा स्पष्ट सिद्धान्त, मापदण्ड तथा...

बर्दियामा एकै दिन थपिए २३ जना कोरोना संक्रमित

बर्दिया । बर्दियामा मंगलबार २३ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गमा गरिएको परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य...

कतारबाट फर्किएकालाई कोरोनाको आशंका, १४९ लाई खरिपाटी क्वारेन्टिनमा राखियो

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा...

एमबाप्पेलाई पनि कोरोना

पेरिस । यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा स्विडेनविरुद्धको खेलमा निर्णायक गोल गरेका फ्रान्सका युवा स्टार कलियन एमबाप्पेलाई कोरोना ना भाइरस संक्रमण पुष्टि...

४० लाखको बास्मती चामल कुहाउने कर्मचारीलाई अख्तियारको उन्मुक्ति

कौशिला कुँवर, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित चामल गोदाममा ४ सय ८७ क्विन्टल २२ किलो चामल कुवाउने...

चट्याङ् लागेर घरमा आगाली

स्याङ्जा—७ चैत्र । स्याङ्जामा चट्याङ् लागेर घरमा आगलागी भएको छ । आगलागीबाट घर पूर्णरुपले जलेर नष्ट भएको छ । विरुवा गाँउपालिका ७...

इलाममा चियाको फस्ट फ्लसमा समस्या

इलाम । चियाको राजधानी इलाममा चियाको पहिलो टिपाइ (फस्ट फ्लस) सुरु भए पनि कोरोना संक्रमणको त्रासले टिपाइमा समस्या भएको छ । चिया टिपाइ सुरु...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)