काठमाडौं । कोभिड–१९ को प्रकोपपछि निःशुल्क गरिएको एक बैंकबाट अर्को बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न पाउने विद्यमान व्यवस्थालाई परिमार्जन गरिएको छ ।
नेपाल राष्ट्र बैंकले अब अर्को बैंकको एटीएम प्रयोग गर्दा मासिक दुईवटा कारोबार निःशुल्क गर्नुपर्ने र तेस्रोपटकबाट २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ । बिहीबार बैंक तथा वित्तीय संस्थागतका लागि नयाँ व्यवस्था गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो ।
यस्तै, राष्ट्र बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्ने सेवाग्राहीका लागि पनि शुल्क तोकेको छ भने ग्राहकले मोबाइल तथा इन्टरनेट बैंकिङको युजरनेम तथा पासवर्ड भुलेमा आफैं रिसेट गर्न सक्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अन्तर बैंकिङ शुल्क र मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगमा शुल्क नलिन निर्देशन दिएको थियो । त्यसैले पनि सेवाग्राहीले निःशुल्क रूपमा मोबाइल तथा इन्टरनेट बैंकिङको प्रयोग गर्दै आएका थिए । अब भने सेवाग्राहीले इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्दा शुल्क तिर्नुपर्ने भएको हो । राष्ट्र बंैकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७७ संशोधन गर्दै माघ १ गतेदेखि न्यूनतम शुल्क लिन पाइने व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले पूर्वअनुमति लिएर वा सेवा शुल्क’bout पू्र्व जानकारी गराएर इन्टरनेट बंैकिङ, मोबाइल बंैकिङ, एसएमएस बैंकिङजस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्क लिन सक्ने पनि व्यवस्था गरेको छ ।






