काठमाडौं । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले पूर्वाधार विकास करको दर परिर्वतन गरेको छ । बिहीवार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।
अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ कर लाग्नेछ । यसअघि ५ रुपैयाँ लिने गरिएको थियो । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो । अहिलेसम्म ४१ अर्ब रुपैयाँ भन्दा बढी रकम जम्मा भइसकेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)






