चाकडी चाप्लुसी, जानिएन आमा
आफैंलाई ठूलाठालु, ठानिएन आमा

जे जस्तो छ ठीकै छ, चित्त बुझाएँ
अरुको भाग मेरो भनी, तानिएन आमा

सबैजना मानिस नै, मानिस जस्तै लाग्छ
मानिसलाई कहिल्यै देवता, मानिएन आमा

बालुवामा पनि सुन, भेटिन्छ रे † भन्थे
बालुवा र माटो के हो ? छानिएन आमा

आफ्नै औकातले, पुगेजस्तो लाग्यो
लोभलालचमा जीवन, धानिएन आमा

सुख शान्ती मनमा,बाँस वसेको छ नै
अरुलाई तिखो वचन, हानिएन आमा ।।

– कुटुबहाल, काठमाडौं ।

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?