चाकडी चाप्लुसी, जानिएन आमा
आफैंलाई ठूलाठालु, ठानिएन आमा
जे जस्तो छ ठीकै छ, चित्त बुझाएँ
अरुको भाग मेरो भनी, तानिएन आमा
सबैजना मानिस नै, मानिस जस्तै लाग्छ
मानिसलाई कहिल्यै देवता, मानिएन आमा
बालुवामा पनि सुन, भेटिन्छ रे † भन्थे
बालुवा र माटो के हो ? छानिएन आमा
आफ्नै औकातले, पुगेजस्तो लाग्यो
लोभलालचमा जीवन, धानिएन आमा
सुख शान्ती मनमा,बाँस वसेको छ नै
अरुलाई तिखो वचन, हानिएन आमा ।।
– कुटुबहाल, काठमाडौं ।