Monday, March 8, 2021
[adrotate group="1"]
[adrotate group="2"]
Home Editor-Picks ललितपुरकै हरिसिद्धिमा अर्बौं मूल्यको सरकारी जग्गा कब्जागर्ने विरुद्ध मुद्दा
[adrotate group="3"]

ललितपुरकै हरिसिद्धिमा अर्बौं मूल्यको सरकारी जग्गा कब्जागर्ने विरुद्ध मुद्दा

भूमाफियाको जालो तोडिँदै

[adrotate group="30"]
[adrotate group="31"]

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको हरिसिद्धिमा रहेको अर्बौं मूल्य बराबरको सरकारी तथा सार्वजनिक जग्गा आफ्नो नाममा बनाएर बिक्री वितरण गर्ने भूमाफिया र उनीहरूलाई सघाउने सरकारी कर्मचारीसहित १७ जना विरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पछिल्लो समयमा सार्वजनिक जग्गा हडप्नेविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । सोही अभियानअनुसार नै अख्तियारले आइतबार नै हरिसिद्धिस्थित सिलौटेमा पर्ने कर्मनासा(कोड्कु) नामको सार्वजनिक खोला र आसपासको सरकारी तथा सार्वजनिक जग्गा हडप्नेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । साथै अख्तियारले त्यसरी कब्जा गरिएको सार्वजनिक जग्गा सरकारको नाममा ल्याउन आवश्यक प्रक्रिया थाल्नसमेत सरकारको सम्बन्धित निकायलाई निर्देशन दिएको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले हडपिएका सार्वजनिक तथा सरकारी जग्गा नेपाल सरकारको नाममा ल्याउने अभियानलाई तीव्रता दिइएको बताए ।

अख्तियारका अनुसार युरो हाउजिङ डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालय, ललितपुरका केही भ्रष्ट कर्मचारीलाई प्रभावमा पारी ८ रोपनी १२ आना ३ पैसा २ दाम बराबरको जग्गा आफ्नो नाममा बनाएको थियो । त्यसरी आफ्नो नाममा बनाउने हाउजिङ डेभलपर्स प्रालि युरो ल्यान्डका सञ्चालकहरू गुणीकाजी मानन्धर, योगेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ र वविन मानन्धरविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसैगरी सोही कार्यमा संलग्न काठमाडांै अस्पताल प्रालिका सञ्चालक डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोशी, श्रीमती दुर्गेश नन्दिनी भट्टचनविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनीहरूविरुद्ध २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आवश्यक जेल सजायको मागसमेत गरिएको छ ।

यसैगरी आर्थिक प्रलोभनमा परी भूमाफियालाई सघाउने नापी कार्यालय ललितपुरका प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्भेक्षक केशव थापा तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख उपसचिव बाबुराम खनाल, नासुद्वय ख्यामनारायण पौडेल, खरिदार आत्मराम लुइटेलविरुद्ध पनि २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै उनीहरू सबै निलम्बित भएका छन् ।

यस्तो थियो भूमाफिया र कर्मचारीको सेटिङ
अख्तियारका अनुसार भूमाफिया र भ्रष्ट कर्मचारीको मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल र नक्सा बनाई सार्वजनिक जग्गासमेत प्लटिङ गरी व्यक्ति विशेषलाई बिक्री वितरण गरिएको थियो । त्यस क्रममा भूमाफियाले विभिन्न राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वलाई प्रभावित पारेका थिए ।

अख्तियारका अनुसार युरो हाउजिङ डेभलपर्स प्रालि, युरो ल्यान्ड डेभलपर्स प्रालि, काठमाडौं हस्पिटल प्रालिका सञ्चालक तथा सरकारी कर्मचारीको मिलेमतोमा सार्वजनिक जग्गा कम्पनीको जग्गामा घुसाई कम्पनीको जग्गा बढाएर नियमविपरीत प्लटिङ गरी व्यक्ति विशेषलाई बिक्री गरिएको थियो ।

भूमाफियासँग जग्गा किन्ने ३३ जनाको बिचल्ली
अख्तियारले भूमाफियाबाट सरकारी जग्गा खरिद गर्ने ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर नगरे पनि उनीहरूले किनेको सबै जग्गा जफत गर्न सरकारलाई भनेको छ । उनीहरू सबैको जग्गा जफत हुने भएको छ । भूमाफियाबाट जग्गा खरिद गरी फिर्ता गर्नुपर्ने अवस्थामा पुगेका व्यक्तिमा ज्योत्सना जोशी, देवी मिश्र, अरुणा झा, सोमनाथ प्रसाई, कुमारी कञ्चन साह, कृष्ण साल्की, गोपाल तिमल्सिना, तीर्थबहादुर कार्की, त्रिलोकराज शाक्य, देवनारायण तिमल्सिना, नारायणदेवी मानन्धर, निर्मला शाक्य, पूर्ण गोविन्द लाखे श्रेष्ठ रहेका छन् ।

यसैगरी किनेको जग्गा फिर्ता गर्नुपर्नेमा विरोदेवी यादव, भुवनेश्वरी पराजुली, पंकज पराजुली, मीनाकुमारी कार्की राउत, युरो हाउजिङ डेभलपर्स प्रालिका गुणीकाजी मानन्धर, रस्मी महर्जन, राजेन्द्रप्रसाद रूपाखेती, राज्यलक्ष्मी अमात्य, रामदुलारी देवी साह, राममाया महर्जन, रूपा श्रेष्ठ, लोकबहादुर डंगोल, लोकेश महर्जन रहेका छन् । यसैगरी शकुन्तला श्रेष्ठ, सुशील मानन्धर, सरिताकुमारी ठाकुर, सुनिल मानन्धर, सुरेन्द्रकुमार मण्डल, सोनिया पोख्रेलले समेत भूमाफियाबाट खरिद गरेको जग्गा फिर्ता गर्नुपर्ने भएको छ ।

ती व्यक्तिलाई सजायको माग नगरे पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ४७ बमोजिम सार्वजनिक खोलाको जग्गा असुलउपर र जफत गरी नेपाल सरकारको नाममा कायम गरी पाउन मागदाबी लिई उनीहरूलाई समेत प्रतिवादी कायम गरिएको जानकारी अख्तियारले दिएको छ ।

(Visited 233 times, 1 visits today)
[adrotate group="32"]
[adrotate group="33"]
Loading comments...
[adrotate group="34"]

आजको समाचार

[adrotate group="34"]

साताका लोकप्रिय समाचार

क्षम्य छैन आर्थिक अपराध

राजनीतिक संक्रमण र कलहको मौका पारी हरेक उपाय निकालेर राजस्व छल्नेहरूले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको...

मलेसियामा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा

काठमाडौं । दुई वर्ष अगाडि नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले प्रत्याभूत गरेको नेपाली श्रमिकको सामाजिक सुरक्षासम्बन्धी विषय ढिलै भए पनि कार्यान्वयनमा आएको छ...

पूर्णिमा मिस ब्युटिफुल नेपाल र पवित्रा मिसेस ब्युटिफुल नेपाल

काठमाडौं । यो वर्षको मिस ब्युटिफुल नेपालको उपाधि पूर्णिमा क्षत्रीले र मिसेस ब्युटिफुल नेपालको उपाधि पवित्रा वञ्जारा जितेका छन् । दक्ष इन्टरनेसनल प्रालिले राजधानीमा...

पतौरा मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराएरै छाड्ने मेयर साहको संकल्प

गौर । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्वकि महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने बताएकी छिन् । ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

ट्रेन्डिङ

छलफलमै ११ महिना: नियमन विनै कमोडीटी एक्सचेन्ज सञ्चालन हुँदै

काठमाडौ । धितोपत्र बोर्डले वस्तु बजार सञ्चालनको अनुमति दिन छलफलमै ११ महिना विताएको छ । वस्तु बजार सञ्चालन गर्न स्विकृतीका लागी बोर्डले...

थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, ६२६ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा थप १३९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । कैलालीमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बर्दगोरीया गाउँपालिका-२ सडकपुर बौनिया बस्ने २९ वर्षीय दिल...

सेती नदीमा आमाछाेरी मृत फेला

पोखरा । आमा छाेरी सेती नदीमा मृत फेला परेका छन्। उनीहरू ३ दिनदेखि हराइरहेकाेमा शनिबार तनहुँ ऋसिङ...

धौलागिरी अस्पतालको आइसोलेसनमै जन्मियो छोरा

बागलुङ । कोरोना संक्रमण पुष्टि भए पछि धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा उपचाररत एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय...

डोरमणी पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्य संसदीय दलको नेता

काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएको छ । पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको...

सिन्धुपाल्चोकमा एसईईको सबै तयारी पुरा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा माध्यमिक शिक्षा परिक्षा एसईईको सबै तयारी पुरा भएको छ । चैत ६ गते देखि सुरु हुने यस वर्षको एसइइ परीक्षामा सिन्धुपाल्चोकबाट...

गुडिरहेको एम्बुलेन्समै त्यागे कोरोना संक्रमितले प्राण

राजविराज । सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । डाक्नेश्वरी नगरपालिका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

[adrotate group="36"]

प्रमुख

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

भरतपर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता...

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...
[adrotate group="37"]

भर्खरै

६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य...

विमेन इन रोटरीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं । विमेन इन रोटरी रोटरी डिस्ट्रिक्ट ३२९२ ले समान भविष्यका लागि महिला नेतृत्व भन्ने नाराका साथ एकसय १३ औं अन्तर्राष्ट्रिय नारी दिवस शनिबार...

सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहने सर्वोच्च अदालतको फैसलासँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः अस्तित्वमा आएका छन् ।...

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर...
[adrotate group="38"]

धेरै पढिएका

आयुष र प्रतिभा फिचर्ड निर्दोष माया

काठमाडौं । उदयमान युवा गायक आयुष खतिवडाले आफ्नो दोस्रो अफिसिएल म्युजिक 'निर्दोष माया' सार्वजनिक गरेका छन्। किशोरावस्थाको प्रेम र आकर्षणलाई वर्णन गरिएको गीतमा शब्द...

सुरक्षा ‘थ्रेट’प्रति सतर्कता जरुरी

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमै आफूमाथि ‘सुरक्षा थ्रेट’ आएको भन्ने अभिव्यक्ति दिएपछि सिंगो देशको सुरक्षा व्यवस्थाको विषयलाई लिएर चिन्ता छाएको छ । तर,...

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १८ चलचित्र

काठमाडौं । नवौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२१’ (नाफ २०२१) आगामी १२० वैशाखबाट १२ वैशाखसम्म काठमाडौंमा आयोजना हुने भएको छ । यो महोत्सवका लागि...

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार सभापति देउवाले आज दिउँसो ३...
[adrotate group="39"]
[adrotate group="40"]

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)