Monday, March 8, 2021
[adrotate group="1"]
[adrotate group="2"]
Home Breaking News प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी
[adrotate group="3"]

प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी

[adrotate group="30"]
[adrotate group="31"]

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ ।

नेकपा (दाहाल–नेपाल) समूहको आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीले निरंकुश र अधिनायकवादी चरित्र रोक्न तथा पूर्वप्रधान न्यायाधीशलाई नधम्क्याउन सुझाव दिएको छ ।

बैठकपछि नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले चार पूर्वप्रधानन्यायाधीशले संयुक्त वक्तव्य दिएकामा प्रधानमन्त्री ओलीले अपमानित गर्ने र धम्काउने काम गरेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीलाई आफ्नो चरित्र सुधार गर्न चेतावनी दिने निर्णय भएको बताए ।

‘चार पूर्वप्रधानन्यायाधीशले देश, जनता, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता, सुशासनप्रतिको आफ्नो निष्ठाका कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा अहिलेको प्रतिनिधिसभा विघटनबारे संवैधानिक व्यवस्था के छ भनेर संयुक्त वक्तव्य दिनु भएकामा उहाँहरुलाई प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गर्नुभएको छ । यो कार्य अत्यन्तै आपत्तिजनक छ । आजको बैठकले यसको प्रतिवाद गर्दै कडा शब्दमा भत्र्सना गरेको छ,’ सचिवालय सदस्य एवं प्रवक्ता श्रेष्ठले भने ।

गत शुक्रबार संसद् विघटनको विरुद्धमा चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्थाको विरुद्धमा संसद् विघटन गरेको उल्लेख गरेका थिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता प्रदर्शन गर्नुभएको चरित्र अधिनायकवादी र निरंकुश चरित्रका रूपमा लिँदै त्यस प्रकारको कार्य तत्काल रोख्न चेतावनी दिने निर्णय गरेको छ ।’

संवैधानिक अधिकार र स्वतन्त्रताका लागि सबैलाई एकजुट गर्न र रक्षा गर्न बैठकले आह्वान गरेको छ । यस्तै बैठकले राज्यको साधन स्रोतको लगानीमा सञ्चालिन सरकारी सञ्चारमाध्यमले कुनै गुटको प्रचारमा लागेको भन्दै त्यस्ता सञ्चारमाध्यमलाई गुटको सेवा गर्ने काम बन्द गर्न माग गरेको छ ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्धमा यसअघि नै घोषणा गरिएको आन्दोलनका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउने निष्कर्ष बैठकको रहेको उनले बताए । यसैबीच पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार नेकपा दाहाल–नेपाल समूह निकटको अनेरास्ववियुले आइतबार बयलगाडा -याली निकालेका छन् ।

गणतन्त्र स्थापनाका लागि २०६२-०६३ भएको जनआन्दोलनमा प्रधानमन्त्री ओलीले ‘नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमरेरिका पुग्नुजस्तै हो’ भन्ने टिप्पणी गरेका थिए । ओलीले जनआन्दोलन अर्थहीन रहेको भन्ने सन्दर्भमा त्यतिबेला भनेको उक्त भनाइलाई व्यंग्य गर्दै अनेरास्ववियुले काठमाडौंसहित देशका विभिन्न ठाउँमा बयलगाडासहितको -याली प्रदर्शन गरेको हो ।

अनेरास्ववियुकी नेतृ आरती लामाले प्रधानमन्त्रीले गणतन्त्र र संघीयता नचाहेको कुरा उनको विगतका भनाइ र व्यवहारबाटै प्रस्ट देखिएकाले बयलगाडा प्रदर्शन गरिएको बताइन् । जनआन्दोलन चर्किंदै जाँदा प्रधानमन्त्री ओलीले बयलगाडामा चढेर अमेरिका जानुजस्तै रहेको टिप्पणी गरेका थिए ।

(Visited 119 times, 1 visits today)
[adrotate group="32"]
[adrotate group="33"]
Loading comments...
[adrotate group="34"]

आजको समाचार

[adrotate group="34"]

साताका लोकप्रिय समाचार

सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाइयो, सात नेतामाथि कारबाही

काठमाडौं । नेकपाको प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय रहेका ७ जना नेतालाई कारबाही गरेको छ । आज बुधबार बसेको सो समूहको बैठकले सुवासचन्द्र...

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान...

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन...

अब इन्टरनेट बैंकिङबाट २० लाख भुक्तानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सीमा संशोधन गर्दै दोब्बर बनाएपछि कारोबारमा सहजता हुने भएको छ ।  बैंकिङ कारोबारमा सीमितता रहँदा कारोबार गर्न...

सवारी दुर्घटनामा घाइतेलाई प्रदेश-२ प्रमुखले अस्पताल पु-याए

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत जिल्ला अन्तर्गत छिन्चु भन्ने ठाउँमा सवारी दुर्घटनामा परी घाइते भएका मिनिट्रकका चालकलाई प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश...

ट्रेन्डिङ

मिचिएको भूमि फिर्ता लिन अन्तर्राष्ट्रिय अदालत जान सुझाव

काठमाडौं । भारतले मिचेको नेपाली भूमि फिर्ता नगरे ग्रेटर नेपालको मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालत जानुपर्ने माग तीव्र रूपमा उठ्न थालेको छ । भारतले पछिल्लोपटक...

बाइकमा गुड्दा गुड्दै पक्राउ परे अन्सारी

वीरगन्ज । सुन्धाराको ‘सुनकाण्ड’ अर्थात् स्कार्पियोबाट फालिएको झोला बरामद भएपछि फरार मुख्य योजनाकार भनिएका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । उनलाई बारा प्रहरीको...

चार वर्षपछि पुनः निगम फर्नेस आयल बिक्री गर्दै

काठमाडौं । नेपाल आयल निगमले चार वर्षपछि पुनः फर्नेस आयल बिक्री गर्ने भएको छ । पछिल्लो समय निगममा पुनः फर्नेस आयलको माग आउन थालेपछि...

लापरवाहीका कारण दुईको ज्यान गयो

राजविराज । जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको घटनामा एक अवोध बालकसहित दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार साँझ सप्तरीको बोदेबसाईन ८ मा...

व्यवस्था बदलियो, अवस्था उस्तै : तिला नदीको दुषित पानी पिउँदै बाइराँकाबासी

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर १ बाइराँका गाउँका स्थानियको दुषित पानी पिउनु पर्ने बाध्यता अझै हट्न सकेको छैन । यहाँका नागरिकले तिला...

सिन्धुलीमा अत्यावश्यक सेवा बाहेक सबै बन्द

सिन्धुली । विश्वभर माहामारीको रुप लिईरहेको कोरोना भाईरस (कोभिड–१९) प्रतिकार्यका लागि सिन्धुली ‘सेमी लक डाउन’ गरिएको छ । चैत ११...

भीडभाडसँगै कन्ट्याक्ट ट्रेसिङमा सकस, जोखिम बढ्यो

काठमाडौं । लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको...

रामपुरमा पहिरोले दुई घर पुरिए, तीन जोखिममा

रामपुर । गए राति परेको वर्षाले रामपुर नगरपालिका– १ स्थित स्याउली बजारका दुई घर पहिराले पुरेको छ । घर पछाडिबाट खसेको पहिराले स्थानीयवासी लक्ष्मी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

[adrotate group="36"]

प्रमुख

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

भरतपर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता...

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...
[adrotate group="37"]

भर्खरै

६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य...

विमेन इन रोटरीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं । विमेन इन रोटरी रोटरी डिस्ट्रिक्ट ३२९२ ले समान भविष्यका लागि महिला नेतृत्व भन्ने नाराका साथ एकसय १३ औं अन्तर्राष्ट्रिय नारी दिवस शनिबार...

सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहने सर्वोच्च अदालतको फैसलासँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः अस्तित्वमा आएका छन् ।...

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर...
[adrotate group="38"]

धेरै पढिएका

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान...

सेयर बजारमा उत्साह, ९० अंकले बढ्यो

काठमाडौं । सेयर बजारमा उत्साह देखिएको छ । पछिल्ला केही दिन क्रमश घट्दै गएको बजार साताको अन्तिम दिन बिहीबार लयमा फर्किएको छ । सरकार र...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...
[adrotate group="39"]
[adrotate group="40"]

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)