तल्लो जातको युवासंग प्रेम गरेको आशंकामा आमाले गरिन् १५ वर्षिया छोरीको हत्या

काठमाडौं । विश्वभरका मान्छेलाई पुज्यनिय शब्द के हो भनेर प्रश्न गर्ने हो भने साझा उत्तर आउछ ‘आमा’ । त्यसैले त भनिन्छ संसारमा सबथोक पाउन सकिन्छ तर, आमा पाइदैन । आमाले आफ्ना सन्तानलाई अतुलिय माया गरेकी हुन्छिन् त्यसकारण आमाको विकल्पमा दुनियामा केही पनि छैन ।

अपवादका रुपमा केही आमा यस्ता पनि हुन्छन् जसले आफैंले दसधारा दुध खुवाएर हुर्काएको सन्तानलाई परक्कै घाँटी निमोठेर मारिदिन्छन् । अपवादका रुपमा देखिन राक्षसी स्वभाव भएका केही आमाहरुका कारण ‘आमा’ शब्दकै अपमान भएको छ ।

छोरीले तल्लो जातको युवकसँग प्रेम गरेको आशंकामा आमा र बुवा ( मनबोध) मिलेर छोरीलाई घरभित्रै जलाएर हत्या गरेका थिए ।

सर्लाहीकी लालमती देवीले १५ वर्षिय छोरीलाई आगो लगाएर मारेको घटना सार्वजनिक भएको छ । छोरीले तल्लो जातको युवकसँग प्रेम गरेको आशंकामा आमा र बुवा ( मनबोध) मिलेर छोरीलाई घरभित्रै जलाएर हत्या गरेका थिए ।

लालमतीलाई प्रहरीले पक्राउ गरेको छ भने उनका श्रीमान मनाबोध फरार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी पुर्पक्षका लागि कारागारमा छिन् ।

यस्तो थियो घटना

माना कुमारी रामनगरीकै एउटा बोर्डिङमा कक्षा ९ मा पढ्थिन् । सोही बोर्डिङमा पढाउने शिक्षक रामबाबु चमारले होम ट्युसन पढाउथे । मानाकुमारी र रामबाबुविच प्रेम रहेको हल्ला गाउँमा चलेको थियो । आमा लालमतीले पनि सुनेकी थिइन् । उनलाई छोरीको व्यवहार चित्त बुझेको थिएन ।

०७७ कात्तिक २९ गते लक्ष्मीपूजाको दिन पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीमा आगलागी भयो । राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको प्रारम्भिक खबर प्रहरीलाई आयो ।

घटनापछि प्रहरीले अनुसन्धान गर्दै जाँदा नयाँ रहस्य पत्ता लाग्यो । प्रहरीका अनुसार साँझ ६ बजे परिवारका सबै सदस्य खाना खाएर ८ बजेतिर सुत्न ।

जब छोरी निदाइन् । आमा लालमती र बुवा मनबोधले छोरीले तल्लो जातको केटासंग प्रेम गरेर प्रतिष्ठा गुमाएको भन्दै आगो लगाएर मारिदिने सल्लाह गरे ।

छोरी निदाइसकेपछि कपडामा मट्टीतेल छर्किएर आमाले छोरीलाई आगो लगाइदिइन् । घरमा आगो लागेको देखाउनका लागि फुसको छानामा समेत आगो लगाइन् र ढोका बन्द गरेर आमा बाहिर निस्किइन् ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण