Sunday, January 24, 2021
Home Editor-Picks १० महिना पछि हल खोल्ने अनुमति, नयाँ फिल्मलाई बोर्डको सुविधा

१० महिना पछि हल खोल्ने अनुमति, नयाँ फिल्मलाई बोर्डको सुविधा

काठमाडौं । कोरोना संक्रमणका कारण गत चैतबाट बन्द भएको सिनेमा हल अब खुल्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिनेमा हल खोल्ने निर्णय गरेको हो । सीसीएमसीले केही दिनअगाडि नै सरकारलाई सुरक्षा मापदण्ड अपनाएर सिनेमा भवन सुचारु गर्न दिनका लागि अनुरोध गरेको थियो । सीसीएमसीको सोही पत्रलाई आधारमा सरकारले हल खोल्ने अनुमति दिएको हो ।

कोरोना संक्रमणको कारण देखाई गत ११ चैत्रबाट सिनेमा हल नेपाल सरकारले बन्द गरेको थियो । अब सुरक्षा मापदण्ड अपनाएर चलचित्र घरमा सिनेमा देखाउन सकिने निर्णय मन्त्रिपरिषद्ले गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् ।

फिल्म हल खोल्न पटकपटक पहल गर्दा पनि सरकारले नखोल्ने अनुमति नदिएपछि गत १० पुसबाट चलचित्र घर सञ्चालकहरूले एकतर्फी रूपमै फिल्म हल खोलेका थिए । उनीहरूले सिनेमा हल खोले पनि सञ्चार मन्त्रालयले चलचित्र प्रदर्शनका लागि बक्स अफिसको कोडसमेत दिएको थिएन । नयाँ चलचित्रलाई सञ्चार मन्त्रालले सेन्सर गर्ने अनुमतिसमेत चलचित्र विकास बोर्डलाई दिएको थिएन । सोही कारण एकतर्फी रूपमा चलचित्र घर खोलेका सिनेकर्मीहरूले नयाँ फिल्म प्रदर्शन गर्न पाएका थिएनन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले मन्त्रिपरिषद्को निर्णयबाट सिनेमा हल खोलिएकोमा अब आफूहरूले फिल्म चलाउने बक्स अफिसको कोर्ड दिने बताएका छन् । यसअघि सरकारले हल खोल्ने अनुमति नदिएकै कारण आफूहरूले बक्स अफिसको कोर्ड फिल्म चलाउनका लागि दिन नसकेको पनि उनले स्पष्ट पारे । सरकारले चलचित्र प्रदर्शन गर्न रोक लगाए पनि आफूहरू गत महिनाबाट चलचित्रको सेन्सर कार्य भने सुरु गरेको पनि अध्यक्ष दाहालले बताए ।

मन्त्रिपरिषद्ले चलचित्र घर खोल्ने अनुमति दिएपछि आफूहरूलाई अब चलचित्र चलाउन सहज भएको हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले बताएका छन् । ढिलै भए पनि सरकार सिनेमा हल खोलेको सो कार्यको संघले स्वागत गरेको प्रधानले बताएका छन् । सरकारले तोकेको मापदण्ड अपनाएर आफूहरूले सिनेमा हल खोलेको प्रधानले बताएका छन् ।

यो पनि पढ्नुहोस   माओवादी पूर्वलडाकुका दुवै संगठन ओली समुहमा

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको भनाइमा संघको निकै लामो कसरतपछि बल्ल सरकारले हल खोल्ने अनुमति दिएको हो । सरकारले कोरोना महामारीका कारण गत वर्षको चैत्र ११ गतेबाट देशभरका सिनेमा भवनहरू बन्द गर्ने निर्णय गरेको थियो । तर, लकडाउन सकिएको घोषणा गरिसक्दा पनि सरकारले सिनेमा भवनहरू भने संचालनका लागि अनुमति नदिएको उनले बताए । यही १ माघबाट नयाँ चलचित्र प्रदर्शनीसमेत सुरु भएकाले अब नयाँ नयाँ चलचित्रलाई निर्माताहरूले क्रममा रिलिज गर्ने पनि अधिकारीले बताएका छन् ।

यता सिनेमा हल खुले पनि हालसम्म नयाँ चलचित्र रिलिज गरिएको छैन । नयाँ चलचित्र प्रदर्शन गर्न निर्मातालाई प्रोत्साहन गर्नका लागि चलचित्र विकास बोर्डले केही सहुलियतको योजना पनि अघि सारेको छ । बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार नेपाली चलचित्र प्रदर्शन गरेबापत सिनेमा हलमा लाग्ने सरभर चार्ज अबको ६ महिनासम्मका लागि चलचित्र विकास बोर्डले तिरिदिने भएको छ ।

यस्तै अबको ६ महिनासम्म रिलिज हुने नेपाली फिल्मको पोस्टर पनि बोर्डले नै छापिदिने भएको छ । विभिन्न सञ्चार माध्यमसँग अनुरोध गरेर बोर्डले अब रिलिज हुने चलचित्रको प्रचारप्रसारका लागि गरिने विज्ञापनको आधा रकम छुट दिलाएको पनि अध्यक्ष दाहालले बताएका छन् ।

(Visited 45 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

कर्णाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको...

कोरोना भाइरसका कारण एक सातामा विदेशमा थप नौ जना नेपालीको निधन

काठमाडाैं ।  कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा...

राष्ट्रिय एकद्वारा प्रणाली कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझादारीपत्रमा हस्ताक्षर...

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी...

देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’ सार्वजनिक

काठमाडौं । नागरिक अगुवा, प्रखुर वक्ता एवं बौद्धिक व्यक्तित्व देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ लोकार्पण भएको छ । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको कृति...

साताका लोकप्रिय समाचार

बसाइँ सरेको २२ वर्षपछि गाउँ फर्केर ड्रागन खेती

भोजपुर । धेरै मानिसहरु सेवा सुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन् । यसरी हिडेका मानिसहरु पुनः आफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन् । तर, भोजपुरको...

कालिकोटेको स्वरमा ‘धारो धर्म’

काठमाडौं । गायक बिधान कालिकोटेको स्वरमा 'धारो धर्म' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा रमेशराजको शब्द संगीत सुन्न सकिन्छ। रोमान्टिक शैलीको गीतमा बिकास लामिछाने र अन्जु...

भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाउने

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । भारतमा यही जनवरी १६ मा पहिलो चरणको...

बेहोस अवस्थामा बलात्कार, गर्भ बसेपछि समाजको तिरस्कार

इलाम । इलामकी १५ वर्षीया बालिका कक्षा ७ पढ्दापढ्दै बेहोस हुने रोग लागेपछि विद्यालय जान छाडिन् । उनका बुबाले पनि केही वर्षदेखि मानसिक रोगको...

अक्षयको बेलबटम तत्काल रिलिज नहुने

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारको नयाँ फिल्म ‘बेल बटम’ अब तत्काल रिलिज नहुने भएको छ । उनको नयाँ फिल्म बेलबटमलाई आगामी २ अप्रिलमा रिलिज...

ट्रेन्डिङ

जाडोमा पनि खुला आकाश मुनि रात बिताउन बाध्य छन् दर्जनौं व्यक्ति

जनकपुरधाम । मंगलबार राति १० बजे प्रदेश २ का मन्त्री, प्रशासनिक अधिकारी, क्लोथ बैंकका अधिकारीहरुको एकटोली जनकपुरधामको राम मन्दिरमा जम्मा भए ।...

२२५३ जनामा कोरोना संक्रमण पुष्टि, १३२९ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १२ हजार ७८४ जनामा...

१२४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्याको ५० हजार नाघ्यो

काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा १ हजार २४६ नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

गञ्जागोल स्वास्थ्य क्षेत्र, रोगले भन्दा भोकले मर्ने खतरा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उत्कृष्ट प्रस्तुति दिन नसकेपछि स्वास्थ्य सचिव यादवप्रसाद कोइराला बाहिरिएका छन् । कोइरालाको ठाउँमा लक्ष्मण अर्याल आएका छन् । स्वास्थ्य मन्त्रालयमा रहँदा...

कोरोना अपडेटः विश्वभर २ लाख ७० हजारको मृत्यु, अमेरिकामा रोकिएन मृत्युदर

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ । जोन्स...

जलविद्युत् आयोजना निर्माण कार्य ठप्प

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का कारण देश लकडाउन भएपछि निर्माणाधीन जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । यसरी आयोजनाको काम रोक्किँदा लागतसमेत...

क्यानको साधारण सभा स्थगित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले २८ र २९ असोजका लागि तोकिएको साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ ।
यो पनि पढ्नुहोस   देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’ सार्वजनिक
कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको...

मौकोकोको कीर्तिमानी गोल

म्युनिख । यौस्सोफा मौकोको बोरुसिया डर्टमुन्डको सिनियर टोलीबाट ‘डेब्यु’ गोल र जर्मन बुन्डेसलिगाकै गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । यद्यपि उनले गोल...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

४७ हजारका लागि जागिर खुल्यो (लिंकसहित)

काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक पदमा भर्ना खोलेको छ । करारमा उक्त परिमाणका कर्मचारी भर्नाका लागि...

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

भर्खरै

टेलिकमको कर्मचारी हुँ भन्दै ब्याट्री चोर्ने पक्राउ

सप्तरी, राजविराज । नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका महँगो उपकरण लगेर बिक्रि गर्ने धन्दामा संलग्न तथा मोटरसाइकल लुटपाटमा संलग्न दुईसहित ६ जनालाई...

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

कर्णाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

धेरै पढिएका

राष्ट्रिय एकद्वारा प्रणाली कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझादारीपत्रमा हस्ताक्षर...

थपिए ३१८ कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ३१८ जना कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५...

मादलको खरी टिम सम्मानित

काठमाडौं । सामजिक विसंगतिविरुद्धको आवाज टेली फिल्म मादलको खरीलाई गाउँसहरमा रुचाइन थालिएको छ । रमाइलो टिभीबाट प्रसारण भइरहेको यस टेलिफिल्मले चर्चा परिचर्चा बटुल्दै गर्दा...

ओलीले गल्ती गरेँ भनुन् केही समय जेल राखेर निकालौंला : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले गल्ती गरेको स्वीकारेमा केही समय जेलमा राखेर माफी दिन सकिने बताएका...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)