Sunday, January 24, 2021
Home अर्थ उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ

उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ

काठमाडौं । गत असारको तुलनामा उद्योग व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको भए पनि उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ भएको निष्कर्ष निकालिएको छ ।

नेपाल राष्ट्र बैंकले ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन’अनुुसार गत असारमा ४ प्रतिशत मात्र उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेकामा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेकोे छ । कोभिडका कारण अझै पनि ९.१ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएका छैनन् ।

सर्वेक्षण नतिजाअनुसार २०७७ असारको तुलनामा २०७७ मंसिरमा उद्योग व्यवसाय सञ्चालनमा सुधार आएको देखिएको छ । साथै असारको तुलनामा उद्योग व्यवसायको उत्पादन एवं कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत सुधार आएको देखिन्छ । यद्यपि कोभिड–१९ पूर्वको अवस्थामा उद्योग व्यवसाय सञ्चालन हुन भने सकेका छैनन् ।

– बजार माग घटेर कारोबारमा ह्रास
– सञ्चालन खर्च धान्न कठिनाइ

उद्योग व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको पनि देखिएको छ । गत जेठ–असारमा गरेको अध्ययनमा औसतमा ६१.०३ प्रतिशत उद्योग व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख थियो ।

अहिले भने नेपाल सरकारले कोभिड—१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिक रूपमा सञ्चालनमा आउन थालेका छन् । मंसिरमा गरिएको पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ ।

सो सर्वेक्षणले ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन कारोबार स्थिति मंसिरसम्मको सर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० प्रतिशतबाट ८७.५१ प्रतिशत पुगेको छ ।

१० पृष्ठ लामो प्रतिवेदनअनुसार २०७७ असारको तुलनामा मंसिरमा आइपुग्दा उद्योग र व्यवसाय सञ्चालनमा सुधार आए पनि पूर्ववत् अवस्थामा उद्योग र व्यवसाय सञ्चालन हुन भने नसकेको देखाएको छ ।

उद्योग व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्या अगाडि सारेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकको सर्वेक्षणले थोक तथा खुद्रा व्यापारबाट २९.३, उत्पादनमूलक उद्योगबाट १७.२ र होटल तथा रेस्टुरेन्टबाट १६.७ प्रतिशत नमुना प्राप्त गरेको थियो । सबैभन्दा कम विद्युत्, ग्यास तथा पानी क्षेत्रबाट ०.५ प्रतिशत पाएको थियो भने खानी तथा उत्खनन क्षेत्रबाट करिब १ प्रतिशत सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस   बसाइँ सरेको २२ वर्षपछि गाउँ फर्केर ड्रागन खेती

राष्ट्र बैंकका अनुसार अहिले पनि १६.७९ प्रतिशत घरेलु उद्योग सञ्चालन भएका छैनन् भने १५ करोडसम्म स्थिर पुँजी भएका साना उद्योग १४.०८ प्रतिशत सञ्चालन हुन सकेका छैनन् । १५ देखि ५० करोडसम्म स्थिर पुँजी भएका १२.२४ प्रतिशत उद्योग पनि सञ्चालनमा छैनन् । ५० करोड रुपैयाँमाथि पुँजी भएका कम्पनीहरू ८.३३ प्रतिशत सञ्चालनमा छैनन् ।

अहिले रोजगारी दर बढेको छ । उद्योग व्यवसायको आकारअनुसार कोभिड महामारीअगाडिको तुलनामा रोजगारीको अवस्था ७७.५ प्रतिशतबाट बढेर ८७.५१ प्रतिशत पुगेको छ ।

गत असारको तुलनामा उद्योग व्यवसायको उत्पादन तथा कारोबारको अवस्थामा सुधार आएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन तथा कारोबार रहेकामा मंसिरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ । गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रको उत्पादन तथा कारोबार बढेको पाइएको छ ।

गत असारको तुलनामा उद्योग व्यवसायको औसत तलब—ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च मंसिरमा आइपुग्दा ७०.४ प्रतिशत पुगेको देखिएको छ । यद्यपि असारको तुलनामा खानी तथा उत्खनन, सञ्चार र शिक्षा क्षेत्रका उद्योग व्यवसायको औसत तलब—ज्याला खर्च घटेको पाइएको छ ।

सर्वेक्षणमा सहभागी अधिकांश उद्योग व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च (तलब–ज्याला, घरजग्गा भाडा तथा ब्याज खर्च) धान्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्या रहेको बताइएको छ ।

(Visited 107 times, 1 visits today)
Loading comments...

आजको समाचार

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

कोरोना संक्रमणले यो साता विदेशमा थप ९ जना नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार,...

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको टिप्पणी गरेका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग...

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

कर्णाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको...

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी...

साताका लोकप्रिय समाचार

हामी रातो झण्डा फहराउनेवाला हौँ, काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन्...

मेयर कप फुटबल सुरु

सिन्धुली । कमलामाई नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा प्रथम मेयर कपम फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता कमलामाई नगरपालिका–६ को खुलामञ्चमा शनिबारदेखि सुरु...

निर्वाचन तयारीमा आयोग, ८ अर्ब खर्च अनुमान

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ बैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने...

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी...

चिकित्सा शिक्षा शुल्क अन्योल कायमै

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । आयोगले शैक्षिक सत्र २०७७/७८...

ट्रेन्डिङ

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाले महिना नपुग्दै बच्चा जन्माएकी थिइन्

काठमाडौं । कोरोना संक्रमणबाट  मृत्यु हुने पहिलाे महिलाको एक महिना अघि नै नर्मल डेलीभरी भएको परिवारका सदस्यले जनाएका छन् । चिकित्सकले जेठको अन्तिम साता...

डडेल्धुरामा किट अभाव, स्वाब संकलन रोकियो

डडेल्धुरा । कोरोना भाईरस संक्रमण बढ्दै गएको बेला डडेल्धुरामा किट अभाव हुदाँ स्वाब संकलन कार्य शनिबारदेखी रोकिएको छ । परिक्षणका लागी अत्यावश्यक मानिएको पीसीआर...

चार वर्षिय बालकको अपहरणपछि हत्या गरिएको आशंका

सप्तरी, राजविराज । सप्तरीको महादेवा गाउँपालिका २ अकबरपुरका ४ बर्षिया बालक सुजित यादवको अपहरण पश्चात हत्या गरिएको परिवारजनले दावी गरेका छन् । विहिबार दिउँसो...

माझी बस्तीमा खुसी : डाक्टर आए सित्तैमा जाँचे, औषधी निशुल्क दिए

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडी माझी बस्तीकी ८० वर्षीया सुन्तली माझीले जिवनको यो उमेरसम्म अस्पताल र स्वास्थ्यकर्मीलाई नजिकबाट आफ्नो स्वास्थ्य समस्याको बारेमा बताउन...

हामी राहत कहिले पाउँछौं, सरकार !

दैलेख । एकबर्ष अघि ठाटिकाँध गाउँपालिका–१ बेल नेपालीले छोरा र श्रीमान पैसा कमाउन कालापहाड गएकाले साहुमहाजनबाटै गहुँको विउ एक हल गोरु ल्याएर १ रोपनी...

पेचिलो बन्दै नागरिकता विधेयक

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा पाँच दिनभित्र सहमति कायम गर्न बुधबार सरकारलाई निर्देशन दिएको छ । ५ भदौ २०७५ देखि विधेयक...

टि–२० बरियतामा सन्दीप एक स्थान माथि

काठमाडाैं ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार...

बुसान इन्टरनेसलमा नेपालमा ‘जुलुंगो’ पनि छनोट

काठमाडौं । कोरियोका प्रतिष्ठित बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा यस वर्ष राजेशप्रसाद खत्री निर्देशित लघु चलचित्र ‘जुलुंगो (अ स्केयर क्रो)’ पनि चयन भएको छ ।...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

४७ हजारका लागि जागिर खुल्यो (लिंकसहित)

काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक पदमा भर्ना खोलेको छ । करारमा उक्त परिमाणका कर्मचारी भर्नाका लागि...

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

भर्खरै

टेलिकमको कर्मचारी हुँ भन्दै ब्याट्री चोर्ने पक्राउ

सप्तरी, राजविराज । नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका महँगो उपकरण लगेर बिक्रि गर्ने धन्दामा संलग्न तथा मोटरसाइकल लुटपाटमा संलग्न दुईसहित ६ जनालाई...

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

कर्णाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

धेरै पढिएका

लोकतन्त्र जोगाउने हो भने ओलीलाई पराजित गर्नुपर्छ : घनश्याम भुषाल

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका नेता एवं पूर्वमन्त्री घनश्याम भुषालले प्रधानमन्त्री केपी ओलीलाई पराजित गरेपछि मात्रै लोकतन्त्र र बामपन्थ जोगिने बताएका...

विवाह गर्ने आश्वासन दिएर छ लाख ठगेर युवती फरार

नयाँ दिल्ली । भारतको लखनउकी एक युवतिले विवाहको आश्वासनमा एक युवकको ६ लाख भारु खर्च गराएर फरार छिन् । १६ डिसेम्बरमा विवाह गर्ने भन्दै...

सिन्धुपाल्चोकको माझी बस्तीमा सैनिक श्रीमती संघको राहात

भुकम्पपछि चिटिक्क परेको बस्तीमा बस्दै आएका अल्पसंख्यक माझी समुदायले जाडोमा न्यानो मण्डी पाउँदा मख्ख थिए । मण्डी मात्रै होइन खाना पकाउने प्रेसर कुकुर पनि...

कोरोनाविरुद्ध खोप लगाउँदा असर देखिए सरकारले उपचार गर्ने

काठमाडौं । कोरोना भाइरसविरुद्ध नेपालमा खोप भित्रिएसँगै कुनै व्यक्तिलाई खोप लगाएकै कारण असर देखिए सरकारले उपचार खर्च बेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)