एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं । बंगलादेशको ढाकामा भएको बंगबन्धु शैख मुजिब ढाका म्याराथनमा सहभागी भई २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार स्वदेश फर्किएको छ । जनवरी १० तारिखमा भएको म्याराथनमा नेपालबाट समान १–१ पुरुष महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलामा पुष्पा भण्डारीले ऐतिहासिक स्वर्ण जितिन् । उनले निर्धारित दूरी २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी थिइन् । सो विधामा भारतीय खेलाडीले रजत र कांस्य पदक जितेका थिए ।

पुष्पा १३औं दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनतर्फकै रजत पदक विजेता हुन् । पुष्पाले गत महिना धारा नेपालगन्ज म्याराथनको हाफ म्याराथनमा स्वर्ण पदक विजेता हुन् । नेपाली एथलेटिक्सको इतिहासमा कुनै पनि नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय म्याराथनमा स्वर्ण जितेको पहिलो हो । पुष्पा १३औं दक्षिण एसियाली खेलकुद (साग)की रजत विजेता हुन् । पुरुषमा १३औं सागका स्वर्ण विजेता किरणसिंह बोगटी चौथो भए ।

टोलीलाई नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले स्वागत गरे । नेपाली टोली ढाकाबाट कोलकातासम्म हवाईमार्गबाट आएको थियो । कोलकात्ताबाट मौसमका कारण उडान डिले भएपछि टोली स्थलमार्गबाट बागडोग्रा हुँदै झापाको भद्रपुर आएको थियो । भद्रपुरदेखि हवाईमार्गबाट टोली बुधबार काठमाडौं आएको हो । नेपालबाट ढाका जाँदा भने टोली हिमालयन एयरलाइन्सको चार्टड विमानमा गएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत घुससहित पक्राउ