दैलेख । राउटे समुदायले माघे संक्रान्तिलाई महत्वका साथ मनाउने गरेका छन् । दक्षिण एशियाको एकमात्र घुमेन्त जाति राउटे समुदायले गैरराउटे झै चाडपर्व नमनाए पनि माघे संक्राति भने धुमधाम सँग मनाउँछन् । तीन दिनदेखी एकहप्तासम्म पर्वको रौनकमा रमाउछन् उनीहरु ।
माघिलाई उनीहरु मेलमिलापको पर्व मान्छन् । यो पर्वमा खानपिन गर्दै सबै घरमा नाचगान गरेर खुशी मनाउने गर्दछन् । एक महिनामा अघि काठमो भाँडो (मुझा)मा कुहाएको जाँड खाँदै गित गाउँदै सबै सँग खुशी साटासाट गर्ने चलन रहेको राउटे महामुखिया महिनबहादुर शाहीले जानकारी दिए ।

स– साना बालबालिकालाई भुतप्रेत नलागोस भनेर घरमा जति जना बालबालिका छन् । त्यतिनै कुखुराका साना चल्ला र कुपिण्डोको बलि दिने गर्दछन
‘सबैका घरमा माघेसंक्राति मनाउदै गीत गाउँदै, नाँच्दै खानपिन गर्ने चलन छ । समुदायका सदस्यहरुविच कसैको मन फाटेको रहेछ भने पनि यो पर्वले मिलन गराउछ ।’ शाहीले भनेँ ।
अन्य समयमा कन्दमुल बाँदर,गुनाको शिकार गरेर खाने राउटे समुदायले माघीमा भने सेलरोटी पकाउने र देवी देवताको आजापुजा गर्ने गर्दछन् । त्यति मात्रै हैन कुल देवताको पुजा गर्ने नाचगान गर्ने नुहाउने कपडा धुने,बालबालिकाको कपाल खौरिने पनि माघिमै गर्छन् ।
भूत प्रेत नलागोस् भन्दै चल्लाको बली
स– साना बालबालिकालाई भुतप्रेत नलागोस भनेर घरमा जति जना बालबालिका छन् । त्यतिनै कुखुराका साना चल्ला र कुपिण्डोको बलि दिने गर्दछन । ठुला मान्छेलाई पनि त्यस्तो नहोस भनेर बाख्राको बलि दिने चलन छ । माघिपर्वमा बढी बलि दिए देवी देउता खुशी हुने उनीहरुको बुझाई छ । माघीमा राउटेले मष्टो देवताको आजापुजा गर्दछन् ।
नेपालको एकमात्र भ्रमणशिल समुदायले विशिष्ट पहिचान छ । यिनीहरुका एकआपसमा गोप्यता छैन । धनसम्पति कमाउने लोभ छैन । जातिय विभेद छैन । यही फरक संस्कृतबाट नै राउटेले आफ्नो पहिचान दिन थालेका हुन् । पुसको कठयाँ्ग्रिने जाडोमा शितलहरले मानिसले मृत्युवरण गर्नुपरेपनि राउटेमा जाडोमा कठयाँग्रिएर कोही मरेका छैनन् । जाडो छैन भन्दा राउटेका अगुवा भन्दछन “छ लुगा छ जाडो,छैन लुगा छैन जाडो छ ।
माघको चिसोमा नाचगान गरेर रातभरि जाग्राममा वस्दछन् । माघि पर्वका दिन अध्याधिक जाँड खाँदा दुई वर्ष अघि कपिल शाहीको अछामको तुर्माखाँद गाउँपालिका आगोमा जलेर मृत्यु समेत भएको थियो ।






